हेटौंडामा आदिवासी जनजाति महिला तथा किशोरीको अधिकारबारे दुईदिने तालिम सुरु
हेटौंडा / महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि तथा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस संख्या ३५ सम्बन्धी दुईदिने तालिम बुधवार देखि हेटौंडामा सुरु भएको छ । राष्ट्रिय महिला जनजाति महासंघ नेपालका अध्यक्ष निमि शेर्पाको सभा अध्यक्ष तथा पुर्व मन्त्री शन्त बहादुर चेपाङको प्रमुख आतिथ्यतामा बागमती प्रदेश स्तरीय कार्यक्रम भएको हो ।
आदिवासी जनजाति महिला तथा किशोरीमाथि हुने हिंसा र भेदभाव अन्त्य गर्न सिईडिएड्ब्लु अन्तर्गतका प्रावधान, राज्यको दायित्व तथा अधिकार संरक्षणका उपायबारे सहभागीहरूलाई जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको महासंघका अध्यक्ष शेर्पाले बताउनु भएको छ । तालिममा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार, हिंसा र भेदभावका अवस्था, कानुनी व्यवस्था तथा अन्तर्राष्ट्रिय महासन्धिहरूको कार्यान्वयनका विषयमा अधिवत्ता कौशिला राईले सहजि...







