समाचार

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती  डिफेन्स पोजिसनमा छनोट

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट

Breaking News 2, खेलकुद, प्रमुख समाचार, समाचार
हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की संघ ले हालै महिला तथा पुरुष राष्ट्रिय हक्की टोलीको घोषणा गर्दै नयाँ जर्सीसमेत सार्वजनिक गरेको हो। उक्त अवसरमा सार्वजनिक गरिएको २६ सदस्यीय महिला टोलीमा किर्ती मगर डिफेन्स लाइनमा समावेश भएकी हुन् । राष्ट्रिय टोलीमा उनको समावेशीकरणसँगै टोलीको रक्षात्मक पक्ष थप मजबुत बन्ने अपेक्षा गरिएको छ । निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणका कारण उनले राष्ट्रिय स्तरसम्म आफ्नो स्थान बनाउन सफल भएकी हुन् । किर्ती मगरको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई मकवानपुर जिल्लाकै लागि गर्वको विषय बनेको छ। जिल्लाबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने खेलाडीको रूपमा उनको उपस्थितिले स्थानीय स्तरमा हक्की खेलप्रति आकर्षण बढ्नुका साथै नयाँ खेलाडीहरूलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।...
तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा ः तामाङ कलाकारिता इन्डस्ट्रीमा पछिल्लो समय युवा प्रतिभाको रूपमा आशिष लामा सक्रिय रूपमा उदाउँदै आएका छन् । कोरियोग्राफर, निर्देशक तथा मोडलको रूपमा उनले म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएका छन् । लामा हालै सार्वजनिक भएको “ब्रेकअप ताजि ङाला ” म्युजिक भिडियोका निर्देशक हुन् । उक्त भिडियो शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत युटुबमा रहेको बिरु घलान अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा प्रेम, सम्बन्ध र बिछोडको भावनालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा निर्देशक समेत रहेका लामा र मोडल याङ्गी दोङको मुख्य अभिनय रहेको छ। गीतमा बिरु घलान र अनिशा तामाङ को स्वर रहेको छ भने शब्द तथा संगीत आश्रम थिङ ले तयार पारेका हुन्। मिक्सिङ तथा मास्टरिङ सानु बाबु घिसिङ ले गरेका छन् । यसैबीच, पत्रकार सम्मेलनमा गायक बिरु घलानले गीत आफ्नो जीवन अनुभव र वरिपरिका व...
सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार
हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले प्रतियोगिता यहि चैत्र २७ गते देखि हुने जानकारी गराएको हो। प्रतियोगिता मकवानपुर गढी–२ स्थित कुर्ले दमार चौरमा सञ्चालन हुने जनाइएको । आयोजक खेलकुद विकास समितिका अध्यक्ष बाबु स्याङ्तानका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी तीव्र रूपमा भइरहेको छ । उहाँले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रति आकर्षण वृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । यसै गरी समितिका सदस्य बिक्रम योन्जनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो हुने टोलीलाई ५० हजार रुपैया...
हेटौंडामा “वन ट्राइब राइड” सम्पन्न, देशभरका १५० भन्दा बढी राइडरहरूको सहभागिता

हेटौंडामा “वन ट्राइब राइड” सम्पन्न, देशभरका १५० भन्दा बढी राइडरहरूको सहभागिता

Breaking News 1, घुमफिर, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / रोयल इन्फिल्डद्वारा विश्वव्यापी रूपमा आयोजना गरिने “वन ट्राइब राइड” कार्यक्रम मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । ओम अटोमोबाइल्स हेटौंडाको आयोजनामा सम्पन्न उक्त राइडमा देशभरका १ सय ५० भन्दा बढी राइडरहरूको सहभागिता रहेको थियो । राइड हेटौंडास्थित ओम अटोमोबाइल्सको प्रदर्शनी कक्षबाट सुरु भई ऐतिहासिक तथा पर्यटकीय स्थल मकवानपुर गढीसम्म पुगेको थियो । राइडरहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक श्याम बहादुर खत्रिले सुरक्षा सम्बन्धि जानकारी गराएका थिए भने ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बच्चु राम फुयालले ट्राफिक नियम सम्बन्धि सचेत गराएका थिए । कार्यक्रमको समापन हेटौंडा रिसोर्टमा आयोजना गरिएको थियो । समापन कार्यक्रममा सहभागी राइडरहरूबीच अन्तरक्रिया, राइडिङ अनुभव, मन्तव्य तथा विविध सा्रँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरेका थ्रिए । आयोजक ओम ...
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा खसेको कुल ९१ हजार २४१ मतमध्ये उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा  एमालेका महेश बर्तौलाले १९ हजार ६२४ मत प्राप्त गरेका छन् । उप्रेतीले बर्तौलाभन्दा १२ हजार १०१ मतान्तरले जित निकालेका हुन् । यसैगरी नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का लवशेर विष्टले १२ हजार ७५४ मत ल्याएका छन् ।...
मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना जारी,  रास्वपाका उम्मेदवार अग्रस्थानमा

मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना जारी, रास्वपाका उम्मेदवार अग्रस्थानमा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । हालसम्मको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दुवै क्षेत्रमा अग्रस्थानमा देखिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमले १९ हजार २३५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेकपा (एमाले) का उम्मेदवार रामेश्वर राना मगरले ३ हजार ९९९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २ हजार ३७६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले १ हजार १६१ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार सुरेन्द्र लामाले ७५९ मत प्राप्त गरेका...
आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

Breaking News 1, प्रवास, समाचार
दक्षिण कोरिया / नेपालका मौलिक तथा रैथाने आदिवासी÷जनजातीय चाड पर्वहरूको अवसरमा “पर्व, संस्कृति र पहिचानः एकताको आधार, चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आउदो फेब्रुअरी १ तारिखको दिन “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान–२०२६” कार्यक्रम आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको आयोजना हुने उक्त कार्यक्रममा नेपालको आदिवासीय मौलिक पर्वहरुको इतिहास, मनाउने बिधि, महत्व र परम्पराको विषयमा चिनाउने कार्यहुने आयोजकले जनाएको छ । पहिपो पटक हुन लागेको उक्त कार्यक्रमलाइ चिनारी अभियानको रुपमा अघि सारिएको छ । कार्यक्रम सौलको दोङ्देमुन स्थित सेमावल हलमा हुने तय भएको छ । साथै उक्त कार्यक्रममा तामाङ रैथाने परिकारलाइ पनि प्रस्तुत गर्नुका साथै खाजाको रुपमा प्रयोग गरिने जनाएको छ । कार्यक्रममा मगर र गुरुङ समुदायको नाचलाइ पनि प्रस्तुत गरिने जनाएको छ । हरेक व...
८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

Breaking news 3, मनोरञ्जन, समाचार
मकवानपुर /  लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा करिब ८ वर्षपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा फर्किएका छन् । बकैया गाउँपालिका–३ हात्तिसुडे स्थायी निवासी लामा हाल युएईलाई कर्मथलो बनाएर बस्दै आएका छन् । उनले हालै नयाँ गीत सार्वजनिक गरिसकेका छन्। चर्चित गायिका जितु लोप्चनसँगको सहकार्यमा तयार गरिएको नयाँ सांगीतिक कोसेली बजारमा आइसकेको छ । सानै उमेरदेखि कला, धर्म, संस्करण र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लाग्दै आएका लामा लामो अन्तरालपछि पुनः दर्शक–श्रोतामाझ प्रस्तुत भएका हुन् । उनले आउँदो ल्होसारको अवसर पारेर आधा दर्जनभन्दा बढी नयाँ गीत सार्वजनिक गर्ने तयारीसमेत पूरा भएको जानकारी दिएका छन् । गायक लामाका अनुसार दर्शक तथा श्रोताका लागि छिट्टै थप नयाँ सांगीतिक कोसेली लिएर आउने तयारी भइरहेको छ। उनको पुनरागमनले स्थानीय तथा तामाङ सांगीतिक क्षेत्...
सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

Breaking News 1, मनोरञ्जन, समाचार
मकवानपुर/  तामाङ समुदायको महान् पर्व मन्जुश्री सम्वत २५६२ ता लो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा सर्लाहीको बागमती नगरपालिकामा शुभकामना आदान–प्रदान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ, बागमती नगर कार्यसमिति सर्लाहीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम २०८२ साल माघ ६ गते भरत ताल परिसरमा सर्लाहीमा सञ्चालन हुने समितिका अध्यक्ष रोशन दोङले जानकारी दिए । कार्यक्रममा तामाङ संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राख्दै चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा गायक फूल कुमार बोम्जन, विशाल काल्तान, सजिव घिसिङ तथा गायिकाहरू सुमिना लो र रेश्मा बज्रनको सांगीतिक प्रस्तुति रहनेछ । साथै मिस तामाङ–२०२४ रिया लामा र मोडल याङ्गी दोङको पनि उपस्थिति रहने अध्यक्ष थिङले बताए । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति समेत समावे...
मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ । मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिनुभयो। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताउनुभयो । यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"