कर्णाली प्रदेश समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज तिवारी चयन
दक्षिण कोरिया । कर्णाली प्रदेश समाज दक्षिण कोरियोको तेश्रो अधिवेशन सनिबार सम्पन्न भएको छ । सनिबार दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेण्टको सभाहलमा भएको तेश्रो अधिवेशनबाट धर्मराज तिवारी अध्यक्षमा चयन भएका छन् ।
वरिष्ट उपाध्यक्षमा तिलक हमाल, उपाध्यक्षहरुमा ललित बुढा, भूपाल कुसारी, राजेन्द्र बिष्ट, महिला उापध्यक्षमा प्रेमकला बिक र महासचिवमा नेपाल कार्की चयन भएका छन् । त्यसैगरी सचिवहरुमा प्रेम बुढा, पृथ्वी मगर, बिपिन चन्द, कोषाध्यक्षमा बसन्त राना, सहकोषाध्यक्षमा रन बहादुर रावत चयन हुनुका साथै सदस्यहरुमा कर्ण बहादुर कार्की, टेक बहादुर बटाला,धर्मराज रावत, ममता विष्ट, प्रकाश सिंह, बिरेन्द्र बुढा र धर्मराज पुन चयन भएका छन् ।
कर्णाली प्रदेश समाजको अध्यक्ष्य गणेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग प्रमुख पुस्पराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक...








