बागमती प्रदेशका श्रममन्त्री लम्सालले १४ महिनामा के-के काम गरे ?
हेटौंडा/ बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले १४ महिनाको अवधिमा सम्पन्न गरेका कार्यहरु सार्वजनिक गरेका छन् । बागमती प्रदेशमा शालिकराम जम्कट्टेल नेतृत्वको सरकार ढल्ने भएपछि २०८० जेठ ७ गते देखि २०८१ साउन ६ गते सम्म आफुले गरेका कार्यहरु आईतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।
मन्त्री लम्सालले १४ महिनामा गरेका कार्यहरु :
१) यातायात व्यवस्था विभागबाट इडीयल सिस्टम प्रदेश सरकार माताहत ल्याई जनअपेक्षा अनुसार छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन उक्त प्रविधिमा पहुँचको सुनिश्चितता र स्पेशिफिकेशन प्राप्त भई प्रिन्टिङ मेसिन र स्मार्टकार्ड खरिद प्रक्रिया अगाडि बढाउने अवस्था तयार गरिएको । २) मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूमा रहेको सवारी साधनहरूको अभिलेखलाई डिजिटलाइजेशन तथा आर्केभिङ गर्ने कार्यको पूर्वाधार (हार्डवेयर, सफ्ट...








