प्रवास

मोक्पोमा हुने संयुक्त ल्होसार-ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

मोक्पोमा हुने संयुक्त ल्होसार-ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया। छल्लानाम्दोस्थित मोक्पो साम्हो साँझा चौतारीको आयोजनामा यही जनवरी २६ तारिखका दिन हुने संयुक्त ल्होसार-ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक धनराज योञ्जन तामाङले जानकारी दिएका छन्। पहिलो पटक आयोजना हुन लागेको कार्यक्रमको तयारी उत्साहपूर्वक भइरहेकोले कार्यक्रम पूर्ण रूपमा सफल हुनेमा आफूहरू विश्वस्त रहेको संयोजक तामाङले बताए।  तामाङ, गुरुङ, र शेर्पा समुदायको सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सोनाम ल्होछार, तमू ल्होसार, र ग्याल्पो ल्होसारलाई संयुक्त रूपमा मनाउन लागिएको हो। दिउँसो १ बजे सुरु हुने कार्यक्रमको स्थल परिवर्तन भई अब 전남 목포시 원형동로 10, 3층 मा हुने निश्चित भएको छ । कार्यक्रममा तामाङ, गुरुङ, शेर्पा लगायतका समुदायका विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछ।...
जनवरी २९ मा थाकस दक्षिण कोरियाले माघी पर्व-२०८१ मनाउने

जनवरी २९ मा थाकस दक्षिण कोरियाले माघी पर्व-२०८१ मनाउने

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले यहि जनवरी २९ तारिखको दिन माघी पर्व मनाउने भएको छ । माघी पर्व तथा थारुहरुको संवत २६४८ को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । विगतको वर्षहरुमाझै यस वर्ष पनि कार्यक्रमको आयोजना गरेर माघी पर्व मनाउन लागिएको संस्थाको अध्यक्ष अमर चौधरीले बताएका छन् । सौलको छाछाछा हलमा हुने कार्यक्रममा थारुको बिभिन्न परिकारहरुको स्वाद लिन पाईने आयोजकले जनाएको छ । दिउसो १२ बजेदेखि सुरुहुने कार्यक्रममा सहभागितको लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् ।...
फोनमनी र  लक्ष्मी सनराइज बैंकको सहकार्यमा अर्थ व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

फोनमनी र लक्ष्मी सनराइज बैंकको सहकार्यमा अर्थ व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

Breaking news 3, अर्थ, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन  दक्षिण कोरिया । आइतबार फोनमनी रेमिट्यान्स र लक्ष्मी सनराईज बैंकको सहकार्यमा आर्थिक व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भौतिक र भर्चुअल दुबै माध्यम बाट सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा सयौँको संख्यामा सहभागिता रहेको थियो । सहभागिहरु फोनमनी रेमिट्यान्सको कार्यालय दोङदेमुनमा भौतिक रुपमा सहभागि भएर अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाएको थियो । अभिमुखिकरण कार्यक्रममा आईपिओ, रेमिट्यान्स आइपियो, पिएमएस सर्भिस, एसआईपी र सेकेण्डरी मार्केट ट्रेडिङ लगायतका विषयहरुमा अभिमुखीकरण गरि एको थियो । जुम भर्चुअल र फोनमनीको कार्यालयमा भौतिक रुपमा सहभागि भएकाहरुलाई लक्ष्मीसनराईज क्यापिटलका म्युचल फण्ड अफिसर बिकेक विष्ट र पोर्टफुल्लियो म्यानेजमेण्ट सर्भिसका पब्लिक रिलेशनसिप म्यानेजर नेहा श्रेष्ठले अभिमुखीकरण गरिएको थियो । कार्यक्तममा दक्षिण कोरियाको सामाजि...
श्रम काउन्सेलर चन्द्रकला ओलीको विदाई

