Breaking news 3

मंगोल नेसन अग्रनाईजेसन मकवानपुरद्धारा १८ औं गणतन्त्र दिवस मनाईयो

मंगोल नेसन अग्रनाईजेसन मकवानपुरद्धारा १८ औं गणतन्त्र दिवस मनाईयो

Breaking news 3, प्रमुख समाचार, राजनीति, समाचार
मकवानपुर, हेटौंडा /  मङ्गोल नेसन अग्रनाईजेसनले १८ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरमा भव्य कार्यक्रमको आयोजना गर्दै गणतन्त्रप्रति श्रद्धा र सम्मान व्यक्त गरेको छ। हेटौंडा–२ स्थित कालिका पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रम मङ्गोल नेसन अग्रनाईजेसन मकवानपुरका जिल्ला अध्यक्ष कर्ण बहादुर मोक्तानको सभाध्यक्षता तथा केन्द्रिय सर्वोच्च सभा सल्लाहकार दिलिप रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमअघि हेटौंडा बजारमा विविध रंगका झाँकीसहित एक सांस्कृतिक र्‍याली आयोजना गरिएको थियो । र्‍यालीमा सहभागीहरूले तामाङ समुदायको मौलिक पहिरनमा सांस्कृतिक झल्को प्रस्तुत गरेका थिए । बजार परिक्रमा गर्दै गरिएको यस र्‍यालीले गणतन्त्रको महत्व र संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्य बोकेको थियो । कार्यक्रममा संविधानको मर्म, गणतन्त्रको ऐतिहासिक पृष्ठभूमि र यसको वर्तमान सन्दर्भमा संरक्षणबारे विविध...
आँचल साहित्य मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

आँचल साहित्य मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

Breaking news 3, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / आँचल साहित्य कला पुञ्ज मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १७ गते कार्यक्रम हुन सम्बन्भमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आयोजना हुने सो कार्यक्रममा विभिन्न बहस, परामर्श, कविता वाचन तथा सम्मान–पुरस्कार वितरण कार्यक्रम रहने संस्थाकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाका अनुसार यस वर्षे अक्षयकोषबाट प्रदान हुने पाँचवटा सम्मानहरू स्थगति गरिएको छ । तथापि विभिन्न क्षेत्रमा सक्रिय प्रतिभालाई प्रोत्साहन गर्न चार जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने बताईएको छ । मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०८१ तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयमा अध्ययनरत जैसे बनाललाई प्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । शिक्षासेवी देवप्रसाद श्रेष्ठद्वारा स्थापना गरिएक...
जुन १४ र १५ मा भूमे पुजा तथा वनभोज कार्यक्रमको आयोजना हुँदै

जुन १४ र १५ मा भूमे पुजा तथा वनभोज कार्यक्रमको आयोजना हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, समाचार
दक्षिण कोरिया । नेपाल मगर संघ दक्षिण कोरियाले भूमे पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४ र १५ मा भब्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गर्ने भएको छ ।   नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन। भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपाली साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन। कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गरिएको छ । कार्यक्रममा जा...

पुराना पुलको मर्मत र तौल नियन्त्रण कडाइ गर्न नारायणी यातायात व्यवसायी कम्पनीको माग

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  देशभरका पुराना तथा जीर्ण पुलहरूको मर्मत, राजमार्ग सुरक्षा, सवारीको भारवहन क्षमता नियन्त्रण, र ढुवानी कर प्रणालीको प्रभावकारी कार्यान्वयनको माग गर्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.ले सरकारसँग ध्यानाकर्षण गराएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका अध्यक्ष गोकर्ण पराजुलिले प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् । देशभर धेरै पुलहरू जीर्ण अवस्थामा रहेका कारण सवारी सुरक्षामा गम्भीर जोखिम देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ती पुलहरूको विधिक परीक्षण गरी आवश्यकता अनुसार मर्मत, स्तरोन्नति वा पुनर्निर्माण कार्य तत्काल अघि बढाउन कम्पनीले आग्रह गरेको छ । त्यस्तै, तोकिएको भारवहन क्षमताभन्दा बढी सामान बोकेर चल्ने सवारी साधनहरूलाई कडाइका साथ नियमन र कारबाही गर्नुपर्नेमा अध्यक्षले जोड दिएका छन् । अध्यक्ष पराजुलिका अनुसार सडक र पुलमा बढी भार परेको कारण...
हेटौंडामा शनिबार दोस्रो पटक डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड, १०० भन्दा बढी सहभागी हुने

हेटौंडामा शनिबार दोस्रो पटक डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड, १०० भन्दा बढी सहभागी हुने

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ पुरुषको स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले विश्वव्यापी रूपमा आयोजना हुँदै आएको डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड  हेटौंडामा दोस्रो पटक आयोजना हुने भएको छ । यो कार्यक्रमको आयोजक हेटौंडा इन्फिल्डर्स मकवानपुर रहेको छ । संस्थाका अध्यक्ष राजक शाहीका अनुसार कार्यक्रम शनिबार बिहान हेटौंडाको मनकामना चोकबाट सुरु हुनेछ र १०० भन्दा बढी मोटरसाइकल यात्रीहरू सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले क्लासिक र भिन्टेज स्टाइलका मोटरसाइकल (जस्तै कैफे रेसर, स्क्राम्बलर, बॉबर, रेट्रो मोडर्न बाइक) चढ्नेछन् भने, सुट–टाई, बाउलर ह्याट लगायत ड्यापर फेसनमा सजिएर सहभागिता जनाउने छन् । राइडको मुख्य उद्देश्य प्रोस्टेट क्यान्सर र पुरुष मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु हो । नेपालमा काठमाडौंलगायत विभिन्न सहरमा आयोजना हुँदै आएको यो कार्यक्रम हेटौंडामा पनि मोटरसाइकलप्रेमी, फेसन उत्साही र सामाज...
मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्याङतानको मृत्यु

