खुस्माको सौल शोमा नायक धिरज मगर आउने
शुभराज भोम्जन
दक्षिण कोरिया । यही २० तारिकमा सौलमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र खुस्माको नायक धिरज मगर दक्षिण कोरिया आउने भएका छन् । नायक मगर दक्षिण कोरिया आउने भएपछि दर्शकहरूले नायक मगर संगै बसेर चलचित्र हेर्न पाउने भएका छन् ।
दक्षिण कोरियामा रहेको नेपाली दर्शकहरू सँग सँगै बसेर चलचित्र हेर्ने र कोरियामा रहेको नेपाली सिनेमाको शुभेच्छुक तथा समर्थकहरु संग भेटघाट गर्ने उद्धेश्यका साथ नायक मगर दक्षिण कोरिया आउन लागेको हो । चलचित्र प्रदर्शनीबाट फाइदा बसेको रकम नेपालमा बाढी पीडितहरूको लागि सहयोग गर्ने उद्देश्यका साथ नेपाल स्नुकर एशोसिएसन दक्षिण कोरियाले चलचित्र प्रदर्शन गर्न लागिएको हो । दक्षिण कोरियाको थेगु, जेजु, जेछन, जिन्छन मुगुक संगै अन्य विभिन्न शहरहरूमा पनि फरक फरक मितिमा चलचित्रको प्रदर्शनी गर्ने जनाएको छ । यही २० तारिक सौलको दोङदेमुन स्थित जोङरो कुक्मीनह्वेगनमा प्रदर्श...







