सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा
शुभराज भोम्जन
दक्षिण कोरिया । किरात राई यायोक्खा दक्षिण कोरियोको आयोजनामा गएको सलनालको दोश्रो दिन १० फेब्रुअरीमा सम्पन भएको सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय सार्वजानिक गरिएको छ । आकस्मिक राहतकोष स्थापनार्थ आयोजना गरिएको डान्स पाटीबाट खर्च कटाएर तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ कोरियन वन मुनाफा भएको छ ।
आइताबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा समिक्षा तथा आय/ व्यय सार्वजानिक कार्यक्रमको आयोजना गर्दै कोषाध्यक्ष जुनल राइले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष राइले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त सलनाल सुम्नीमा डान्स पार्टीमा जम्मा कारोवार चार करोड उनन्अस्सी लाख बाइस हजार ९ सय ४ कोरियन वन भएको देखाइएको छ । त्यसैगरी खर्च शिर्सकमा भने एक करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार ९ सय ८० कोरियन देखाइएको छ ।
उक्त कार्यक्रम सफल पार्नको निम्...








