समाज

जनवरी २९ मा थाकस दक्षिण कोरियाले माघी पर्व-२०८१ मनाउने

जनवरी २९ मा थाकस दक्षिण कोरियाले माघी पर्व-२०८१ मनाउने

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले यहि जनवरी २९ तारिखको दिन माघी पर्व मनाउने भएको छ । माघी पर्व तथा थारुहरुको संवत २६४८ को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । विगतको वर्षहरुमाझै यस वर्ष पनि कार्यक्रमको आयोजना गरेर माघी पर्व मनाउन लागिएको संस्थाको अध्यक्ष अमर चौधरीले बताएका छन् । सौलको छाछाछा हलमा हुने कार्यक्रममा थारुको बिभिन्न परिकारहरुको स्वाद लिन पाईने आयोजकले जनाएको छ । दिउसो १२ बजेदेखि सुरुहुने कार्यक्रममा सहभागितको लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् ।...
बागमती प्रदेश एकता समाजको नेतृत्वमा केसी

बागमती प्रदेश एकता समाजको नेतृत्वमा केसी

Breaking News 2, प्रदेश, प्रमुख समाचार, प्रवास, बागमती प्रदेश, समाज
दक्षिण कोरिया । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नयाँ नेतृत्वमा सरोज केसी चुनिएका छन् । आइतबार भएको समाजको चौथो अधिवेशनबाट केसीलाई नेतृत्वमा चयन गरिएको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नबिन श्रेष्ठ, उपाध्यक्षहरुमा आदेश खड्का, रमेशराज खरेल र महिला उपाध्यक्षमा जयन्ती घिमिरे चयन भएका छन् । संस्थाको महासचिवमा बेदनाथ आचार्य, सचिवहरुमा राजन अधिकारी, श्याम तामाङ र कोषाध्यक्षमा निर योञ्जन चयन भएका छन् । त्यसैगरी संस्थाको जिल्ला संयोजकहरुमा दिपेन्द्र सिम्खडा, अर्जुन कुमार तामाङ र टेकराज ब्लोन चयन भएका छन् । केही जिल्ला संयोजकहरु चयन गर्न अझै बाँकी रहेका छन् । आइतबार सौलको दोङदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनमा तात्कालिन अध्यक्ष विपि पौडेलको अध्यक्षता रहनुका साथै नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग प्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न ...
“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार, समाज, स्वास्थ्य
दक्षिण कोरिया । लोक दोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको उपचारको लागि सहयोगार्थ लाबा ग्रुप दक्षिण कोरिया र नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सयुक्त रुपमा सञ्चालन गरेको सहयोग भभियान बाट संकलन भएको रकम हस्तान्तरण गरिएको छ । गायिका गोले विगत २ वर्ष अघि देखि प्राण घातक रोग क्यान्सर संग लडिरहनु भएको थियो । लामो समय सम्म उपचार गर्नुपर्दा आर्थिक भार परेपछि नेपाल तामाङ कलाकार संघ र अन्य केही संस्थाहरुले विश्वव्यापी सहयोग अभियान सञ्चालन गरेको थियो । सोही अभियान अन्तर्गत दक्षिण कोरियामा लाबा ग्रुप र घेदुङको सहकार्यमा आन्तरिक रुपमा सहयोग अभियान सञ्चालन गरेको थियो । अभियान बाट संकलन भएको ३० लाख १२ हजार ३ सय ३३ कोरियन वन रकम सुक्रबार अभियान संयोजक योगेश लामाको खातामा जम्मा गरिदिएको हो । सुक्रबारको सटही दर अनुसार २ लाख ७७ हजार ५ सय १८ रुपैयाँ बराबर रकम नेपालमा जम्मा भएको छ । दक्षिण कोरियाको ...
दक्षिण कोरियामा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

