१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया
हेटौंडा/ हेटौंडामा १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र संयुक्त राजनीतिक संघर्ष समितिको समन्वयमा बुधबार कार्यक्रम भएको हो ।
कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरू, दलित अगुवा, अधिकारकर्मी र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । उनीहरूबीच जातीय विभेद, छुवाछुत, दलित समुदायको अवस्था र अधिकारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा दलित विकास समितिका पूर्व कार्यकारी निर्देशक तथा राजनीतिक विश्लेषक डा. बुद्धि नेपालीले विशेष प्रस्तुतिकरण दिनुभएको थियोे ।
उहाँले दक्षिण एशियामा जात व्यवस्थाको इतिहास, दलित समुदायको योगदान, गरिबीका कारणहरू, जनयुद्ध र आन्दोलनको भूमिका, र छुवाछुतमुक्त राष्ट्र घोषणापछि कायम रहेको व्यवहारगत विभेदबारे चर्चा गर्नुभयो । कार्यक्रममा सहभागी दलित अगुवाहरूले कानुनी रूपमा अधि...








