समाचार

हेटौंडा ईन्फिल्डर्स मकवानपुरद्धारा हेटौंडा उपमहानगरपालिकालाई दुई थान तिन सिटर सहयोग

हेटौंडा ईन्फिल्डर्स मकवानपुरद्धारा हेटौंडा उपमहानगरपालिकालाई दुई थान तिन सिटर सहयोग

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौँडा / हेटौँडा ईन्फिल्डर्स मकवानपुरले हेटौंडा उपमहानगरपालिकालार्ई दुई थान तिन सिटर सहयोग गरेको छ । गत भाद्र २३ र २४ गतेको जेनजि आन्दोलनको क्रममा हेटौंडा उपमहानगरपालिकामा आगजनी हुँदा कार्यालयका सामग्री र संरचनामा क्षति पुगेको थियो । मंगलबार ईन्फिल्डर्सका अध्यक्ष राजक शाहिको नेतृत्वमा पुगेको टोलिले सामाग्रि हेटौंडा उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख  श्याम कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष शाहिले सहयोगले कार्यालयको कामकाज सहज हुने र समुदायमा सहयोग र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्दै हेटौंडा  ईन्फिल्डर्स मकवानपुर सधै स्थानीय सरको साथमा रहेको बताउनुभयो । यस्तै जिन्सी शाखा प्रमुख श्रेष्ठले उक्त सहयोगले आगजनीका कारण भएको क्षति पूर्ति गर्न ठूलो सहयोग पुर्याउने बताउनुस भयो । कार्यक्रममा हेटौँडा ईन्फिल्डर्स मकवानपुरका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।...
आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन निर्वाचित !

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन निर्वाचित !

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार
दक्षिण कोरिया/ आदिवासी जनजाति महासङ्घ गणतन्त्र कोरियाको ९ औं महाधिवेशन आइतबार सम्पन्न भएको छ । सौलको दोङ्देमुन स्थित सेमावल हलमा भव्यताका साथ महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनबाट शुभराज भोम्जनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । भोम्जन ८ औं कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको भुमिकामा थियो । अध्यक्षमा शुभराज भोम्जन निर्वाचित हुनुका साथै बरिष्ठ उपाध्यक्षमा श्रेहाङ इधिङ्गो लिम्बू, उपाध्यक्षमा पुर्ण बहादुर पुन मगर, सचिवमा राम प्रकास चौधरी, कोषाध्यक्षमा गंगा पुन मगर चयन हुनुका साथै सदस्यहरुमा सुनिल चौधरी, धिरेन राई, छत्र राई र भुवन लिङ्देन चयन भएका छन् । निर्वाचित कार्यसमितिलाइ निर्वाचण मण्डल संयोजक लोचन राईले पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । अध्यक्ष भोम्जनले सपथ ग्रहण पस्चात आफ्नो मन्तब्य राख्नेक्रममा बुदागत रुपमा आफ्नो प्रतिबद्धताहरु जाहेर गरेको थियो । जस...
आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

Breaking News 2, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको ९ औं महाधिवेशनको तयारी पुरा भएको छ । यहि आइतबार (९ तारिख) सौलको दोङ्देमुन स्थित सेमावल हलमा महाधिवेशन गर्ने तयारी सबै पुरा भएको अध्यक्ष विशन राईले जानकारी दिनुभएको छ । महासंघ गणतन्त्र कारिया कोरियाको नेपाली समाजमा शसक्त ढंगले कृयाशिल हुँदै प्रवासमा पनि आदिवासीहरुको पहिचान र अधिकारको वकालत गर्नुका साथै आदिवासीय सम्पत्तीहरुको प्रवद्र्धन गर्दै आइरहेको छ । ९ औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि पर्यवेक्षकहरुको लगभग टुंगो लाग्नुका साथै नयाँ नेतृत्व चुन्ने सवालमा पनि सहमतिमानै अघि बढ्ने जनाएको छ । महाधिवेशन भव्य र सव्य ढंगले सम्पन्न हुनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष राईले बताए । त्यसैगरी अध्यक्ष राईले कोरियामा रहनुभएका समस्त नेपालीहरुलाई महाधिवेशनमा सहभागि भैदिनको लागि अपिल समेत गर्नुभएको छ ।...
एन्फा प्रेसिडेन्ट लिग :  चित्लाङ एफसीको विजयी शुरुवात

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङ एफसीको विजयी शुरुवात

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित एन्फा प्रेसिडेन्ट लिग हेटौंडामा सुरु भएको छ । बुधबार हेटौंडा–६ गौरीटार रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले शानदार प्रदर्शन गर्दै देउराली युथ क्लब (देउराली) लाई ४–१ गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो । चित्लाङका लागि चन्दन कुमार दास ले ३२औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि लाहान सुब्बा (४७’), विज्ञान खड्का (४८’) र मदन स्याङ्तन (८८’) ले एक–एक गोल थप्दै फराकिलो जित सुनिश्चित गरे। देउरालीका रामचन्द्र वाजी ले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल फर्काएका थिए । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चित्लाङका जय गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसैगरी दोस्रो खेलमा विजय स्पोट्र्स क्लब (कैलाली) र लालीगुराँस एसोसिएसन क्लब (का...
एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  एन्फा प्रेसिडेन्ट लिग २०२५ बुधबारदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुँदैछ। उद्घाटन दिन दुई रोमाञ्चक खेल हुने भएका छन् । पहिलो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँ र देउराली युथ क्लब धनकुटा भिड्नेछन् भने दोस्रो खेलमा बिजय स्पोर्ट्स क्लब कैलाली र लालीगुराँस एसोसिएन क्लब कास्की आमनेसामने हुनेछन् । मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सहभागी टोलीहरूले आफूहरू उपाधिका बलिया दाबेदार रहेको दाबी गरेका छन् । क्लबका प्रशिक्षक र कप्तानहरूले टोलीमा राष्ट्रिय खेलाडी र स्थानीय प्रतिभाको संयोजन भएकाले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन् । प्रतियोगिताको तयारीका लागि एन्फाले उपलब्ध गराएको ७ लाख रुपैयाँ अपुग भएको सहभागी क्लबहरूको गुनासो पनि रहेको छ । तियोगिता एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुँदैछ, जसमा जिल्ला लिगका च्याम्पियन टोलीहरू प्रदेश लिग हुँदै छनोट भएर ...
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बलात्कार गर्ने धम्की 

