समाचार

मिलन दोङको ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुँदै

मिलन दोङको ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुँदै

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ तामाङ सांगीतिक क्षेत्रमा नयाँ र मौलिक सिर्जनाका रूपमा गायक मिलन दोेङको आवाजमा सजिएको गीत ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुने भएको छ । मेल्वान म्युजिकको प्रस्तुतिमा तयार भएको यस गीतले तामाङ समुदायको संस्कृति, परम्परा र मौलिक बाजागाजालाई समेट्ने प्रयास गरेको निर्देशक शुभराज भोम्जनले बताएका छन् । गीतमा शब्द तथा संगीत गायक मिलन दोङकै रहेको छ भने एरेञ्ज चन्द सिंह मिक्स तथा दिपेश प्रधान डिप स्टुडियोले गरेका छन् । गीतको रेकर्डिङ नेपाल र कोरियास्थित सुपरमिक्स स्टुडियोमा गरिएको छ । गीतको भिडियोमा शर्लिन तामाङ, शोभा तामाङ, दावा फिन्जो योञ्जन, निर तामाङ, राजकुमार स्याङ्तान, गणेश योञ्जन, मनोज तामाङ, नोर्बु लामा र धनराज ब्लोनको अभिनय रहेको छ । भिडियो छायाङ्कन अमिर योञ्जन तामाङले गरेका छन् भने सम्पादन तथा रङ संयोजन सूर्य लामाले गरेका हुन् । पोस्ट–प्रोडक्सन जिग्मे मिडिया प्रोडक्सनल...
राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न

राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेश स्तरीय तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशन महासंघकी सचिव देवी माया लिम्बु देवानको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ङिमि शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनबाट देवी माया लिम्बु देवानको नेतृत्वमा ९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । निर्वाचन प्रक्रिया अधिवक्ता कौशिला राईको नेतृत्वमा गठित निर्वाचन मण्डलद्वारा सम्पन्न गरिएको थियो । नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा देवी माया लिम्बु देवान चयन भएकी छन् । उपाध्यक्षमा जानकी कुमारी चौधरी, सचिवमा प्रतिक्षा माझी, सह–सचिवमा सान माया गुरुङ तथा कोषाध्यक्षमा राधा कारन्जीत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा मैना दनुवार, बिना बोटे, मन्जु शेर्पा र राम कुमारी थामी चयन भएका छन् । अधिवेशनले आदिवासी महिलाको हक–अधिकार संरक्षण, सामा...
लेवट सामुदायिक वनमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

लेवट सामुदायिक वनमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  लेवट सामुदायिक वन उपभोक्ता समूह, हेटौंडा–३, लेवट, मकवानपुरको आयोजनामा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आज पौष ९ गते सम्पन्न भएको छ । बुधबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा तेजबहादुर रुम्बाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सपथ ग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक शम्भु प्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दलकबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरिएको थियो । साथै सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा दिगो विकासका विषयमा समेत छलफल गरिएको थियो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा तेजबहादुर रुम्बा, उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिवमा माया देवी पाठक पुड...
बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौडा/  बागमती प्रदेशको राजधानी हेटौडामा बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न भएको छ । “बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल (जिएनबि नेपाल)” र युवालयको संयुक्त आयोजनामा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश तथा बाल कल्याण समाज मकवानपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम युवालयका कोषाध्यक्ष कृष्ण तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी विशेष अतिथि रहनुभएको थियो । यसैगरी प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख हरिहर पोखरेल, बाल कल्याण समाजका अध्यक्ष तथा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, प्रदेश बाल अधिकार समितिका सदस्यहरू झबिन्द्र ज्ञव...
श्री कालिका आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समितिको अध्यक्षमा वाईबा पुन -चयन

श्री कालिका आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समितिको अध्यक्षमा वाईबा पुन -चयन

Breaking News 2, प्रमुख समाचार, शिक्षा, समाचार
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयमा ४३ औं अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । बुधबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सङ्गीता वाइबाको अध्यक्षता तथा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समिति पुनः वाईवाको नेतृत्वमा ७ सदस्यीय सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधार तथा अभिभावक र विद्यालयबीचको सहकार्यका विषयमा प्रधानाध्यापक रामकृष्ण न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ्क प्रतिवेदनमा विद्यालयमा २३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त तथ्याङ्कअनुसार ११ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेका छन् भने ५ प्रतिशत विद्यार्थी...
हेटौंडामा आदिवासी जनजाति महिला तथा किशोरीको अधिकारबारे दुईदिने तालिम सुरु

हेटौंडामा आदिवासी जनजाति महिला तथा किशोरीको अधिकारबारे दुईदिने तालिम सुरु

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा /  महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि तथा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस संख्या ३५ सम्बन्धी दुईदिने तालिम बुधवार देखि हेटौंडामा सुरु भएको छ । राष्ट्रिय महिला जनजाति महासंघ नेपालका अध्यक्ष निमि शेर्पाको सभा अध्यक्ष तथा पुर्व मन्त्री शन्त बहादुर चेपाङको प्रमुख आतिथ्यतामा बागमती प्रदेश स्तरीय कार्यक्रम भएको हो । आदिवासी जनजाति महिला तथा किशोरीमाथि हुने हिंसा र भेदभाव अन्त्य गर्न सिईडिएड्ब्लु अन्तर्गतका प्रावधान, राज्यको दायित्व तथा अधिकार संरक्षणका उपायबारे सहभागीहरूलाई जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको महासंघका अध्यक्ष शेर्पाले बताउनु भएको छ । तालिममा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार, हिंसा र भेदभावका अवस्था, कानुनी व्यवस्था तथा अन्तर्राष्ट्रिय महासन्धिहरूको कार्यान्वयनका विषयमा अधिवत्ता कौशिला राईले सहजि...
राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको मुख्यमन्त्री बानियाँको टिप्पणी

राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको मुख्यमन्त्री बानियाँको टिप्पणी

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराए । मुख्यमन्त्री बानियाँले विधि र प्रक्रिया नपु¥याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए । निर्माण व्यवसायीहरुलाई बैंकहरुले पनि पछिल्लो समय दुःख दिने गरेको समेत उहाँले उल्लेख गरेका छन् । मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरु गरिरहेको भन्दै आपत्ति जानाए । त्यसैगरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कु...
‘रानी’ तामाङ पप गीत  सार्वजनिक,

‘रानी’ तामाङ पप गीत सार्वजनिक,

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, समाचार
हेटौडा /  ओपेरा डिजिटलको प्रस्तुतिमा तयार गरिएको नयाँ तामाङ पप गीत ‘रानी’ शुक्रवार एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ । कार्यक्रममा गीतका संगीतकार तुलसी गौतम, पत्रकार महासंग मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा सहित सांगीतिक क्षेत्रका कलाकार, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । गीतमा गायक विक्रम लुङ्वाको स्वर तथा अभिनय समावेश छ । भिडियोमा उनले मोडल आकाञ्छा तामाङसँग अभिनय गरेका छन् । गीतका शब्द सुरेश मोक्तानले लेखेका हुन् तुलसी गौतमले संगीत भरेका छन् । https://youtu.be/y3Q4-skvFQQ?si=cmo6FszzlFNAc-oU गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् । भिडियोको निर्देशन युद्ध लामाले गरेका छन् । छायांकन दुर्गा श्रेष्ठ, सम्पादन विक्रम लुङ्वा, र रंग संयोजन बिनोद बमको रहेको छ । ओपेरा डिजिटल मार्फत सार्वजनिक गरिएको ‘रानी’ गीतलाई...
“वाला वाला ग्राम्बा” संगीत भिडियो सार्वजनिक

“वाला वाला ग्राम्बा” संगीत भिडियो सार्वजनिक

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/  बुद्धालिङ मिडिया प्रोडक्सनको प्रस्तुतिमा तयार गरिएको नयाँ सांगीतिक भिडियो ‘वाला वाला ग्राम्बा’ शुक्रबार एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । लोक आधुनिक शैलीमा तयार गरिएको गीतमा तामाङ समुदायको सांस्कृतिक पहिचान, मौलिक भेषभूषा र नेपालको लेकालि परिवेशलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा प्रकाश तामाङ तितुङ, युद्ध लामा, विक्रम लुङ्वा र सुमिना लो का स्वर रहेका छन् । यी चारै जना कलाकारहरु तामाङ सेलो क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका पहिचानप्राप्त कलाकार हुन् । गीतका शब्द तथा संगीत चन्द्र कुमार दोङका हुन् भने कार्साङ लामाले पुन संयोजन गरेका छन् । गीतको मिक्सिङ सानु बाबु घिसिङले गरेका हुन् । सार्वजनिक गरिएको भिडियोमा युद्ध लामा, प्रकाश तामाङ तितुङ, विक्रम लुङ्वा र आकाङ्छा तामाङलगायत कलाकारहरूको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दुर्गा श्रेष्ठ, सम्पादन र रङ ...
तामाङ समुदायको मौलिक कथा चलचित्र ‘ह्याङ तामाङ’  शनिवार बिशेष प्रदर्शनमा

तामाङ समुदायको मौलिक कथा चलचित्र ‘ह्याङ तामाङ’ शनिवार बिशेष प्रदर्शनमा

Breaking News 1, बागमती प्रदेश, मनोरञ्जन, समाचार
हेटौंडा / तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘ह्याङ तामाङ’ प्रदर्शनमा आएको छ । हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरसहित चलचित्र शनिवार प्रदर्शनमा आएको हो । प्रदर्शनमा दर्शकहरूको व्यापक उपस्थिति रहेको थियो । चलचित्रका नायक सिताराम गोलेका अनुसार ‘ह्याङ तामाङ’ले तामाङ समाजको रीतिरिवाज, भाषा, कला, संस्कृति तथा पछिल्ला वर्षमा समुदायले भोग्दै आएको सामाजिक तथा राजनीतिक यथार्थलाई गहिरोसँग प्रस्तुत गरेको छ । उहाँले चलचित्रले तामाङ समुदायको आत्मा, पहिचान र भावनालाई प्रभावकारी ढंगले दर्शकसमक्ष पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । निर्माण टोलिका अनुसार चलचित्रको छायांकन काठमाडौं, मनाङलगायत विभिन्न भौगोलिक तथा सांस्कृतिक स्थानहरूमा गरिएको हो । चलचित्रमा अभि लामा, अनिता गोले, जय स्याङ्तान , निर्मला मोक्तानलगायतका कलाकारहरूको सशक्त अभिनय समावेश छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"