बहुसांस्कृतिक पारिवारिक सदभाव महोत्सवको अवसरमा प्रतिज्ञा लामा नगद सहित सम्मानित
दक्षिण कोरिया । दक्षिण कोरियाको जेजु प्रान्तको हाल्लिममा भएको १३ औं पश्चिमा बहुसांस्कृतिक पारिवारिक सद्भाव महोत्सवको अवसरमा सहभागि ६ वटा देश मध्येबाट नेपालको तर्फबाट सामाजिक अभियान्ता प्रतिज्ञा लामा धनमाया नगद सहित सम्मानित भएको छ ।
बहुसांस्कृतिक केन्द्र हाल्लिम र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३५४ जिको सयुक्त आयोजनामा भएको उक्त महोत्सवमा नेपाल सहित ६ वटा मुलुकको सहभागिता रहेको थियो । लामालाई सामुदायिक बिकास, बहुसांसकृतिक परिवारको क्षेत्रमा योगदान र कोरियाली परिवारको क्षेत्रमा कुशलता पूर्वक सामाजिक टेवा पुर्याएको र अरुको लागि पनि उदाहरणिय पात्र बन्न सफल भएको भन्दै नगद तीन लाख कोरियन वन र सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।
उक्त महोत्सवमा भियतनाम, कम्बोडिया, चाइना, कोरिया,फिलिपिन्स र नेपालको खानेकुराहरुको परिकारलाइ समेत निशुल्क बितरण गरिएको थियो । नगत सहित सम्मान प्राप्त...






