“युवाको विकास र रोजगारीमा प्रदेश सरकार गम्भीर छ” – मन्त्री तामाङ
हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुईवटा तालिम एकै दिन समापन गरिएको छ । बागमती प्रदेश उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम संघ (डिमेगा) मकवानपुरले ३० दिने नेपाली कागज उत्पादन तालिम सञ्चालन गरेको थियो भने राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घण्टे केयर गिभर तालिम दिएको छ ।
दुवै तालिमको समापन कार्यक्रम डिमेगा मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काको अध्यक्षतामा र बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा मन्त्री तामाङले प्रदेश सरकारले युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्यमा प्रतिबद्ध रहेको बताइन् । उनले आगामी आर्थिक वर्षमा सीमांतकृत समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिइन् ...







