Breaking News 2

महिला गोल्डकपबाट ८ लाख नाफा, घाटामा गएका संघको पुनरागमन

महिला गोल्डकपबाट ८ लाख नाफा, घाटामा गएका संघको पुनरागमन

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / अघिल्ला वर्षमा घाटा व्यहोर्दै आएको मकवानपुर जिल्ला फुटबल संघले यस वर्ष पहिलोपटक महिला गोल्डकप आयोजना गरेर ८ लाख ३५ हजार रुपैयाँ मुनाफा कमाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको शहीद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगिताबाट ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी भएकोमा ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको जानकारी संघका कोषाध्यक्ष अमृत लुङबाले दिए । गत वैशाख १९ देखि २५ गतेसम्म, हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो । हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सम्पन्न प्रतियोगितामा बागमती प्रदेश खेलकुद परिषद्, भीमफेदी, कैलाश, र इन्द्रसरोवर गाउँपालिकाको व...
सुरक्षित आप्रवासनबारे पत्रकारसँग अन्तरक्रिया

सुरक्षित आप्रवासनबारे पत्रकारसँग अन्तरक्रिया

Breaking News 2, प्रमुख समाचार, समाचार
हेटौंडा / सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रमअन्तर्गत सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम बिहीबार हेटौंडामा सम्पन्न भएको छ । सामि परियोजना मकवानपुरकी संयोजक अञ्जिता थापा मगरले मकवानपुर जिल्लामा सञ्चालित सामि कार्यक्रमको अवस्था र उपलब्धिबारे प्रस्तुति दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा स्रोत केन्द्रमार्फत ७ हजार २ सय ६६ जनासम्म सूचना प्रवाह गरिएको छ । ८७ प्रतिशत सेवाग्राहीहरूको उद्देश्य वैदेशिक रोजगारी रहेको जानकारी दिँदै उहाँले महिलाको सहभागिता उल्लेख्य रूपमा बढिरहेको बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको चैत सम्ममा मकवानपुरबाट ३ हजारको संख्यामा महिला वैदेशिक रोजगारीको लागि विदेशिएको छ । मकवानपुरमा चालू आर्थिक वर्षको चैत सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुमा पुरुष ८ हजार २ सय ५७ र महिला ३ हजार रहेकोे छ । त्यस्तै, ४ सय ४५ जना सेव...
“सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डर”

“सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डर”

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ वनकरिया बस्ती भूमि आयोग, मालमोत कार्यालय, आदिवासी जनजाति आयोग मकवानपुरले मनहरी गाउँपालिका–४ मा रहेको बनकरिया समुदायको वस्तीको अनुगमन गरेको छ । भुमि आयोगको केन्द्रिय सदस्य गुञ्जबहादुर खड्का, मकवानपुर अध्यक्ष बलराम बल, सदस्य दिलुघर्ती मगर, आदिवासी आयोगका केन्द्रिय सदस्य सूर्यबहादुर गुरुङ लगायतले शुक्रबार बस्तीमा पुगेर अनुगमन तथा छलफल गरेका थिए । टोलीले बस्तीको सामाजिक, भौतिक अवस्था र बसोबासको कानुनी पाटोबारे स्थलगत अध्ययन गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद पनि गरेको थियो । बस्ती चितवन राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रमा पर्दछ । सम्झौताको अवधि सकिन लागेसँगै उनीहरूको जीवन अस्थिर बन्दै गएको छ । सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डरले उनीहरू त्रासमा छन् । बनकरिया समुदायकी अगुवा सन्तोषी बनकरियाले सरकारसँग आफूहरूलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गरिदिन आग्रह गर...
हेटौंडामा नेकोस कप महिला भलिबल र स्केटिङ प्रतियोगिता हुदैं

हेटौंडामा नेकोस कप महिला भलिबल र स्केटिङ प्रतियोगिता हुदैं

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/  नेपाल स्पोर्ट सेन्टर (नेकोस) का आयोजनामा हेटौंडामा ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ र ‘नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता शनिबार असार ७ देखि ११ गतेसम्म सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोट्र्स क्लब, साथै मधेश, गण्डकी र बागमती प्रदेश लगायत ७ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । यसै गरी स्केटिङ प्रतियोगितामा भने १२ वर्षमुनिका र १२ वर्षमाथिका महिला तथा पुरुष गरी ४ विधामा करिब १५० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार भलिबलतर्फ प्रथम पुरस्कार ५ लाख, द्वितीय ३ लाख, तृतीय १ लाख, सान्त्वना पुरस्कार ५१ हजार, साथै ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद प्रदान गरिने छ । यस्तै स्केटिङतर्फ प...

