मुख्य समाचार

बागमती प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने

बागमती प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा /  बागमती प्रदेश सरकारले हालको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसलाई सहमति दिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार, जेन–जि आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गर्न बजेट पुनरावलोकन आवश्यक भएको हो । यसमा टुक्रिएका योजनाहरू कटौती गर्दै दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिइने छ ।  बैठकले क्षतिग्रस्त मन्त्रालयहरूको संचालन सहज बनाउन उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समिति गठन गरेको छ । कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्री र सचिवहरू सदस्य छन् ।  यसैगरी, भौतिक पूर्वाधार मन्त्रीको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गरिएको छ, जसले क्षतिग्रस्त संरचना मूल्यांकन र पुनर्निर्माणको काम तुरुन्त सुरु गर्नेछ। बैठकले प्रादेशिक अस्पतालम...
हेटौंडामा युवाहरुको प्रदर्शन, संविधान र राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गर्न माग

हेटौंडामा युवाहरुको प्रदर्शन, संविधान र राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गर्न माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा /  नेकपाका भ्रातृ संस्था युवा संघ, वाईसिएल र तरुण दलका युवाहरूले हेटौंडामा प्रदर्शन गरेका छन् । उनीहरूले संविधानको रक्षा, राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सार्वजनिक गर्न, र सर्वपक्षीय बैठकको आयोजना गर्न माग गरेका छन् । युवाहरूले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ र ‘संविधान मास्न पाँइदैन’ लेखिएका प्लाकार्डसहित नाराबाजी गरे। प्रदर्शनमा युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी, वाईसिएल जिल्ला अध्यक्ष मुक्ति तामाङ र नेविसंघ नेता ईश्वर पाठकको पनि सहभागिता रहेको थियो । उनीहरूले जंगी अड्डाले राष्ट्रपतिको नियन्त्रणमा राखेर राजनीतिक चलखेल गरेको आरोप लगाएका छन् ।...
प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

Breaking news 3, दक्षिण कोरिया, प्रवास, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । आउदो सेप्टेम्बर २१ तारिखमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ हुने भएको छ । सुवन स्थित आजु विश्वविद्यालयको भलिबल स्टेडियममा हुने प्रतियोगिताको टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म रहेको छ । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन लाग्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले २० लाख वोन धनराशी संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी दोश्रो हुने टिमले १२ लाख वोन राशी पाउनुका साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा तृतियहुने टिमले ३ लाख वोन धनराशी संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । नेपाल भलिवल संघ दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको प्रतियोगितालाई बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले सहयोग गरेका छन् । समाजका अध्यक्ष राज लोप्चनले टिम दर्ताको लागि आह्वान गरेका छ...
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।    ...
मकवानपुरमा विद्यालयस्तरको ‘फुटबल फर स्कूल्स’ कार्यक्रम प्रारम्भ

मकवानपुरमा विद्यालयस्तरको ‘फुटबल फर स्कूल्स’ कार्यक्रम प्रारम्भ

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुर/  विद्यालयका बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पुग्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय ‘फुटबल फर स्कूल्स’ कार्यक्रम मकवानपुर जिल्लामा औपचारिक रूपमा प्रारम्भ भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० अन्तर्गत मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा हेटौंडा–६ गौरीटार रंगशालामा आयोजित उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्यक्रम शुभारम्भ गर्नुभयो । फिफा र युनेस्कोको साझेदारीमा सञ्चालन हुने यो कार्यक्रममार्फत विश्वभर ४ देखि १४ वर्ष उमेर समूहका करिब ७० करोड बालबालिकालाई फुटबलसँग जोड्ने लक्ष्य लिइएको छ । नेपालमा ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा कार्यान्वयन हुने कार्यक्रमअन्तर्गत ३२ हजार ६ सय ४० फुटबल वितरण गरिने एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो। मकवानपुरमा भने २२ विद्यालय यस अभियानमा सहभागी हुनेछन् । मुख्यमन्त्री बानियाँल...
स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२ हुने