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्याङतानको मृत्यु

Breaking news 3, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित सिमपानीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको लोड ट्रकले बाटो क्रस गर्दै गरेका पैदल यात्रु गंगा बहादुर स्याङतानलाई ठक्कर दिएको हो। ७० वर्षीय स्याङतान राक्सिराङ गाउँपालिका–९ स्थायी घर भई हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका थिए। ठक्करबाट गम्भीर घाइते भएका स्याङतानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए। ट्रक चालक ४० वर्षीय प्रमोद महत्तो, सर्लाहीको हरिवन नगरपालिका–९११ निवासी, हाल मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
ओडिशाको विश्वविद्यालयमा नेपाली छात्राको मृत्युपछि राज्य सरकारद्धारा छानबिन सुरु

ओडिशाको विश्वविद्यालयमा नेपाली छात्राको मृत्युपछि राज्य सरकारद्धारा छानबिन सुरु

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, समाचार
भारतको ओडिशा राज्यस्थित केआईआईटी (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युको घटनापछि राज्य सरकारले छानबिन थालेको छ । कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत उक्त छात्राले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै विश्वविद्यालय प्रशासनले मृतक छात्राका अभिभावकलाई तुरुन्तै जानकारी गराएको ओडिशा सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ओडिशा सरकारले यस दुःखद घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारजनप्रति ऐक्यभाव व्यक्त गरेको छ । साथै, घटनाको गम्भीरताका साथ छानबिन सुरु भएको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलमा फरेन्सिक टोलीले पनि प्रमाण सङ्कलनको कार्य गरिरहेको छ । राज्य सरकारले घट...
मकवानपुरमा महिला गोल्डकप, प्रिति राई प्रमुख आकर्षण

मकवानपुरमा महिला गोल्डकप, प्रिति राई प्रमुख आकर्षण

Breaking news 3, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा /  मकवानपुरको हेटौंडामा आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता वैशाख १९ गतेदेखि सुरु हुदैं छ ।  पहिलोपटक महिला फुटबलमा केन्द्रित गर्दै आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय खेलाडी प्रेति राईसहित विभागीय र जिल्लास्तरीय गरी आठ टोलीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी टिमहरूमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मकवानपुरको रिगल हेटौंडा रिसोर्ट एन्फा, बिरगंज युथ एकेडेमी, नव जनजागृति युवा क्लब सिमरा, रौतहट जिल्ला महिला टिम र चितवन जिल्ला महिला टिम छन्। प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुनेछ। आयोजक मकवानपुर जिल्ला फुटबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। विजेता टोलीले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख रुपैयाँ प्र...
हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

Breaking news 3, Uncategorized, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बिहान ६:०५ बजे पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ निवासी २४ वर्षीय मुम्ताज मियालाई लागूऔषध ओनरेक्ससहित पक्राउ गरिएको हो। उनी बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमो जीपका चालक रहेको प्रहरीले जनाएको छ। मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सुरक्षाजाँचका क्रममा सुमो जीपबाट १ सय मिलिलिटरको २ सय २५ बोतल ओनरेक्स बरामद भएपछि मियालाई नियन्त्रणमा लिइएको हो। घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट मियालाई पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको अर्यालले जानकारी दिए।...
हेटौंडा अटो मोबाईल्सद्वारा भित्ते पात्रो वितरण

हेटौंडा अटो मोबाईल्सद्वारा भित्ते पात्रो वितरण

Breaking news 3, प्रमुख समाचार, समाचार
हेटौंडा/ हेटौंडा अटो मोबाईल्स मकवानपुरले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो वितरण कार्यक्रम गरेको छ । शनिवार हेटौंडामा सस्थाले २०८२ को भित्ते पात्रो पहिलो पटक प्रकाशन गरी वितरण गरेको हो । संस्थाका अध्यक्ष ऋषि कुमार ढकालको सभाध्यक्षता एवम् नाडो मोबाईल्स एसोसिएसन नेपालका सहकोषाध्यक्ष पकंज अग्रवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । अध्यक्ष ढकालले नयाँ बर्षको शुभकामना दिदै अटो मोबाईल्स एसोसिएसन सधै कानुनले तोकेको र राज्यले दिएको दायरामा बसेर काम गर्ने बताउनुभयो । उहाँले सरकारले लागु गरेको एमआरपी नियमन संगत फलो गर्न र एमआरपी नलागेका सामान विक्रि वितरण नगर्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । यसैगरी प्रमुख अतिथि अग्रवालले नेपाल सरकारलाई अटोमोबाईल्सले सरकारलाई ५ प्रतिशत कर तिर्दै आएता पनि चाहे अनुरुपको सेवा प्रवाह गर्न नसकेको जिकिर गर्नुभयो । अटोमोबाईल्सलाई व्यस्थित...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"