श्रम काउन्सेलर चन्द्रकला ओलीको विदाई

Breaking News 1, प्रमुख समाचार, प्रवास, मुख्य समाचार
दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियामा श्रम काउन्सेलरको भूमिकामा कार्यरत अन्द्रकला ओलीको बिदाई गरिएको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, सोन्सिक र सम्पूर्ण प्रादेशिक संस्थाहरुको सँयुक्त आयोजनामा सम्मान तथा विदाई कार्यक्रमको आयोजना गर्दै श्रम काउन्सेलर ओलीको विदाई गरिएको हो । विगत दुई वर्ष देखि श्रम काउन्सेलरको भूमिकामा रही कार्य गर्दै आएकी ओलीले कोरियाली नेपाली संघ संस्थाहरु संग सहकार्य गरेर काम गर्दा निक्कै सहज भएको बताइन् । ओलीले आफ्नो ठाउँमा आउने नयाँ श्रम काउन्सेलरलाई पनि नेपाली संघ संस्थाहरु संग सहकार्य गरेर काम गर्न सुझाव समेत दिएका थिइन् । त्यसैगरी द्धित्तिय सचिवको रुपमा आएका जेनिम अधिकारीलाई स्वागत समेत गरिएको थियो । दोङदेमुन स्थित पुजा रेष्टुरेण्टको सभाहलमा भएको कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिह...
कोरियाको दोंगदेमुनमा शेयर बजारबारे कार्यक्रम हुने

कोरियाको दोंगदेमुनमा शेयर बजारबारे कार्यक्रम हुने

Breaking news 3, अर्थ, प्रवास
दक्षिण कोरिया  । दक्षिणकोरियाको राजधानी सउलस्थित दोंगदेमुनमा शेयर सम्बन्धि कार्यक्रम हुने भएको छ । Fonemoney रेमिटयान्स र Sunrise Bank अनि L S Capital को सहकार्यमा जनवरी १९ तारिख आईतबार सो शेयर सम्बन्धि जानकारीमुलक कार्यक्रम हुन थालेको हो । सो अवसरमा विदेशमा बस्ने नेपालीका लागि आरक्षित तथा प्राथमिक शेयर , SIP, Mutual Fund तथा Secondary Market बारेमा जानकारी दिने बताइएको छ । ईच्छुकहरुले फोनमनीको कार्यलयको नम्बर 02-525-1900 मा सम्पर्क गरि आफ्नो सिट निश्चित गर्न जानकारी गराईएको छ ।...
जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

Breaking News 1, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । गायक जिन्लाप तामाङको स्वरमा रहेको कोरियाको शहरमा बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक जिन्लाप तामाङको आधिकारिक युट्युब च्यानल जिन्लाप तामाङ मार्फत सनिबार सार्वजनिक गरिएको हो । जिन्लाप तामाङको शब्द,संगीत र स्वरमा बनेको गीतको भिडियोमा समेत गायक तामाङ स्वयमले अभिनय गरेका छन् । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई शुभराज भोम्जनले निर्देशन गरेका छन् । मनोज थापा मगरको मिक्सिङ गरेको गीतमा एम स्टुडियोमा रेकर्ड गरेको थियो । त्यसैगरी जोन राईको भिडियो सम्पादन रहनुका साथै अमिर योञ्जनले छायाँकन गरेको थियो । गीतमा परदेशीनु पर्दाको पिडा र अवस्थालाई दर्शाउने प्रयास गरेको छ । Video Here  https://youtu.be/LM532OXfJwA?si=OFvCCe8jinuccKdW...
हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक

हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । गत छुसकमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा सम्पन्न भएको हिमालयन सांगीतिक धमाका २०२४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइतबार सौलको पुर्वी नेपाल समाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर आय व्यय सार्वजनिक गरिएको हो । आर्थिक संयोजक पासाङ शेर्पाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कार्यक्रममा ४ करोड ३८ लाख १७ हजार ६ सय सात वन बराबरको आम्दानी भएको देखाइएको छ । त्यसैगरी ४ करोड ८ लाख ५१ हजार १ सय २० वन खर्च भएको देखाईएको छ । कार्यक्रमबाट जम्मा २९ लाख ६६ हजार ४ सय ८७ वन कुल मुनाफा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत छुसकमा भएको उक्त कार्यक्रममा अमेरीका देखि गायक निमा रुम्बा, जर्मनी देखि गिटारिष्ट सुनिल शाक्य, नेपाल देखि मिङमा शेर्पा र अस्मिता अधिकारी प्रस्तुतीको लागि कोरिया आइपुगेका थिए । आइतबार भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दोर्चि शेर्पाको अध्यक्षता रहनुका साथै ...
जनवरी ११ मा मःम च्यालेञ्ज हुँदै

