प्रमुख समाचार

‘रानी’ तामाङ पप गीत  सार्वजनिक,

‘रानी’ तामाङ पप गीत सार्वजनिक,

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, समाचार
हेटौडा /  ओपेरा डिजिटलको प्रस्तुतिमा तयार गरिएको नयाँ तामाङ पप गीत ‘रानी’ शुक्रवार एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ । कार्यक्रममा गीतका संगीतकार तुलसी गौतम, पत्रकार महासंग मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा सहित सांगीतिक क्षेत्रका कलाकार, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । गीतमा गायक विक्रम लुङ्वाको स्वर तथा अभिनय समावेश छ । भिडियोमा उनले मोडल आकाञ्छा तामाङसँग अभिनय गरेका छन् । गीतका शब्द सुरेश मोक्तानले लेखेका हुन् तुलसी गौतमले संगीत भरेका छन् । https://youtu.be/y3Q4-skvFQQ?si=cmo6FszzlFNAc-oU गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् । भिडियोको निर्देशन युद्ध लामाले गरेका छन् । छायांकन दुर्गा श्रेष्ठ, सम्पादन विक्रम लुङ्वा, र रंग संयोजन बिनोद बमको रहेको छ । ओपेरा डिजिटल मार्फत सार्वजनिक गरिएको ‘रानी’ गीतलाई...
प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युविन श्रेष्ठको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युविन श्रेष्ठको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

Breaking news 3, प्रमुख समाचार, प्रवास, राजनीति
दक्षिण कोरिया । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) विदेश विभाग अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । रास्वपा समर्थक र बिभिन्न नेपाली समाजको अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो सहभागितामा सम्पन्न भएको अधिवेशनले युविन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वम्मत चयन गरेको छ । त्यस्तै उप–प्रमुखमा सुन्दर प्रसाद अधिकारी, सचिवमा विक्रम काफ्ले, सह–सचिवमा बसन्त रिजाल, तथा कोषाध्यक्षमा दीपेन्द्र प्रसाद शर्मा चयन भएका छन्। सदस्यतर्फ सन्तोष डङ्गोल, सन्तोष लामिछाने, ईन्द्रराज जोशी, बिमल बिष्ट, खेम बहादुर गुरुङ, सन्दिप बास्तोला, केशब सन्जेल, समर थापा, धर्मराज कडेल, बिजय गुरुङ, अस्मिता चुदारा र सन्जिव घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्। दोश्रो अधिवेशनमा बिभागका प्रमुख डम्बर सुब्बाको अध्यक्षता रहनुका साथै रास्वपा केन्द्रिय सदस्य तथा विदेश विभाग उप प्रमुख ...
तामाङ कथामा आधारित चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौंडामा प्रदर्शन हुने

तामाङ कथामा आधारित चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौंडामा प्रदर्शन हुने

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, समाचार
अन्जना तामाङ हेटौंडा/  तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीमा आधारित चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौंडाको ओम्याक्स हलमा बिशेष प्रिमिइर शो प्रदर्शन हुने भएको छ ।   शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टोली तथा कलाकारहरूले चलचित्र प्रदर्शनको तयारी पूरा भइसकेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक सिताराम  गोलेले ‘ह्याङ तामाङ’ तामाङ रितिरिवाज, भाषा, कला र संस्कृतिसँगै पछिल्ला वर्षमा समुदायले भोग्दै आएको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई समेटेर निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई दर्शकसमक्ष गहिरोसँग प्रस्तुत गर्ने बताउनु भएको छ । चलचित्रका अर्का नायक जय स्याङ्तानले चलचित्रको छायांकन काठमाडौं, मनाङ लगायतका क्षेत्रमा गरिएको जानकारी दिनुभयो । नायक स्याङ्तानले ...
मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / दलित महिला संघ ९फेडो० मकवानपुरले जिल्लाका चार स्थानीय तहमा क्रियाशील ३० वटा दलित महिला समूहलाई उद्यमशीलता विकासका लागि बीउँ पूँजी वितरण गरेको छ । गुरुवबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, बकैया, भीमफेदी र मनहरी गाउँपालिकाका महिला समूहलाई २५–६० हजार रुपैयाँसम्मको बीउँ पूँजी हस्तान्तरण गरिएको हो । फेडोका अनुसार हेटौंडाबाट २० समूह, बकैयाबाट ८ समूह तथा भीमफेदी र मनहरीबाट एक–एक समूहले पूँजी प्राप्त गरेका छन् । उद्यम प्रवद्र्धन कार्यसूची अन्तर्गत ६० हजार र अनुदान मिलन कोषमार्फत २५ हजार रुपैयाँ सहयोग पुर्‍याइएको सचिव विमला विश्वकर्माले बताउनुभयो । उहाँले प्रत्येक समूहका महिलालाई बीउँ पूँजी वितरण गर्नु अघिसम्म आवश्यक सीप, व्यवसाय योजना र समूह व्यवस्थापन सम्बन्धी तालिम दिइएको जानकारी दिनुभयो । आत्मनिर्भरतातर्फ दलित महिलाको यात्रा फेडोले ...
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विशेष संयुक्त बैठक सम्पन्न