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बलात्कार गर्ने धम्की 

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा /  हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा लाई बलात्कार गर्ने धम्की आइरहेको खुलेको छ । मेयर लामाले आफ्नै सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफूलाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप तथा फेसबुकमै पोस्ट लेखेर समेत सामूहिक बलात्कार गर्ने धम्की आइरहेको जानकारी दिएकी छन् ।   हालै जेनजी आन्दोलनका क्रममा मधेसका विद्यार्थीलाई नगरको अधिकार क्षेत्र बाहिर रहेर छात्रवृत्ति दिनुपर्ने दबाब आएपछि, नगरले पहिलो प्राथमिकता आफ्नै नगरवासी नागरिकलाई दिनुपर्ने बताएको कारण उनलाई विवादमा तानिएको थियो ।त्यसक्रममा नगरपालिकाको कार्यालय र घरमा समेत आगजनी गरिएको थियो।  सो घटनापछि मेयर लामाले सार्वजनिक रूपमा माफी समेत मागेकी थिइन् । हेटौंडा उपमहानगरपालिकालाई महिला मैत्री शहर घोषणा गर्न सहयोगी संस्थासँग सम्झौता गर्दै गर्दा, उनले फेसबुकमार्फत आफ्नो मनको चिन्ता व्यक्त गरेकी हुन् । मेयर लामाल...
एनआरएनए कोरियाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न, नेपाल हाउसदेखि कोरोना किड्स , सिम कार्डसम्मका विषयमा उठ्यो प्रश्न ।

एनआरएनए कोरियाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न, नेपाल हाउसदेखि कोरोना किड्स , सिम कार्डसम्मका विषयमा उठ्यो प्रश्न ।

Breaking news 3, प्रमुख समाचार, प्रवास, समाचार
दक्षिण कोरिया/  गैर आवासीय नेपाली संघ  दक्षिण कोरियाको आयोजनामा आइतबार सम्पन्न भएको परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा भाषणबाजी केही बढी भएको सहभागीहरूको भनाइ भए पनि सम्पूर्ण रूपमा कार्यक्रम व्यवस्थित र फलदायी बनेको जनाइएको छ । दोस्रो सत्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा सहभागीहरूले नेपाल हाउस, कोरोना किड्स, सिम कार्ड, कोरियन एयर टिकट, एनआरएनएको एकता र आगामी कार्ययोजना जस्ता विषयमा विस्तृत प्रश्नहरू उठाएका थिए। उठाइएका प्रश्नहरूको जवाफ संघकी अध्यक्ष, निवर्तमान अध्यक्ष तथा संरक्षकहरूले क्रमशः दिएका थिए । हाल दक्षिण कोरियाको नेपाली समाजमा एनआरएनए एकताको विषयलाई लिएर चलिरहेको पेचिलो बहसबीच राय संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा अधिकांश सहभागीहरूले एनआरएनए फुटको विरोधमा मत व्यक्त गरेका थिए । संघकी अध्यक्ष पार्...
एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौँडामा आयोजना हुने

एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौँडामा आयोजना हुने

Breaking news 3, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौँडा/  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग २०२५ सञ्चालन हुने भएको छ । सोमबार हेटौंडामा एन्फाले पत्रकार सम्मेलको आयोजना गर्दै आगामी कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म हेटौँडा–६ स्थित गौरीटार रंगशालामा प्रतियोगिता हुने जानकारी दिएको हो । एन्फाको फुटबल विकास कार्यक्रम अन्तर्गत आयोजना हुने यस प्रतियोगितामा एन्फामा आवद्ध जिल्ला लिगका विजेता तथा प्रदेश लिगबाट छनोट भएका १० टिमहरूको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो । सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलहरू सञ्चालन गरिने प्रवक्ता शाहले बताउनुभयो । प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका चार टोलीले यसै वर्ष हुने राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन पाउने जनाएको छ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टिमलाई तालिम (ट्रेनिङ) का लागि हेटौँडा नगरपालिका भित्रका दुई खेल मैदा...
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा

तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा

Breaking News 2, समाचार
काठ्माण्डौं /  कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै परेको छ । नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने समितिले जनाएको छ । आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाउने गरिन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । यसअघि हिजो काग तिहार मनाइएको थियो । यसैगरी यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोट...
स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मल्टिमिडिया, समाचार, स्थानीय तह विशेष
मकवानपुर/  गत वर्ष सिस्नेरीमा पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा आयोजित साइमन योञ्जन कप फुटसल प्रतियोगिताको उपाधि जापान थर्ड आईले जितेको छ । आईतबार सम्पन्न फाइनल खेलमा जापान थर्ड आईले फुटसल फ्याम्स चितवनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुबै टिम १–१ गोलको बराबरीमा रोकिएका थिए, जसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । उपाधिसँगै जापान थर्ड आईले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको फुटसल फ्याम्स चितवनले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । असोज ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा र खेलकुद विकास समितिको आयोजनामा मकवानपुरगढी–३ स्थित मिनी फुटसल मैदानमा ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"