जनवरी ११ मा मःम च्यालेञ्ज हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । नेप्कोर र नेपाली थाई रेष्टुरण्टको आयोजनामा आउदो जनवरी ११ तारिखमा मःम च्यालेञ्ज हुने भएको छ । मनोञ्जन गराउने उद्धेश्यका साथ मःम च्यालेञ्ज आयोजना गर्न लागिएको आयोजक तेज गुरुङले बताएका छन् । प्रतियोगितामा १५ जनाले भाग लिन पाउनेछन् भने एक जनाको भागमा ३ प्लेट मःम पर्ने जनाएका छन् । जस्ले छिटो मःम खान सक्छन् सोही प्रतियोगि प्रतियोगिताको विजेता हुनेछन् । प्रतियोगितामा भाग लिनको लागि ३ मान वन दर्ता शुल्क लाग्ने जनाएको छ । विजेताहरुले विभिन्न पुरस्कारहरु पाउनेछन् ।...
बागमती प्रदेश एकता समाजको नेतृत्वमा केसी

बागमती प्रदेश एकता समाजको नेतृत्वमा केसी

Breaking News 2, प्रदेश, प्रमुख समाचार, प्रवास, बागमती प्रदेश, समाज
दक्षिण कोरिया । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नयाँ नेतृत्वमा सरोज केसी चुनिएका छन् । आइतबार भएको समाजको चौथो अधिवेशनबाट केसीलाई नेतृत्वमा चयन गरिएको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नबिन श्रेष्ठ, उपाध्यक्षहरुमा आदेश खड्का, रमेशराज खरेल र महिला उपाध्यक्षमा जयन्ती घिमिरे चयन भएका छन् । संस्थाको महासचिवमा बेदनाथ आचार्य, सचिवहरुमा राजन अधिकारी, श्याम तामाङ र कोषाध्यक्षमा निर योञ्जन चयन भएका छन् । त्यसैगरी संस्थाको जिल्ला संयोजकहरुमा दिपेन्द्र सिम्खडा, अर्जुन कुमार तामाङ र टेकराज ब्लोन चयन भएका छन् । केही जिल्ला संयोजकहरु चयन गर्न अझै बाँकी रहेका छन् । आइतबार सौलको दोङदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनमा तात्कालिन अध्यक्ष विपि पौडेलको अध्यक्षता रहनुका साथै नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग प्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न ...
“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार, समाज, स्वास्थ्य
दक्षिण कोरिया । लोक दोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको उपचारको लागि सहयोगार्थ लाबा ग्रुप दक्षिण कोरिया र नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सयुक्त रुपमा सञ्चालन गरेको सहयोग भभियान बाट संकलन भएको रकम हस्तान्तरण गरिएको छ । गायिका गोले विगत २ वर्ष अघि देखि प्राण घातक रोग क्यान्सर संग लडिरहनु भएको थियो । लामो समय सम्म उपचार गर्नुपर्दा आर्थिक भार परेपछि नेपाल तामाङ कलाकार संघ र अन्य केही संस्थाहरुले विश्वव्यापी सहयोग अभियान सञ्चालन गरेको थियो । सोही अभियान अन्तर्गत दक्षिण कोरियामा लाबा ग्रुप र घेदुङको सहकार्यमा आन्तरिक रुपमा सहयोग अभियान सञ्चालन गरेको थियो । अभियान बाट संकलन भएको ३० लाख १२ हजार ३ सय ३३ कोरियन वन रकम सुक्रबार अभियान संयोजक योगेश लामाको खातामा जम्मा गरिदिएको हो । सुक्रबारको सटही दर अनुसार २ लाख ७७ हजार ५ सय १८ रुपैयाँ बराबर रकम नेपालमा जम्मा भएको छ । दक्षिण कोरियाको ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"