स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२ हुने

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी स्व. साइमन योन्जनको स्मृतिमा “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ । बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले प्रतियोगिता आगामी असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगिता मकवानपुरगढी–३ स्थित भानु फुटसलमा हुने समितिका अध्यक्ष हिरा बाबु स्याङ्तानले जानकारी दिनुभयो । गत असोज १२–१३ गते कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा परेर ज्यान गुमाएका साइमनको योगदानलाई सम्झँदै प्रतियोगिता आयोजना गरिएको अध्यक्ष स्याङ्तानले बताउनुभयो । प्रतियोगिता खुल्ला फुटसल विधामा हुने छ । कार्यक्रम संयोजक तथा समितिका सदस्य बिक्रम योन्जनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु. ६...
बागमती प्रदेशसभामा सुशासन ऐनको उत्तरविधायिकी परीक्षण प्रतिवेदन प्रस्तुत

बागमती प्रदेशसभामा सुशासन ऐनको उत्तरविधायिकी परीक्षण प्रतिवेदन प्रस्तुत

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा/  बागमती प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले प्रदेश सुशासन ऐन, २०७७ सम्बन्धी उत्तरविधायिकी परीक्षण प्रतिवेदन पेश गररिएको छ । प्रतिवेदन केवल दस्तावेज नभई लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने प्रयासको रूपमा तयार पारिएको बताइएको छ । प्रतिवेदनले सरकारी निकायहरूमा अझै समन्वयको कमी, स्रोतसाधनको अभाव र क्षमता विकासको चुनौती देखाएको छ । ऐनले नागरिकलाई जवाफदेही, पारदर्शी र जनमैत्री सेवा प्रवाह गर्ने कानुनी आधार तयार पारेको भए पनि व्यवहार र कार्यान्वयनमा पर्याप्त चुनौतीहरू देखिएका छन् । समितिले समाधानका लागि विभिन्न सिफारिसहरू पनि अघि सारेको छ। संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा सूचना प्रविधि र डिजिटलीकरणको प्राथमिकता, नागरिकको गुनासो समाधान प्रणाली छिटो, सरल र प्रभावकारी बनाउने उपाय, भ्रष्टाचार नियन्त्रणका लागि नियमक निकायहरूबीच सहकार्य...
कियाचु दक्षिण कोरियाको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

कियाचु दक्षिण कोरियाको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

Breaking news 3, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको रजत जयन्तीको अवसरमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्र, ब्शान शाखा, जेजुदो शाखा, छल्लादो शाखाको सयुक्त आयोजनामा हुन लागेको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सेप्टेम्बर ६ र ७ मा छुङछङनाम्दोको थेआन्गुनमा हुन लागेको बृहत बनभोज कार्यक्रममा लिम्बू समुदायको परिकारहरुको स्वाद संगै मौलिक संस्कृति यालाङ केलाङको साथमा रम्न पाउने छ । संस्थाको रजत जयन्तीको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा कोरियाको बिभिन्न स्थानहरुबाट लिम्बू समदुय तथा गैर लिम्बू समुदायको व्यक्तिहरुको सहभागिता रहने छ । बनभोज कार्यक्रममा सहभागि हुन जानको लागि सौलको दोङदेमुन संगै सुवनबाट बसको व्यवस्था समेत रहेको आयोजकले जनाएको छ । त्यसैगरी बनभोज कार्यक्रममा सहभागि हुनको लागि शुल्क लाग्ने जनाएको छ । आयोजकले बताए अनुसार बनभोज कार्यक्रममा सहभागि ...
फोहोरमैला व्यवस्थापनमा खटिने ५३ जना कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध

फोहोरमैला व्यवस्थापनमा खटिने ५३ जना कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध

Breaking News 1, Uncategorized, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फोहोरमैला संकलन र व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई पहिलो पटक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ । हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा.लिले यस कार्यमा संलग्न ५३ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा सफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई कोषमा समावेश गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले फोहोरमैला संकलन गर्ने काम कठिन र जोखिमपूर्ण हुने भएकाले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु उपमहानगरको दायित्व भएको बताउनुभयो । उहाँले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिदै सुरक्षाका उपायहरू अपनाएर मात्रै कार्यमा खटिन सफाई कर्मचारीलाई सुझाव दिनुभयो । फोहोरमैला व्यवस्थापन संघका सल्लाहकार प्राध्यापक ड...

स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने-मुख्यमन्त्री बानियाँ

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा / मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वाथ्यकर्मीहरुको मेहनत बाट सम्भव भएको बताउनुभयो । बागमती प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने समेत उहाँले बताउनुभयो । ‎पछिल्लो ६ बर्ष यता नगरपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"