दक्षिण कोरियामा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछार तथा नेपालको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा दक्षिण कोरियामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । आउदो जनवरी २८ सलनालको पहिलो दिनमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो । मञ्जुश्री संवत २८६१ ( सर्प वर्ग ) को स्वागतमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रीत थुप्रै कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाका महासचिव दावा फिञ्जो योञ्जन तामाङले लाबा मिडियालाई जानकारी दिएका छन् । घेदुङ द्धारा सञ्चालित शैक्षिक कल्याणकारी कोषको बृद्धि बिकासको निम्ती आयोजना गर्न लागिएको कार्यक्रम सफल पार्नको निम्ति सहयोग गर्नको लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् । सौलको एच.डब्लु कन्भेन्सन हलमा आयोजना हुने कार्यक्रम दिउसो ४ बजेदेखि राती १० बजे सम्म कार्यक्रम हुने जनाएको छ ।  ...
तमू धीं दक्षिण कोरियाले तमु ल्होसार जनवरी ५ मा मनाउने

तमू धीं दक्षिण कोरियाले तमु ल्होसार जनवरी ५ मा मनाउने

Breaking News 1, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । तमू धीं दक्षिण कोरियाले गुरुङ समुदायको प्रमुख चाड तमू ल्होसार आउदो जनवरी ५ मा मनाउने भएको छ । गत वर्षहरुमाझै यस वर्षको ल्होसार पनि भव्य रुपमा आयोजना गर्दै मनाउने संस्थाका अध्यक्ष रुपा गुरुङले लाबा मिडियालाई जानकारी दिएका छन् । बौद्धमार्गी हिमाली भोट बर्मेली समुदायहरु मध्ये सबैभन्दा पहिले तमू ल्होसार मनाउने गर्दछ । ल्होसार भन्नाले पुरानो ल्हो फेर्ने दिन अर्थात नयाँ वर्ष सुरुभएको भनेर बुझ्न सकिन्छ । तमू ल्होसारको उपलक्ष्यमा देश तथा विदेशहरुमा मौलिक सांस्कृतिक थितिलाई निरन्तरता दिदै ल्होसार मनाउनुका साथै मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरेर पनि ल्होसार मनाउने गर्दछ । सोही अनुरुप तमू धीं दक्षिण कोरियाले पनि भव्य कार्यक्रमको आयोजना गर्दै ल्होसार मनाउन लागेको हो । दक्षिण कोरियामा गुरुङहरुको बाक्लो संख्या रहेको छ ।...
सलनालमा कास्की र खोटाङलाई कार्यक्रम गर्ने अनुमति

सलनालमा कास्की र खोटाङलाई कार्यक्रम गर्ने अनुमति

Breaking News 2, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । कोरियनहरुको दोश्रो ठुलो पर्व सलनालको अवसरमा ठुलो सांगीतिक कार्यक्रम गर्ने अनुमती कास्की परिवार दक्षिण कोरिया र खोटाङ सेवा समाज दक्षिण कोरियाले पाएको छ । आइतबार एनसीसी दक्षिण कोरियाले आयोजना गरेको सहजिकरण कार्यक्रम मार्फत उक्त दुईवटा संस्थाहरुले कार्यक्रम गर्ने अनुमती पाएको हो । सौलको दोङदेमुन स्थित रहेको पूर्वि नेपाल समाजको सभाहलमा भएको उक्त कार्यक्रमबाट आउदो जनवरी २८ मा कास्कि परिवारले कार्यक्रम गर्ने र जनवरी २९ को दिनमा खोटाङ सेवा समाजले कार्यक्रम आयोजना गर्ने भद्र सहमति भएको हो । आउदो सलनालमा यि दुई ठुला कार्यक्रमहरु बाहेक थुप्रै रात्रिकालिन कार्यक्रमहरु पनि आयोजना हुने भएको छ । कास्कि परिवारले गण्डकी प्रदेश समाज अन्तर्गत रहेर कार्यक्रम गर्नेछ भने खोटाङ सेवा समाजले पूर्वि नेपाल समाज अन्तर्गत रहेर कार्यक्रम आयोजना गर्नेछ । उक्त सहजिकरण कार्यक्रममा थुप्रै अगुवाहरुको सह...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न

