ओलिले नेतृत्व गरेको पार्टीले जनताको सपना पुरा गरेन- पुर्व प्रधानमन्त्री खनाल
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) हेटौंडा उपमहानगर कमिटीको पहिलो अधिवेशन शनिबार भएको छ । पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष देवराज गौतम को सभा अध्यक्षतामा कार्यक्रम भएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री खनालले हाल नेपालको कम्युनिष्ट आन्दोलन नया मोडबाट अघि बढिरहेको बताउदै ०६२÷६३ को जनआन्दोलन पश्चात्े पुजिवादी क्रान्ति मार्फत नयाँ साम्राज्यवाद र समाजवाद क्रान्तिको युगमा आएको बताए । साम्राज्यवादी अमेरिकाले नेपालमा एमसिसि मार्फत सैनिक शक्ति निर्माण गरि चिनलाई असफल बनाउने योजनामा बनाएको दावी गरे । नेपालमा बैचारिक, संगठानत्मक र राजनितिक विचलन पेैदा भएको बताए ।
"संविधान बनेपछि भएको पहिलो निर्वाचन समयमा शक्तिशाली पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी देशमा उच्च शक्तिमा थियो, खड्कप्रसाद शर्मा ओलिले न...








