मंगोल नेसन अग्रनाईजेसन मकवानपुरद्धारा १८ औं गणतन्त्र दिवस मनाईयो
मकवानपुर, हेटौंडा / मङ्गोल नेसन अग्रनाईजेसनले १८ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरमा भव्य कार्यक्रमको आयोजना गर्दै गणतन्त्रप्रति श्रद्धा र सम्मान व्यक्त गरेको छ।
हेटौंडा–२ स्थित कालिका पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रम मङ्गोल नेसन अग्रनाईजेसन मकवानपुरका जिल्ला अध्यक्ष कर्ण बहादुर मोक्तानको सभाध्यक्षता तथा केन्द्रिय सर्वोच्च सभा सल्लाहकार दिलिप रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमअघि हेटौंडा बजारमा विविध रंगका झाँकीसहित एक सांस्कृतिक र्याली आयोजना गरिएको थियो । र्यालीमा सहभागीहरूले तामाङ समुदायको मौलिक पहिरनमा सांस्कृतिक झल्को प्रस्तुत गरेका थिए । बजार परिक्रमा गर्दै गरिएको यस र्यालीले गणतन्त्रको महत्व र संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्य बोकेको थियो ।
कार्यक्रममा संविधानको मर्म, गणतन्त्रको ऐतिहासिक पृष्ठभूमि र यसको वर्तमान सन्दर्भमा संरक्षणबारे विविध...







