३० औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मुख्य आयोजनामा ३० औ विश्व आदिवासी दिवस समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
आइतबार सौलको खुम्हो हाई स्कुलको सभाहलमा भएको समारोहमा दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । ‘रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता’ भन्ने मुल नाराका साथ मनाइएको कार्यक्रममा महासंघमा आवद्ध बिभिन्न जातीय संस्थाहरुको तर्फबाट मौलिक खाना तथा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनी गरेको थियो । समारोहमा सहभागि भएका लगभग ४ सय जनाको सङ्ख्याले विशुद्ध मौलिक रैथाने परिकारहरूको स्वाद चाखेको थियो ।
महासंघ दक्षिण कोरियाको अध्यक्ष विशन राईको अध्यक्षतामा भएको समारोहमा नेपाली राजदूतावास दक्षिण कोरियाको कार्यबहाक राजदूत पुस्परा...








