प्रमुख समाचार

बनकरियाका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसंवाद

बनकरियाका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसंवाद

Breaking News 2, अन्तर्वार्ता, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ पस्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बषौदेखिका समस्याहरु सांसदहरु समक्ष राखेका छन् । मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा–२ को आयोजना, नर्बेजियन दुतावास काठमाण्डौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा बनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सन्तोषि वनकरियाले सोधेको प्रश्नको जवाफ दिदैँ उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति श्रेष्ठले सरकारको तर्फबाट जग्गाधनी पुर्जा लगाएत अन्य अधिकारको क्षेत्रमा काम भैरहेको बताउनुभयो । वनकरिया समुदायले जग्गा प्राप्तीका लागि विभिन्न ठाउँमा बुझाएको विज्ञप्तीको प्रतिलिपी आफ्नो समितिमा समेत वडाध्यक्ष मार्फत उपलब्ध गरा...
मकवानपुरगढिमा माघ १२ गते  सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

मकवानपुरगढिमा माघ १२ गते सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको सास्कृतिक कार्यक्रम हुने भएको छ । बिहिबार नेपाल तामाङ्ग घेदुङ मकवानपुरगढि गाउँपालिका कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ १२ गते शनिबार कार्यक्रम हुने सम्बन्धमा जानकारी दिएको हो । तामाङ समुदायको भेषभुषा, साँस्कृतिक पक्ष, कला संस्कृति, मौलिक संस्कार, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य -ले -कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सोनाम ल्होछार कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको तामाङ सेलो सािगंतिक प्रस्तुति र नृत्य प्रस्तुति रहने जनाएको छ । कार्यक्रममा ताम्बा, लामा तथा झाँकी प्रदर्शन, भेषभुषा र खानाका स्टलहरु समेत राखिने घेदुङ गढि गाँउपालिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिए । यसै गरी कार्यक्रम सञ्चालन गर्न गाँउपालिका र अन्य प्रायोजक सं...
मनहरीमा २ दिने सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम हुने

मनहरीमा २ दिने सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम हुने

Breaking News 1, Uncategorized, प्रमुख समाचार, समाचार
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकामा सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । बुधवार ल्होछार मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै २८६१ (डुल ल्हो) सोनाम ल्होछारको अवसरमा माघ १६ र १७ गते दुई दिने वृहत् साँस्कृतिक कार्यक्रम हुने सम्बन्धमा जानकारी गराएको हो । तामाङ समुदायको भाषा, भेषभुषा, सामाजिक संस्कार र सस्कृतिको संरक्षण एवम् प्रवद्वर्न गर्ने उद्देश्यले कार्यक्रम को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्टलसँगै बाल उद्यानसहित स्थानीयस्तरको मौलिक खाना तथा तामाङ  समुदायको  परिकार रहने आयोजकले जनाएको छ । यसै गरी राष्ट्रिय कलाकार ज्योति मगरसहित अन्य कलाकारको साँस्कृतिक प्रस्तुति रहने ल्होछार मुल आयोजक कमिटी मनहरी गाउँपालिका वडा नं. ७, ८ र १९ का संयोजल सुरेशकुमार मोक्तानले जाकारी दिए । कार्यक्रममा करिव ८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने उनले बताएका छ...

फोनिज मकवानपुरमा वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) मकवानपुरको अध्यक्षमा नवराज वाईबा सर्वसम्मत चयन भएका छन्। शनिवार पत्रकार महासंघ मकवानपुरको सभाहलमा भएको  संघकाे छैठौं अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ सर्वसम्मत चयन भएका छन्।  सदस्यहरुमा जमुना थिङ, सम्झना थापामगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चाैधरी, रवीन्द्र वाईबा, विवेक सिन्तान सर्वसम्मत चयन भएका छन्। यसै गरी फोनिज केन्द्रीय पार्षदमा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता दङ्गोल, सुवर्णलाल श्रेष्ठ, उमेश राईलाई पठाउने सर्वसम्मत निर्णय गरिएको छ । फोनिजको प्रदेश पार्षद अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल, बिशाल कुमार राईलाई पठाउने...
उद्योग मन्त्रीद्धारा एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन

