बागमती प्रदेश

माओवादी मकवानपुरको प्रथम विस्तारित  भेला सम्पन्न, वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा संघर्षका तीनवटै मोर्चा समन्वय गर्दै समाजवादको आधार तयार पार्ने धारणा

माओवादी मकवानपुरको प्रथम विस्तारित भेला सम्पन्न, वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा संघर्षका तीनवटै मोर्चा समन्वय गर्दै समाजवादको आधार तयार पार्ने धारणा

Breaking News 2, Uncategorized, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइजको सभा हलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व पार्टी मकवानपुर अध्यक्ष भिम पाख्रिनले गर्नुभएको थियो ।   कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यक्रममा पार्टीले अहिले सदनलाई मुख्य सङ्घर्षको मोर्चा बनाएर सडकसँग जोडेर जनसम्पर्क अभियान अघि बढाउने बताउनु भयो । उहाँले भने हामी सडक, सदन र सरकार तीनवटै मोर्चालाई सँगसँगै अघि बढाउने योजना रहेको बताउनु भयो । पार्टीले २०८४ सालको निर्वाचनलाई लक्षित गरी सरकारको नेतृत्वमा पुगेर सामाजिक आर्थिक रुपान्तरण गर्ने योजना बनाएको बताउनु भयो । सरकार आफैँ सङ्घर्षको मुख्य मोर्चा बन्नुपर्ने र त्यसका लागि स्पष्ट योजना र नीति आवश्यक रहेको बताउनु भयो । रणनीति र कार्यनीतिमा स्पष्टता र क...
भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु

भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा ः पूर्व मकवानपुरको बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम भएको हो । बागमती प्रदेशका नेपाल तामाङ घेदुङ अध्यक्ष लिला कुमार घलानको सभाध्यक्षता एवम्े गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घलानले सहभागीहरूलाई प्रशिक्षणमा सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले भाषा संरक्षण र प्रयोगमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । प्रशिक्षणमा भाषा विज्ञ अजितमान तामाङ र नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष तथा अभियानकर्मी मोहन बहादुर गोलेले प्रशिक्षण दिनुभएको थियो । भाषा वि...
ईपिएस श्रमिक परिवारका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हेटौंडामा हुँदै

ईपिएस श्रमिक परिवारका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हेटौंडामा हुँदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, बागमती प्रदेश, समाचार
हेटौंडा /  कोरियामा कार्यरत  नेपाली श्रमिकका परिवारलाई लक्षित गरी आगामी जेठ १६ गते हेटौंडामा एकदिने वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मार्फत कार्यक्रम हुने सम्बन्धमा आयोजकले जानकारी गराईएको हो । हेटौंडाको रोयल पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा सहभागी परिवारलाई आर्थिक ज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइने अंकुर नेपाल हेटौंडा सम्पर्क समितिका सचिव माधव सापकोटाले जानकारी दिनुभयो । समितिका सचिव सापकोटाले कार्यक्रममा सहभागीले विदेशमा कमाएको अनुभवलाई सकारात्मक रूपमा उपयोग गरी स्वदेशमै रोजगारका अवसर खोज्न सक्ने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियाली अन्तर्राष्ट्रिय सहयोग संस्था , खुसीपूर्ण आप्रवासन परियोजना र अंकुर नेपाल हेटौंडा सम्पर्क समितिको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा...

पुराना पुलको मर्मत र तौल नियन्त्रण कडाइ गर्न नारायणी यातायात व्यवसायी कम्पनीको माग

