मुख्य समाचार

बागमती प्रदेश सरकारले ६४ अर्ब भन्दा माथि बजेट ल्यायो

बागमती प्रदेश सरकारले ६४ अर्ब भन्दा माथि बजेट ल्यायो

Breaking News 1, अर्थ, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार  रुपैया बजेट ल्याएको हो ।   प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको २ अर्ब ४६ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएकोमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २१ करोड, श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड, स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ८ करोड, सामाजिक विकास मन्त्रालयका लागि ३ अर्ब ९१ करोड, युवा तथा खेलकुद मन्त्रालयका लागि ७४ करोड, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयका लागि ६ अर्ब ९३ करोड ,...
नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, राजनीति, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियालेआयोजना गर्न लागिएको वृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा भाग लिन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेल दक्षिण कोरिया आउने भएको छ ।   महामन्त्री थापाको प्रमुख आतिथ्यता रहने उक्त अन्तरकृया कार्यक्रममा  विशेष अतिथिको रुपमा प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य किरण पौडेल समेत  आउन लागेका हुन् । मे १९ तारिखमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८  तारिख आइतबार कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा अतिथिहरूले प्रवासमा रहेका नेपालीहरूको समस्या र गुनासोहरू सुन्नुका साथै नेपाली राजनीतिको वर्तमान अवस्थाको विषयमा प्रस्ट पार्ने जना...
एक बर्ष भित्र देशलाई पुर्ण विद्युतिकरण घोषणा गर्ने – प्रधानमन्त्री दाहाल

एक बर्ष भित्र देशलाई पुर्ण विद्युतिकरण घोषणा गर्ने – प्रधानमन्त्री दाहाल

Breaking News 1, मुख्य समाचार, समाचार
हेटौंडा/  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एक बर्ष भित्र देशलाई पुर्ण विद्युतिकरण घोषणा गर्ने बताएका छन् । शुक्रबार हेटौंडाको ४००० मेघा वाट ४०० के भी विद्युत प्रसारण लाइन सबस्टेसनलाई उद्धघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैकल्पिक उर्जा सहित ९९ प्रतिशत जनतामा विद्युतको पहुच पुगेको जनाउदै यस्तो बताएको हो । उनले विद्युतको पहुच मात्र नभई आन्तरिक रुपमा विद्युतको खपत बढाउन भर पर्दो र सुरक्षित सेवा प्रवाह गर्न उच्च प्राथमिकताका साथ काम गर्न विद्युत प्राधिकरण र उर्जा मन्त्रालयलाई निर्देशन समेत दिए । विद्युत व्यापारको योजना अनुसार भारत, चिन र बंगलादेश सम्म पुर्याउने आधार तयार रहेको र ४० मेघा वाट विद्युत भारत हुदै बंगलादेश तर्फ निर्यात हुने उनले बताए । हेटौंडा सबस्टेसनलाई ढंल्केबार सबस्टेसन सम्म जोड्ने ४०० केभि लाइन प्रसारणमा अवरोध रहेकाले बाधक नबन्न स्थानिय जन - समुदायलाई उनले अनुरोध ...
एमाले मकवानपुरका नव निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरे

एमाले मकवानपुरका नव निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरे

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । सोमबार एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरेको हो । एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रिय सदस्य एवंम मकवानपुर जिल्ला ईन्चार्ज देवि ज्ञवालिको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । अधिवेशनबाट (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीका अध्यक्ष श्रीधर पोखरेल , उपाध्यक्ष हिदम लामा, सचिब सिता विष्ट, उपसचिब फुर्वा दोर्जे लामा, आरती पाठक लगायत मकवानपुरका १० वटै स्थानिय तहका सदस्यहरुले सपथ ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै नव निर्वाचित पोखरेलले पार्टी निर्माणमा ध्यान रहनुका साथैै वहस र छलफल गर्न सधै तयार रहेको बताए । पार्टीलाई अगाडी बडाउन  खुलस्थ ढंगबाट सुझाव दिन सदस्यहरुलाई आग्रह समेत गरे । कार्यक्रमका प्रमुख अतिथि ए...
ओलिले नेतृत्व गरेको पार्टीले जनताको सपना पुरा गरेन- पुर्व प्रधानमन्त्री खनाल