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विशेष संयुक्त बैठक सम्पन्न

Breaking News 1, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाचार
दक्षिण कोरिया / नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको कार्यसमिति, संरक्षक, सल्लाहकार समिति, सम्पूर्ण प्रदेश समाज, ल्ऋऋ विधान मसौदा समिति तथा एनसीसी संस्थागत संरचना समितिको विशेष संयुक्त बैठक भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । दुङदेमुनस्थित निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न उक्त बैठकले संस्थालाई पुनःसंरचना सहित अझ बलियो र सक्रिय बनाउने लक्ष्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले २०२६ जनवरी ४ गते विधान संशोधन भेला आयोजना गर्ने निर्णय गर्नुका साथै तत पस्चात मात्रै अहिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ । ८ संस्थालाई अझ सबल बनाउने प्रतिबद्धता । बैठकमा सहभागीहरूले गौरवशाली इतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरियालाई संस्थागत संरचना, सञ्चालन शैली र संगठनात्मक कोरिया र सदस्यतामा अझ मजबुत बनाउँदै अगाडि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । संस्थाका पूर्वअध्यक...
मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
हेटौंडा/ समुदाय स्रतमै क्यान्सर परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–४ मा निशुल्क क्यान्सर परीक्षण शिविर आयोजना गरिएको छ । सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा आयोजित उक्त शिविर जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा रोटर क्लब अफ मकवानपुर, रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ यलको समन्वयमा सम्पन्न भएको हो । शिविरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भर लाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले महिला तथा पुरुष दुवैका लागि क्यान्सर सम्बन्धी परीक्षण, परामर्श तथा सचेतनामूलक सेवा प्रदान गरेका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको कार्यक्रम संयोजक मेनुका दाहालले बताइन् । अघिल...
कम्युनिष्टको संगतले कांग्रेस  अधिवेशनमा अल्झिन पुगेको- सभापति लामा

कम्युनिष्टको संगतले कांग्रेस अधिवेशनमा अल्झिन पुगेको- सभापति लामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा/ नेपाली कांग्रेसको महाधिवेशन छिट्टै हुनुपर्ने कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताएका छन् । शनिबार हेटौंडा २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नियमित वा विशेष महाधिवेशनमा नअल्झि पछिल्लो राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने गरी महाधिवेशन हुनुपर्ने सभापति लामाले बताएका हुन् । पार्टीले आफ्नो विधान अनुसार समयमै अधिवेशन गर्नेमा आफु विश्वस्त रहेको सभापति लामाले बताए । कम्युनिष्टसंगको संगतले कांग्रेस नियमित र विशेष अधिवेशनमा अल्झिन पुगेको उनको धारणा छ । एमाले र माओवादीसंग मिलेर सरकार बनाउँदा कांग्रेसलाई राजनीतिक रुपमा असर परेको उनले उल्लेख गरेका छन् । नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभुमिलाई जोगाइ राख्नपनि नियमित महाधिवेशन छिट्टै गर्नुपर्ने सभापति लामाले बताए । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालले विधानमा तोकिएको ४ वर्षमा ...
भारतीय राजदूत श्रीवास्तवद्धारा भौतिक पूर्वाधारमन्त्री  घिसिङलाई पुलका सामग्री हस्तान्तरण