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  देशभरका पुराना तथा जीर्ण पुलहरूको मर्मत, राजमार्ग सुरक्षा, सवारीको भारवहन क्षमता नियन्त्रण, र ढुवानी कर प्रणालीको प्रभावकारी कार्यान्वयनको माग गर्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.ले सरकारसँग ध्यानाकर्षण गराएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका अध्यक्ष गोकर्ण पराजुलिले प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् । देशभर धेरै पुलहरू जीर्ण अवस्थामा रहेका कारण सवारी सुरक्षामा गम्भीर जोखिम देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ती पुलहरूको विधिक परीक्षण गरी आवश्यकता अनुसार मर्मत, स्तरोन्नति वा पुनर्निर्माण कार्य तत्काल अघि बढाउन कम्पनीले आग्रह गरेको छ । त्यस्तै, तोकिएको भारवहन क्षमताभन्दा बढी सामान बोकेर चल्ने सवारी साधनहरूलाई कडाइका साथ नियमन र कारबाही गर्नुपर्नेमा अध्यक्षले जोड दिएका छन् । अध्यक्ष पराजुलिका अनुसार सडक र पुलमा बढी भार परेको कारण...
बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो- नगर प्रमुख लामा

बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो- नगर प्रमुख लामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र बोर्डका अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले हेटौंडा व्यवस्थापन बोर्डले शुद्ध खाने पानी वितरण गर्दै आएको बताउनु भयो । हेटौंडा उपहानगरपालिकाले न्युनतम शुल्क तिरिसकेपछि विभिन्न वडाबाट जोड्ने काम भईरहेको बताउनु भयो । ५० बर्षको योजना , प्रदेश सरकार र स्थानिय सरकार डिपिआर फाईन्डआउट गरेर टेन्डरको चरणमा पुगेको बताउनु भयो । यसै गरी उहाँले खाने पानी व्यस्थापनका कर्मचारीलाई अझ जिम्मेवारी पुर्वक काम गर्न आग्रह गर्नु भयो । उहाँले खानेपानी बोर्ड असफल हुनु भनेको सरकार असफल हुनु हो । कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले आर्थिक वर्ष २०८०...
सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा १४ मा निर्माण सम्पन्न

सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा १४ मा निर्माण सम्पन्न

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  तामाङ समुदायको सांस्कृतिक पहिचानको प्रतीक ‘डम्फु’ समेटिएको डम्फु पार्क हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रमका बीच हेटौंडा नगर प्रमुख मीनाकुमारी लामाले उक्त पार्कको उद्घाटन गरेकी हुन् । हेटौंडा–१३ र १४ नम्बर वडाको सिमानामा निर्माण गरिएको डम्फु पार्क तामाङ समुदायको सांस्कृतिक तथा सामाजिक मूल्य झल्काउने स्थलका रूपमा निर्माण गरिएको हो । पार्क उद्घाटन गर्दै मेयर लामाले तामाङ समुदायको सांस्कृतिक पहिचान जोगाउन र नयाँ पुस्तामा यसको चेतना फैलाउन पार्क निर्माण गरिएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, “तामाङ समुदायको पहिचान डम्फु हो, जुन हरेक सांस्कृतिक कार्यक्रममा आवश्यक हुन्छ। यसले समुदायको गौरव बोकेको छ । यो पार्क उपमहानगरपालिकाको गौरवको योजना हो ।” वडा नं. १४ का अध्यक्ष दिपक खड्काले आफ्नो वडामा तामाङ समुदायको बाहुल्यता रहेकोले डम्फु पार्कको ...
हेटौंडामा शनिबार दोस्रो पटक डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड, १०० भन्दा बढी सहभागी हुने

हेटौंडामा शनिबार दोस्रो पटक डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड, १०० भन्दा बढी सहभागी हुने

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ पुरुषको स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले विश्वव्यापी रूपमा आयोजना हुँदै आएको डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड  हेटौंडामा दोस्रो पटक आयोजना हुने भएको छ । यो कार्यक्रमको आयोजक हेटौंडा इन्फिल्डर्स मकवानपुर रहेको छ । संस्थाका अध्यक्ष राजक शाहीका अनुसार कार्यक्रम शनिबार बिहान हेटौंडाको मनकामना चोकबाट सुरु हुनेछ र १०० भन्दा बढी मोटरसाइकल यात्रीहरू सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले क्लासिक र भिन्टेज स्टाइलका मोटरसाइकल (जस्तै कैफे रेसर, स्क्राम्बलर, बॉबर, रेट्रो मोडर्न बाइक) चढ्नेछन् भने, सुट–टाई, बाउलर ह्याट लगायत ड्यापर फेसनमा सजिएर सहभागिता जनाउने छन् । राइडको मुख्य उद्देश्य प्रोस्टेट क्यान्सर र पुरुष मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु हो । नेपालमा काठमाडौंलगायत विभिन्न सहरमा आयोजना हुँदै आएको यो कार्यक्रम हेटौंडामा पनि मोटरसाइकलप्रेमी, फेसन उत्साही र सामाज...
प्रदेश स्पोर्टस अवार्ड हेटौंडामा हुने