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंको कार्यकाल पूरा

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/  बागमती प्रदेश युवा परिषद्का पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेका छन् । उनले मिति २०७८ साल जेठ ३१ मा शुरु भएको कार्यकाल २०८२ जेठ ३१ मा पूरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । प्रदेशको पहिलो कार्यकारी उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा धेरै चुनौतीका बीचबाट अघि बढेको उल्लेख गर्दै चौलागाईंले आफ्नो कार्यकाललाई “सुखद्, उपलब्धीमूलक र सफल” रहेको बताएका छन् । प्रदेश सरकारबाट प्राप्त अधिकार, कर्तव्य तथा युवा नीति कार्यान्वयन गर्दै उनले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिएका छन् । उनको कार्यकालमा प्रदेश युवा नीति निर्माण, नमूना युवा संसद, आत्मरक्षा तालिम, प्रदेश युवा सम्मेलन, सीपमूलक तालिम लगायत कार्यक्रमहरू उल्लेखनीय रूपमा सम्पन्न भएके बताए । आर्थिक वर्ष २०८१÷८२ लाई ‘सीप वर्ष’ को रूपमा घोषणा गरी करिब १० हजार ...
अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि कारबाहीको माग, नेकपा (बहुमत) आन्दोलित

अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि कारबाहीको माग, नेकपा (बहुमत) आन्दोलित

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (बहुमत)  मकवानपुर जिल्ला कमिटीको आयोजनामा  शुक्रबार  हेटौंडा उपमहानगरपालिका–१० सिमाचोकमा विरोध कोणसभा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला इन्चार्ज अग्रिम गजमेरको नेतृत्वमा सम्पन्न भएको हो । कोणसभामा पार्टीका केन्द्रीय सल्लाहकार पेमा तामाङ, जिल्ला सचिव भक्त माझि, पार्टी सदस्य श्याम सेन्चुरी, बकैया गाउँपालिका इन्चार्ज प्रेम तामाङलगायत १०–१२ जना नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा “न्याय मार्न पाइँदैन, अदालतभित्रको सेटिङ चाहिँदैन”, “सम्पूर्ण वामपन्थी देशभक्त प्रगतिशील जनतान्त्रिक युवा एकजुट होऔं” भन्ने नारासहित प्रदर्शन गरिएको थियो । जिल्ला सचिव भक्त माझिले कोणसभामा बोल्दै पूर्वमन्त्री अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई पार्टीका नेताहरू — केन्द्रीय सदस्य अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतोको नेतृत्वमा जनस...
१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

Breaking News 2, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडामा १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र संयुक्त राजनीतिक संघर्ष समितिको समन्वयमा बुधबार कार्यक्रम भएको हो । कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरू, दलित अगुवा, अधिकारकर्मी र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । उनीहरूबीच जातीय विभेद, छुवाछुत, दलित समुदायको अवस्था र अधिकारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा दलित विकास समितिका पूर्व कार्यकारी निर्देशक तथा राजनीतिक विश्लेषक डा. बुद्धि नेपालीले विशेष प्रस्तुतिकरण दिनुभएको थियोे । उहाँले दक्षिण एशियामा जात व्यवस्थाको इतिहास, दलित समुदायको योगदान, गरिबीका कारणहरू, जनयुद्ध र आन्दोलनको भूमिका, र छुवाछुतमुक्त राष्ट्र घोषणापछि कायम रहेको व्यवहारगत विभेदबारे चर्चा गर्नुभयो । कार्यक्रममा सहभागी दलित अगुवाहरूले कानुनी रूपमा अधि...
माओवादी मकवानपुरको प्रथम विस्तारित  भेला सम्पन्न, वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा संघर्षका तीनवटै मोर्चा समन्वय गर्दै समाजवादको आधार तयार पार्ने धारणा

