देशको राजनीति डामाडोल, सुशासनमा सरकार असफल भएको नेता पुनको आरोप
हेटौंडा/ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुनले नेपालको राजनीति डामाडोल अवस्थामा पुगेको बताएका छन्। उनका अनुसार दुई तिहाइको समर्थनमा रहेको वर्तमान सरकार सुशासन कायम गर्न असफल भएको छ।
सोमबार हेटौंडामा सम्पन्न भएको योङ कम्युनिष्ट लिग ९वाईसिएल० मकवानपुरको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले दलाल पुँजीपतिहरूको मनोबल सरकारकै गतिविधिका कारण उच्च बनेको आरोप लगाएका छन्। भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिएको उनको भनाइ छ ।
उनको धारणा अनुसार देशको अर्थतन्त्र अहिले अत्यन्त नाजुक अवस्थामा पुगेको छ। केही अदृश्य शक्तिहरूले राज्य संयन्त्रलाई नियन्त्रणमा लिई अर्थतन्त्रलाई कमजोर बनाइरहेको समेत उनले बताए। ती शक्तिहरू संविधान, सरकार, न्यायपालिका लगायतका क्षेत्रहरूमा फैलिएको र उनीहरूको साँठगाँठ विदेशी हस्तक्षेपकारी शक्तिहरूसँग रहेको उनको आरोप छ।पूर्व उपर...








