साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गर्ने
हेटौंडा / साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । ३ सय ५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा स्रष्टालाई सम्मान गर्न लागेको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै संगमले विभिन्न विधामा ८ जना स्रष्टालाई जेठ १० गते शनिबार हेटौंडा पार्टी प्यालेशमा आयोजना हुने कार्यक्रममा सम्मान गर्न लागेको जानकारी दिएको हो । मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट राजकुमार लामिछानेलाई सम्मान गर्न लागिएको संगमका सचिव मनोज पोखरेलले जानकारी दिए । उक्त पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैंया रहेको छ । त्यसैगरी १५ हजार ५ सय ५५ राशीको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित हुने भएको छ । विनोद सुनिता सुवेदी सम्मान २०८१ बाट ११ हजार १११ रुपैंया नगद सहित रामकुमार एलनलाई सम्मानित गरिन लागिएको सचिव पोखरेलले जानकारी दिएका छन् । त्यसैगरी १० हजार राशी...