ओलिले नेतृत्व गरेको पार्टीले जनताको सपना पुरा गरेन- पुर्व प्रधानमन्त्री खनाल

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) हेटौंडा उपमहानगर कमिटीको पहिलो अधिवेशन शनिबार भएको छ । पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष देवराज गौतम को सभा अध्यक्षतामा कार्यक्रम भएको हो । अधिवेशनलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री खनालले हाल नेपालको कम्युनिष्ट आन्दोलन नया मोडबाट अघि बढिरहेको बताउदै ०६२÷६३ को जनआन्दोलन पश्चात्े पुजिवादी क्रान्ति मार्फत नयाँ साम्राज्यवाद र समाजवाद क्रान्तिको युगमा आएको बताए । साम्राज्यवादी अमेरिकाले नेपालमा एमसिसि मार्फत सैनिक शक्ति निर्माण गरि चिनलाई असफल बनाउने योजनामा बनाएको दावी गरे । नेपालमा बैचारिक, संगठानत्मक र राजनितिक विचलन पेैदा भएको बताए । "संविधान बनेपछि भएको पहिलो निर्वाचन समयमा शक्तिशाली पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी देशमा उच्च शक्तिमा थियो, खड्कप्रसाद शर्मा ओलिले न...
जुन ८ मा ‘पुजार सार्की’ जिन्छनको मेगा बक्समा प्रदर्शन हुदै

जुन ८ मा ‘पुजार सार्की’ जिन्छनको मेगा बक्समा प्रदर्शन हुदै

प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको जिन्छन् शो जुन ८ मा हुने भएको छ । सुर्खेत समाज दक्षिण कोरियाको आयोजनामा जिन्छनमा प्रदर्शन हुन लागेको हो । जुन ८ तारिख साँझ ७ बजेको शो जिन्छन बस टर्मिनल नजिकै रहेको मेगा बक्समा प्रदर्शन हुन लागेको आयोजकले जनाएको छ । आपतकालिन् राहतकोष सहयोगार्थ प्रदर्शन गर्न लागिएको उक्त चलचित्र गत हप्ता सुर्खेत समाज दक्षिण कोरियाकै आयोजनामा सौलमा पनि दुई शो प्रदर्शन गर्नुका साथै कालीकोट समाज र सल्याणी समाज दक्षिण कोरियको सयुक्त आयोजनामा किम्हेको काया विश्वविद्यालयको हलमा प्रदर्शन गरेको थियो । दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार पाएको सुर्खेत समाजले उक्त चलचित्रलाई अन्य संघ संस्थाहरुलाई पनि प्रदर्शनको लागि बिक्रि गरेको छ । पुजार सार्की दक्षिण कोरियाको अन्य केही शहरहरुका पनि प्रदर्शनीको तयारीमा रहेको छ । पछिल्लो समय दक्षिण कोरियामा चलचित्र प्रदर्शन गर्ने ...
दुरदर्शिता नभएको नेतृत्वले विकासको कल्पना गर्न नसक्ने – एमाले महासचिव पोखरेल