प्रदेश स्पोर्टस अवार्ड हेटौंडामा हुने

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा /  बागमती प्रदेश सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय खेल सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । “प्रदेश स्पोर्टस अवार्ड ” नाम दिइएको कार्यक्रम आगामी आइतवार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने मन्त्रालयले जनाएको छ । कार्यक्रमको जानकारी दिन बिहीवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले खेलकर्मी, प्रशिक्षक र खेल पत्रकारहरूलाई राज्यले औपचारिक रूपमा सम्मान गर्ने परम्पराको सुरुआत गर्न लागिएको जानकारी दिए । उनका अनुसार लामो समयदेखि योगदान पु¥याएका व्यक्तिहरूको मूल्याङ्कन गर्दै उनीहरूलाई प्रदेशस्तरीय सम्मान प्रदान गरिनेछ। साथै, खेलकर्मीको मनोबल वृद्धिसँगै देशबाहिर जाने प्रवृत्तिमा कमी ल्याउने उद्देश्य पनि कार्यक्रमको केन्द्रमा रहेको उनले बताए । निमित्त सचिव सूर्य बहादुर दाहालका अनुसार सम्मान कार्यक्रम अन्तर्गत ८ फरक विध...
सातै प्रदेशका युवाको सहभागितामा हेटौंडामा प्रदेश युवा सम्मेलन

सातै प्रदेशका युवाको सहभागितामा हेटौंडामा प्रदेश युवा सम्मेलन

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको छ । सम्मेलन भोलि बैशाख २८  देखि ३० गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवाको भूमिका, शिक्षा, सिप र सृजनशीलता, जलवायु परिवर्तनसँग सम्बन्धित दिगो विकास, सिपमूलक तालिमको आवश्यकता र प्राथमिकता, नीति निर्माणमा युवा सहभागिता तथा नेतृत्व विकासलगायत विषयमा ६ वटा छलफल सत्र आयोजना गरिनेछ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार, सम्मेलनमा बागमती प्रदेशका ११९ वटै स्थानीय तहबाट एकरएक जना प्रतिनिधि सहभागी हुनेछन् । साथै, देशका सातै प्रदेशका युवा परिषद् तथा सामाजिक विकास मन्त्रालयको सिफारिसमा अन्य प्रदेशका युवाको पनि सहभागिता रहनेछ । करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने कार्यक...
मोबाइल व्यवसायीको सहजीकरणको लागि प्रदेश सरकारले सहयोग गर्ने – मन्त्री काफ्ले

मोबाइल व्यवसायीको सहजीकरणको लागि प्रदेश सरकारले सहयोग गर्ने – मन्त्री काफ्ले

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले मोबाइल व्यवसायीको सहजीकरणको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको शनिबार हेटौंडामा भएको चौथो साधारणसभामा बोल्नुहुँदै मन्त्री काफ्लेले व्यवसाय सञ्चालनका क्रममा आउने प्रशासनिक झमेलामा सहजीकरण गर्ने र व्यवसायीका समस्या तथा एजेन्डालाई सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मोबाइल व्यवसायीहरू राष्ट्रको समग्र आर्थिक चक्रमा जोडिने महत्वपूर्ण क्षेत्र भएकाले व्यवसायीहरूले उठाएका एजेन्डालाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । प्रयोग भइसकेका पुराना मोबाइल मर्मत गरेर पुनः वितरण गर्ने एजेन्डा व्यवसायीहरूको रहेकोले त्यसमा बागमती प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने समेत उहाँले स्पष्ट पार्नुभयो । साधरण सभामा ६० जिल्लाका १ हजार भन्दा बढि प्रतिनिधिहरुक...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"