शहीद रुद्र पाखिन स्मृति फुटबल: दोस्रो दिन पाँच खेलमा उत्साह
हेटौंडा / शहीद रुद्र पाखिन र वासुदेव घिमिरेको स्मृतिमा आयोजना गरिएको तेस्रो खुला ८ ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार पाँचवटा खेल सम्पन्न भएका छन् ।
मकवानपुरगढी गाउँपालिका–२ स्थित कुर्लेदमार खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा उत्तम पानी एफसी ले चौघडा एफसीलाई २–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्यो । विजयी टिमका उर्जेन केसी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा, संयुक्त नव स्टार युवा क्लब र सनराइज युथ क्लबबीचको खेल रोमाञ्चक देखिएको थियो। निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा नव स्टारले १३–१२ को अन्तरले जित हात पार्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि सनराइज युथ क्लबका सुरज थिङ म्यान अफ द म्याच बने ।
तेस्रो खेलमा योन्जन ढुवानी सेवा ले एफसी कालोपानीलाई ३–० गोलले सहजै हराउँदै अर्को चरणमा प्रवेश गर्यो। महेश वाइबा म्यान अफ द म्य...