Breaking News 1, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कोषाध्यक्ष पासाङ बोम्जनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव दावाफिञ्जो योञ्जनले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनलाई पास गर्दै सभा सम्पन्न गरिएको हो । आइतबार सौलको दोङदेमुन स्थित निक ट्राभलको सभाहलमा भएको सभामा संस्थाका अध्यक्ष राज कुमार स्याङतानको अध्यक्षता रहनुका साथै नेपाली राजदूतावास दक्षिण कोरियाका द्धित्तिय सचिव सुर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष विशन राईको विशिष्ट आतिथ्यता रहनुका साथै दक्षिण कारियामा कृयाशिल बिभिन्न जातिय, क्षेत्रीय, प्रादेशिक र राजनीतिक संगठनहरुको प्रमुख तथा प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङ अगुवाहरुको बाक्लो सहभागिता रहेको थियो । स...
तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न 

तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न 

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । गुरुङहरुको साझा संगठन तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह भव्यताका साथ सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाले आफ्नो स्थापनाको २५ औँ वर्ष पुरा गरेको उपलक्ष्यमा गत अगस्ट ३ र ४ तारिखमा भव्य रुपमा रजत जयन्ती समारोहको आयोजना गरिएको थियो । सोही समारोहको समापन हिजो आइतबार सौल स्थित दोङम्योको एक सभाहलमा भव्य कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो । समापन समारोहमा नेपाल देखि अन्तराष्ट्रिय तमु परिषदको संस्थापक अध्यक्ष एवम् कुशल वक्ता रेशम गुरुङलाई प्रमुख अतिथिको रुपमा ल्याएको थियो । प्रमुख अतिथि गुरुङले कार्यक्रममा सहभागीहरूलाई गुरुङ समुदायको इतिहास, कला, संस्कृति र समग्रमा आदिवासी आन्दोलनको विषयमा प्रस्ट पार्नुभएको थियो ।   तमू धीं दक्षिण कोरियाको अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक संगठन, क्षेत्रीय संगठन, जातीय संगठन र प्रादेशिक ...
तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा हुने

तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा हुने

Breaking News 2, प्रमुख समाचार, प्रवास, समाज
 शुभराज भोम्जन  दक्षिण कोरिया । तमु धीं दक्षिण कोरियाको रजत जयन्ती समारोह नोभेम्बर १० तारिखमा हुने भएको छ । अन्तराष्ट्रिय तमू परिषद आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम हुने संस्थाका अध्यक्ष रुपा गुरुङले लाबा मिडियालाई जानकारी दिएका छन् । संस्था स्थापना भएको २५ औँ वर्ष अर्थात रजत जयन्तीको अवसरमा गत अगस्ट ३ र ४ तारिखमा सौलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रमको समापन आँउदो १० तारिखको दिन सौलमा गर्न लागिएको हो । विविध कार्यक्रमहरूको साथमा आयोजना गर्न लागिएको उक्त समापन समारोहमा सहभागि हुनको लागि अपिल समेत गरेका छन् । तमु धीं कोरियाको नेपाली समाजमा सकृय रहेको एक लामो इतिहास बोकेको जातीय संस्था हो ।  ...
किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा सौदेन 

किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा सौदेन 

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाज
शुभराज भोम्जन  दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आइतबार सम्पन्न भएको १३ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार सौलको दोङदेमुन स्थित रहेको पूर्वी नेपाल दक्षिण कोरियाको सभाहलमा भएको अधिवेशनबाट बिनोद सौदेनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनोज मनोज मादेम्बा चयन हुनुका साथै उपाध्यक्षहरूमा दुर्गा चेम्जोङ, बिराज एक्तेन, रमेश लक्सम, सरोज योङहाङ, बिरेन लिङदेन र माङसालुङमा तुम्बापो चयन भएका छन् । संस्थाको महासचिबमा हर्क सुब्बा चेम्जोङ, सचिवमा डिबि योङहाङ, सह सचिवमा उत्तम कुमार लिम्बू, कोषाध्यक्षमा बिरेन खेवा लिम्बू र सह कोषाध्यक्षमा राजन सौदेन चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरूमा समिर योङहाङ ,मणि संयङ लिम्बू ,रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बू, श्रेहाङ ईधिङगो, धिरेन लिङज्याङ , बुद्धि वल लिम्बू, प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"