Breaking news 3

गण्डकी प्रदेश समाजको आयोजनामा दशैँको टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम हुँदै

गण्डकी प्रदेश समाजको आयोजनामा दशैँको टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । नेपालीहरूको प्रमुख पर्व दशैंको अवसर पारी गण्डकी प्रदेश समाज दक्षिण कोरियाले टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । दक्षिण कोरियाको सुवनमा रहेको कामना सभा हलमा अक्टोबर १२ तारिख शनिबार बेलुकी ७ बजे टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको हो । नपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाइचारा कायम राख्नुको साथै स्वदेशको पारिवारिक झल्को मेटाउने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजना र प्रदेश समाज अन्तर्गत रहेका ११ जिल्लाहरूको समन्वयमा दशैंको अवसरमा भेटघाट, टीकाजमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रबिन गिरीले बताएका छन् । कार्यक्रममा टिका जमरा ग्रहण गरी नेपाली परिकारका साथमा नेपाली पञ्चेबाजाको प्रस्तुतिसँगै रमाइलो गर्न प...
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयाप गरेको आरोपमा थप एक जना पक्राउ

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयाप गरेको आरोपमा थप एक जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा छिन् । उनलाई इटहरीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा यसअघि सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम पक्राउ परेका थिए । घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरू विरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेका छन् । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्...
हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु

हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु

Breaking news 3, समाचार
हेटौंडा/ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।...
दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

Breaking news 3, अन्तर्राष्ट्रिय, रोचक, समाचार
हेटौंडा/ दशैँमा कोरियाबाट फोन मनी मार्फत पैसा पठाउदा काठ्माण्डौंमा घर जित्न सकिने भएको छ । फोन मनि पेबाट ईसेवा मनिट्रान्सफरबाट इसेवा वालेटमा पैसा पठाउँदा काठ्माण्डौमा घर जित्ने छन् । दशैं तिहारको उपलक्ष्यमा काठ्माण्डौंमा घर जित्ने मौका कार्तिक ३० गते सम्म रहने कम्पनिले जनाएको छ । इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर भने सार्वजनिक गरिसकेका छन् । यसै गरी कोरियामा पछिल्लो समय संचालनमा रहेको फोनमनि पे मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यो अवसर सन् २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्ने छन् । फोन मनि को हरेक हप्ता पैसा डबल योजना अन्र्तगत टिकाराम शर्मा वीक्ली पैसा डबलको १० औ विजेता बनेका छन । गत साता सुदन प्रसाद बस्याल ९ औँ विजेता , ८ औं हप्ताका विजेता राज मोक्तान तामांग सातौ हप्तामा बिमल राई विजेता ब...
साहासिक उद्दारकर्ता चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्री लामाको घोषणा

साहासिक उद्दारकर्ता चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्री लामाको घोषणा

Breaking News 1, Breaking news 3, बागमती प्रदेश, समाचार
काठमाडौं / ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेको थियो ।   तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए । विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामक...
प्रतिज्ञा लामाको ‘परदेशीको कथा’ सार्वजनिक

प्रतिज्ञा लामाको ‘परदेशीको कथा’ सार्वजनिक

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कलाकार प्रतिज्ञा लामाको प्रस्तुती तथा अभिनयमा तयार भएको परदेशीको कथा बोलको गीतको म्युजिक भिडियो सहित सुक्रबार आसुशेन लामाको अफिशियल युट्युब च्यान मार्फत सार्वजनिक भएको छ । गायक तथा संगीतकार आशुसेन लामाको शब्द, संगीत र स्वरमा तयार भएको उक्त गीतमा प्रतिज्ञा लामाको मुख्य अभिनय रहनुका साथै काइली लामा र सोनी तामाङको पनि अभिनय रहेको छ । समग्रमा परदेशीहरुको कथा बस्तुलाई समेटिएर तयार पारिएको गीतको भिडियो निर्देशन आशुसेन लामा स्वयम्ले गरेका छन् । त्यसैगरी गीतको एरेञ्ज भनिन्द्र राईले गर्नुका साथै मिक्सीङ सुमन खड्काले गरेका छन् । गीतको भिडियो जितु तामाङले खिच्नुका साथै कलरिङ र इडिट पनि जितु तामाङलेनै गरेका छन् । कलाकार प्रतिज्ञा लामाले तयार पारिएको कथा बस्तुमा आधारित रहेर तयार पारिएको भिडियोको छायांकन काठमाण्डौंको चोभार आसपासमा छायांकन गरिएको हो । ...
तुम्बापो समाज सेवा संघको चौथो अधिवेशन १६ सेप्टेम्बरमा हुँदै 