भारतीय राजदूत श्रीवास्तवद्धारा भौतिक पूर्वाधारमन्त्री घिसिङलाई पुलका सामग्री हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / भारत सरकारले बाढी–पहिरो प्रभावित क्षेत्रका सडक सञ्जाल पुनःस्थापना गर्न नेपाललाई यस वर्ष पनि १० वटा बेलीब्रीज उपलब्ध गराएको छ । हेटौंडास्थित सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई पुलका सामग्री प्रतीकात्मक रूपमा हस्तान्तरण गर्नुभयो । राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको ऐतिहासिक र सहयोगी सम्बन्धलाई उल्लेख गर्दै पूर्वाधार विकासमा भारतको निरन्तर सहयोग रहने बताए । मन्त्री घिसिङले गत वर्ष उपलब्ध गराइएका बेलीब्रीजकै कारण बाढी–पहिरो प्रभावित राजमार्ग छिट्टै सञ्चालनमा ल्याउन सहयोग पुगेको बताए । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका ती पुल ७० मिटरभन्दा बढी लम्बाइ र ५.२५ मिटर चौडाइका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार तत्कालै ४ स्थानमा जडानको तयारी सुरु भएको छ । उपलब्ध १० मध्ये हाल एक म...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशनको तयारी अन्तिम चरणमा, नेतृत्वका आकांक्षी आधा दर्जनभन्दा बढी

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशनको तयारी अन्तिम चरणमा, नेतृत्वका आकांक्षी आधा दर्जनभन्दा बढी

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार
 दक्षिण कोरिया / नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन नोभेम्बर २३ मा सौलको दोङ्देमुन स्थित सेमाउल बैंकको हलमा हुँदैछ। महाधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । घेदुङ स्थापना कालदेखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थासँग हातेमालो गर्दै सामाजिक कार्य गर्दै आएको छ । महाधिवेशनका लागि नेतृत्व चयनमा रस्साकस्सी देखिएको छ । विशेष स्रोतका अनुसार हालसम्म आधा दर्जनभन्दा बढीले अध्यक्ष पदको लागि इच्छा देखाएका छन्। यसमा वर्तमान बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष गणेश योञ्जन, बुद्धी बहादुर स्याङतान, वर्तमान महासचिव दावा फिन्जो तामाङ, सचिव निर बहादुर योञ्जन, कोषाध्यक्ष पासाङ बोम्जन र सहकोषाध्यक्ष पूर्णमान तामाङ लगायतले आफुलाई दावेदारको रूपमा प्रस्तुत गरेका छन् । अध्यक्ष बाहेक अन्य पदमा, अध्यक्षका दावेदारहरूले आफ्नो टिम निर्माण गर्ने प्रयास गरिरहेका छन् । अध्यक्...
चेपाङ समुदायका हक अधिकारको मागसहित प्रदेशस्तरीय संवाद हेटौंडामा सम्पन्न

चेपाङ समुदायका हक अधिकारको मागसहित प्रदेशस्तरीय संवाद हेटौंडामा सम्पन्न

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / चेपाङ समुदायको हक अधिकार, सामाजिक सुरक्षा र आवाससम्बन्धी समस्या समाधानका विषयमा केन्द्रित प्रदेश स्तरीय संवाद मंगलबार हेटौंडामा सम्पन्न भएको छ । राष्ट्रिय महिला आदिवासी जनजाति महासंघका अध्यक्ष निमि शेर्पाको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटा प्रमुख आतिथ्यता रहेको थियो । संवादमा सहभागी चेपाङ समुदायका अगुवाहरूले दीर्घकालीन रूपमा रोकिएको प्रजा विकास कार्यक्रम फेरि सुचारु गर्नुपर्ने माग गर्दै, राज्यले चेपाङ बस्तीको वास्तविक अवस्था बुझेर तिनको जीवनस्तर उकास्न प्रतिबद्धता देखाउनुपर्ने धारणा राखेका थिए । रिद्धि सिद्धि सिमेन्ट उद्योग अन्तर्गतको चुनढुङ्गा खानीले प्रभावित भएका चेपाङ बस्तीहरू अव्यवस्थित र जोखिमपूर्ण स्थितिमा पुगेको जनाउँदै, ती बस्तीको तत्काल उद्धार, सुरक्षा र पुनस्र्थापना कार्य अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"