माओवादी मकवानपुरको प्रथम विस्तारित भेला सम्पन्न, वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा संघर्षका तीनवटै मोर्चा समन्वय गर्दै समाजवादको आधार तयार पार्ने धारणा
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइजको सभा हलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व पार्टी मकवानपुर अध्यक्ष भिम पाख्रिनले गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यक्रममा पार्टीले अहिले सदनलाई मुख्य सङ्घर्षको मोर्चा बनाएर सडकसँग जोडेर जनसम्पर्क अभियान अघि बढाउने बताउनु भयो । उहाँले भने हामी सडक, सदन र सरकार तीनवटै मोर्चालाई सँगसँगै अघि बढाउने योजना रहेको बताउनु भयो ।
पार्टीले २०८४ सालको निर्वाचनलाई लक्षित गरी सरकारको नेतृत्वमा पुगेर सामाजिक आर्थिक रुपान्तरण गर्ने योजना बनाएको बताउनु भयो । सरकार आफैँ सङ्घर्षको मुख्य मोर्चा बन्नुपर्ने र त्यसका लागि स्पष्ट योजना र नीति आवश्यक रहेको बताउनु भयो । रणनीति र कार्यनीतिमा स्पष्टता र क...







