मकवानपुरको बकैयामा आगलागी,करिब दुई करोड रुपैयाँ बराबरको क्षति
मकवानपुर/ पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेमा शुक्रबार बिहान भएको आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ७ः४५ बजे स्थानीय लिलाराम जिम्बाको किराना पसलमा आगलागी भएको थियो। आगलागी नियन्त्रण गर्ने क्रममा जिम्बा घाइते भएका छन् । उनका दुवै हात र खुट्टा पोलेको छ भने शरीरको करिब ४० प्रतिशत भाग जलेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । जिम्बालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पसल सञ्चालकले घर अगाडि बालेको दियोमा पेट्रोल ड्रमबाट इन्धन हाल्ने क्रममा ड्रम पल्टिँदा आगो सल्किएको हो । आगलागीबाट दुईतले पक्की घर जलेर नष्ट भएको छ। नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्...