दुरदर्शिता नभएको नेतृत्वले विकासको कल्पना गर्न नसक्ने – एमाले महासचिव पोखरेल

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले दुरदर्शिता नभएको नेतृत्वबाट देश विकासको कल्पना गर्न नसक्ने बताएका छन् । शुक्रबार हेटौंडामा भएको नेकपा एमाले मकवानपुरको १२ औ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले देशलाई विकासको बाटोमा अगाडी बढाउने काम नेकपा एमालेको नेतृत्वमा नै हुदै आएको बताए । उनले एमालेलाई बिभाजन र कमजोर बनाउने षडयन्त्र हुदै आएकाले अधिवेशनको माध्यमबाट कमिकमजोरी नियाल्नु पर्ने बताए । राजनीतिक परिवर्तनमात्र कम्युनिस्ट आन्दोलनको उपलब्धि नभई समाजको अवस्थाको परिवर्तन गर्ने कम्युनिस्ट आन्दोलनको लक्ष्य रहेको र राजनीतिक परिवर्तन पछाडी अल्मलिने लक्ष्य बिर्सने जस्ता परिपाटीले कम्युनिस्ट आन्दोलनले लक्ष्य हासिल गर्न नसकेको दाबि गरे । उनले भने "अब नेपालमा धेरै राजनीतिक दल हैन बलियो राजनीतिक दलहरूको आवश्यक छ, जसले ६२/६३ को आन्दोलनको उपलब्धिलाई टेकेर देशको समृद्धिमा अगाडि...
सामुदायिक क्याम्पस मर्ज गर्नु पर्छ- मुख्यमन्त्रि  जम्कट्टेल

सामुदायिक क्याम्पस मर्ज गर्नु पर्छ- मुख्यमन्त्रि जम्कट्टेल

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले सामुदायिक क्याम्पस मर्ज गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । शुक्रबार हेटौँडामा मकवानपुर बहुमुखी क्याम्पसको राष्ट्रिय शैक्षिक सम्मेलनमा आफ्नो धाराणा राख्दै मुख्यमन्त्रि जम्कट्टेलले बागमती प्रदेश सरकारले नँया ढंगले शिक्षा नीति बनाएको बताए । ग्रामिन क्षेत्रलाई लक्षित गरी एक वडा, एक आवासीय विद्यालय बनाउने नीति तयार पारिएको र उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक बनाउने उनले बताए । ग्रामीण क्षेत्रमा रहेको सामुदायिक क्याम्पस पिडामा रहेकोले प्रदेश सरकारले निती पास गरेर सहयोग गर्ने बताए । मुख्यमन्त्रि जम्कट्टेलले व्यावाहारिक र प्राविधिक शिक्षा कम भएको बताउदै बेराजगारी बडेको र बिदेश पलायनको अवस्था आएको बताए । मुख्यमन्त्री जम्कट्टेलले माध्यमिक विद्यालय तहमा नर्सिङ र इन्जिनियरिङ कोर्ष ल्याउनु पर्ने र जसकारणले दक्ष र शिक्षित जनशक्तिको...
प्रशासनको उपस्थितिले पिडितका लागि भर र पिडकका लागि डर सिर्जना हुनुपर्ने-गृहमन्त्रि लामिछाने

प्रशासनको उपस्थितिले पिडितका लागि भर र पिडकका लागि डर सिर्जना हुनुपर्ने-गृहमन्त्रि लामिछाने

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित दुई दिने सुरुक्षा गोष्ठि हेटौंडामा सम्पन्न भएको छ । गृहमन्त्रि लामिछानेले गोष्ठिलाई सम्बोधन गर्दे स्थानीय प्रशासनको उपस्थितिले पिडितका लागि भर र पिडकका लागि डर सिर्जना हुनुपर्ने धारणा राख्दै सबैलाई त्यस दिशामा खरो उत्रन निर्देशन दिए । प्रहरी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न कानुन तर्जुमा लगायत कार्यमा गृह मन्त्रालयले सक्रियतापूर्वक कार्य गरिरहेको बताउदै उनले राजनीतिक आवरणमा गैर संवैधानिक र गैर कानुनी गतिविधि हुन नदिन, नागरिकहरुले आफुमाथि शोषण दमन र उत्पीडन भएको र आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा ठगिएको महसुश नगर्ने गरी कार्य गर्न, विकास निर्माण र सेवा प्रवाहका काममा ढिला सुस्ती र अनियमितता हुन नदिन, धार्मिक, सामाजिक र साँस्कृतिक सद्भाव विथोलिन नदिन सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक...
कान्ति लोकपथको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

कान्ति लोकपथको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

Breaking News 1, मुख्य समाचार
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगनस्थित कान्ति लोकपथमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका ६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । कारका चालक बाराको निजगढ नगरपालिका ६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"