प्रदेश स्पोर्टस अवार्ड हेटौंडामा हुने
हेटौंडा / बागमती प्रदेश सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय खेल सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । “प्रदेश स्पोर्टस अवार्ड ” नाम दिइएको कार्यक्रम आगामी आइतवार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने मन्त्रालयले जनाएको छ ।
कार्यक्रमको जानकारी दिन बिहीवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले खेलकर्मी, प्रशिक्षक र खेल पत्रकारहरूलाई राज्यले औपचारिक रूपमा सम्मान गर्ने परम्पराको सुरुआत गर्न लागिएको जानकारी दिए । उनका अनुसार लामो समयदेखि योगदान पु¥याएका व्यक्तिहरूको मूल्याङ्कन गर्दै उनीहरूलाई प्रदेशस्तरीय सम्मान प्रदान गरिनेछ। साथै, खेलकर्मीको मनोबल वृद्धिसँगै देशबाहिर जाने प्रवृत्तिमा कमी ल्याउने उद्देश्य पनि कार्यक्रमको केन्द्रमा रहेको उनले बताए । निमित्त सचिव सूर्य बहादुर दाहालका अनुसार सम्मान कार्यक्रम अन्तर्गत ८ फरक विध...