उद्योग मन्त्रीद्धारा एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमती प्रदेशमा उद्योग तथा भुमि प्रशासन मन्त्री सुकु माया तामाङले एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन गरेका छन् । बुधबार मकवानपुर उद्योग वाणिज्य संघको कार्यलयमा मन्त्री तामाङको प्रमुख आतिथ्यतामा उक्त सेन्टरको उद्धघाटन गरिएको हो । कार्यक्रममा मन्त्री तामाङले युवा तथा महिलाहरुको भावना अनुरुप कार्य गर्नका लागि उद्योग वाणिज्य संघको आयोजना राम्रो भएको बताए । संघले गरेको कार्यको प्रशंसा गर्दै मन्त्री तामाङले ईक्युवेसन, लर्निङ्ग सेन्टरको व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभा अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष उज्जवल चौलागाई, संघका पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जिवन काजि मकाजु लगायतको उपस्थित रहेको थियो ।...
मनहरीका ३ जना बालिका बेपत्ता

मनहरीका ३ जना बालिका बेपत्ता

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ प्रतापपुरका ३ जना बालिका  बेपत्ता भएका छन्। मनहरी ७ मा अवस्थित ब्रम्हाकालि मा . वि कक्षा ३ मा अध्यनरत छात्राहरू १२ बर्षिय मनिसा राई , ११ बर्षिय सुस्मा राई , ८ बर्षिय आरोसि राई बेपत्ता भएका छन । उनिहरु स्कुलबाट ३:२० बजे छुट्टिएर घर हिढेका थिए तर अहिले सम्म पनि घर नआएकाे आफन्तहरु बताउछन । बालिकाहरुको स्थानिय , प्रहरी द्वारा खोजि कार्य जारी रहेको बताईएको छ ।...
भूकम्पका कारण चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

भूकम्पका कारण चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार
काठमाडौं। चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् । उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए ।...
सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार
काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक डीआईजी दिपक थापाले जानकारी दिए । उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ । Onlinekhabar.com...
हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक

हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । गत छुसकमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा सम्पन्न भएको हिमालयन सांगीतिक धमाका २०२४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइतबार सौलको पुर्वी नेपाल समाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर आय व्यय सार्वजनिक गरिएको हो । आर्थिक संयोजक पासाङ शेर्पाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कार्यक्रममा ४ करोड ३८ लाख १७ हजार ६ सय सात वन बराबरको आम्दानी भएको देखाइएको छ । त्यसैगरी ४ करोड ८ लाख ५१ हजार १ सय २० वन खर्च भएको देखाईएको छ । कार्यक्रमबाट जम्मा २९ लाख ६६ हजार ४ सय ८७ वन कुल मुनाफा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत छुसकमा भएको उक्त कार्यक्रममा अमेरीका देखि गायक निमा रुम्बा, जर्मनी देखि गिटारिष्ट सुनिल शाक्य, नेपाल देखि मिङमा शेर्पा र अस्मिता अधिकारी प्रस्तुतीको लागि कोरिया आइपुगेका थिए । आइतबार भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दोर्चि शेर्पाको अध्यक्षता रहनुका साथै ...
जनवरी ११ मा मःम च्यालेञ्ज हुँदै

जनवरी ११ मा मःम च्यालेञ्ज हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । नेप्कोर र नेपाली थाई रेष्टुरण्टको आयोजनामा आउदो जनवरी ११ तारिखमा मःम च्यालेञ्ज हुने भएको छ । मनोञ्जन गराउने उद्धेश्यका साथ मःम च्यालेञ्ज आयोजना गर्न लागिएको आयोजक तेज गुरुङले बताएका छन् । प्रतियोगितामा १५ जनाले भाग लिन पाउनेछन् भने एक जनाको भागमा ३ प्लेट मःम पर्ने जनाएका छन् । जस्ले छिटो मःम खान सक्छन् सोही प्रतियोगि प्रतियोगिताको विजेता हुनेछन् । प्रतियोगितामा भाग लिनको लागि ३ मान वन दर्ता शुल्क लाग्ने जनाएको छ । विजेताहरुले विभिन्न पुरस्कारहरु पाउनेछन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"