मकवानपुरमा अविरण वर्षाले निम्त्याए यस्ता घटना : पहिरोमा परी खेलाडीको मृत्यु, दर्जनौ घर डुबानमा
हेटौंडा। मकवानपुर सिस्नेरीका अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा पुरिएर बेपत्ता भएका छन । अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेका हुन् । ‘कुलेखानीको पानी ओभर फ्लो भए पछि ६ विद्यार्थीले छोटो बाटो रोजेर हिड्दा उनीहरु नै हिलो माटोमा परेर बगाएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए । हराएका ६ विद्याथी मध्ये तीन जनाको शव फेला परिसकेको छ भने थपको खोजी कार्य जारी रहेको जनाएको छ ।
यसै गरी अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जल...