माओवादी मकवानपुरको प्रथम विस्तारित भेला सम्पन्न, वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा संघर्षका तीनवटै मोर्चा समन्वय गर्दै समाजवादको आधार तयार पार्ने धारणा

Breaking News 2, Uncategorized, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइजको सभा हलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व पार्टी मकवानपुर अध्यक्ष भिम पाख्रिनले गर्नुभएको थियो ।   कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यक्रममा पार्टीले अहिले सदनलाई मुख्य सङ्घर्षको मोर्चा बनाएर सडकसँग जोडेर जनसम्पर्क अभियान अघि बढाउने बताउनु भयो । उहाँले भने हामी सडक, सदन र सरकार तीनवटै मोर्चालाई सँगसँगै अघि बढाउने योजना रहेको बताउनु भयो । पार्टीले २०८४ सालको निर्वाचनलाई लक्षित गरी सरकारको नेतृत्वमा पुगेर सामाजिक आर्थिक रुपान्तरण गर्ने योजना बनाएको बताउनु भयो । सरकार आफैँ सङ्घर्षको मुख्य मोर्चा बन्नुपर्ने र त्यसका लागि स्पष्ट योजना र नीति आवश्यक रहेको बताउनु भयो । रणनीति र कार्यनीतिमा स्पष्टता र क...
तमू धीं दक्षिण कोरिया बुसान शाखाको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रवेश गुरुङ

तमू धीं दक्षिण कोरिया बुसान शाखाको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रवेश गुरुङ

Breaking News 2, प्रवास, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । तमू धीं दक्षिण कोरिया, ख्यङसाङ बुसान शाखाको चौथो अधिवेशन आईताबार सम्पन्न भएको छ । अधिवेशनबाट प्रवेश गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षहरुमा सन्तोष गुरुङ, हेमन्त गुरुङ, सुर्य गुरुङ र आशा गुरुङ चयन हुनुका साथै सचिवमा तेजन गुरुङ, सहसचिवहरुमा उमामी गुरुङ, विमेश गुरुङ, कोषाध्यक्षमा जीवन गुरुङ र सहकोषाध्यक्षमा सरिता गुरुङ चयन भएका छन् । संस्थाको सदस्यहरुमा अन्जु गुरुङ, लक्ष्मी गुरुङ, विनिता गुरुङ, प्रगति गुरुङ र प्रीति गुरुङ चयन भएका छन् । शाखा अध्यक्ष गितासिंह गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा तमू धीं दक्षिण कोरियाकी केन्द्रीय अध्यक्ष रुपमा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी संरक्षक गोपाल गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाका उपाध्यक्ष सम्राट लामा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बुसान शाखाका अ...
मातृभूमि साहित्य महोत्सव २०८२ जेठ १५ र १६ गते हेटौंडामा हुँदै

मातृभूमि साहित्य महोत्सव २०८२ जेठ १५ र १६ गते हेटौंडामा हुँदै

Breaking News 2, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मातृभूमि साहित्य समाजको आयोजना तथा हेटौंढा उपमहानगरपालिकाको प्रवर्धनमा मातृभूमि साहित्य महोत्सव २०८२ हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत यही जेठ १५ र १६ गते हेटौंढा द्द स्थित पल्पसा प्याराडाइजमा महोत्सव हुने जानकारी गराएको हो । कार्यक्रम संयोजक हयग्रीव आचार्यका अनुसार महोत्सवमा विभिन्न विधामा योगदान पु¥याएका सात जना व्यक्तित्वहरूलाई नगद राशिसहित सम्मान गरिने छ । सम्मानित हुनेमा काठमाडौंका साहित्यकार गीता रेग्मी लाई ‘मायादेवी मातृभूमि पुरस्कार २०८०’ प्रदान गरिने छ । उक्त पुरस्कारको राशि २१ हजार रहेको कार्यक्र संयोजक आचार्यले जानकारी दिनु भयो । त्यस्तै, ‘राजकुमार स्मृति मातृभूमि सम्मान २०८०’ बाट (धरान) का चन्द्र गुरुङ र ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८०’ बाट माधव काफ्ले (रौतहट) नगद रु १५ हजार सहित सम्मानित हुने छन् । यसैगरी, ‘होमनाथ बलदेवी मातृभूमि छन्द स...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"