तुम्बापो समाज सेवा संघको चौथो अधिवेशन १६ सेप्टेम्बरमा हुँदै 

Breaking news 3, प्रमुख समाचार, प्रवास, समाज
अर्जुन तुम्बापो दक्षिण कोरिया । तुम्बापो समाज सेवा संघ, दक्षिण कोरियाको चौथो अधिवेशन यहीँ सेप्टेम्बर १६ तारिख सोमबारका दिन हुने भएको छ। अधिवेशनको तयारी तिव्र पारिएको बताइएको छ । 'शिक्षा, चेतना र प्रगतिको अभियान, वंश प्रेम र एकता तुम्बापोको पहिचान’ भन्ने मूल नाराका साथ २०१७ जनवरी २९ तारिखका दिन दक्षिण कोरियाको आन्सान शहरमा गजेन्द्र तुम्बापोको अध्यक्षतामा दक्षिण कोरियामा पहिलोपल्ट संघ गठन भएको थियो। संघले दक्षिण कोरियामा कार्यरत तुम्बापो बन्धुहरूलाई आकस्मिक रुपमा हुने भवितव्य घटना, अन्य आइपर्ने समस्याहरूमा आपसी सरसहयोग सँगै तुम्बापो बन्धुहरूको एकताका लागि काम गर्दै आएको छ। दक्षिण कोरियाको महान चाड छुसकको पावन अवसरमा सेप्टेम्बर १६ तारिख सोमबारका दिन दक्षिण कोरियाको सुवन शहरस्थित कामना रेष्टुरेन्टको सभाहलमा अधिवेशन हुन लागेको हो । तुम्बापो बन्धुहरूलाई अधिवेशनमा सहभागि हुनको लागि आग्रह समेत...
डिजे नाइट सहित र्‍याप ब्याटल हुँदै 

डिजे नाइट सहित र्‍याप ब्याटल हुँदै 

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन महान पर्व छुसकको अवसरमा नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सउलमा कोरियामै पहिलोपटक डिजे नाइट सहित र्‍याप ब्याटल हुने भएको छ। नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सोमबार बेलुकी ८ बजेदेखि सउल स्थित 서울시 중구 총무로 द्दद्द 호운빌딩 지하 ज्층1 충무로역 7,CHUNGMURO. STATION EXIT 7  मा ननस्टप DJ C-MAN को डिजे म्युजिकको साथमा First ever rap battle in Korea and dj night हुने भएको हो। पछिल्लो समय नेपाली युवा पुस्ता माझ लोकप्रिय हुँदै आएको र्याप ब्याटल कोरियामा रहेका स्थानीय र्यापरहरूलाई प्रोत्साहन गर्नका लागि Neeszaal,B Boss, Cjur र kaal को साथमा दक्षिण कोरियामा पनि पहिलोपटक हुने भएको हो। सउलमा हुने कार्यक्रमको प्रवेश शुल्क २५हजार वन तोकिएको छ ।सेप्टेम्बर १६ तारिख राती ८ बजे देखि हुने F irst ever rap battle in Korea and dj night कार्यक्रममा सहभागि भएर रमाइलो गर्नको लागि द...
हेटौंडा ४ नम्बर वडा भदौ २८ गते बाल मैत्री घोषणा हुने

हेटौंडा ४ नम्बर वडा भदौ २८ गते बाल मैत्री घोषणा हुने

Breaking news 3, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बाल मैत्री घोषणा हुने भएको छ । भदौ २८ गते वडालाई निकृष्ट बालश्रम मुक्त , बाल विवाह मुक्त तथा स्थानिय शासन युक्त वडा घोषणा गरिने भएको हो । बुधबार वडाले पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो बृहत शैक्षिक प्रदर्शनि तथा साँस्कृतिक कार्यक्रम सहित बाल मैत्री वडा घोषणा कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । बाल मैत्री स्थानिय शासन घोषणा हुन आवश्यक पर्ने ५१ वटा सूचकहरु मध्ये ४९ वटा सूचक १०० प्रतिशत र २ वटा सूचक ९५ प्रतिशत सम्म नतिजा हासिल गर्दै वडालाई बाल मैत्री घोषणा गरिने भएको छ । उक्त वडामा घरधुरी तथ्याङ्क संकलन २०७९ अनुसार १४ हजार ७ सय ३५ कुल जनसंख्या रहेकोमा ७ हजार ४०८ महिला र ७ हजार २३२६ पुरुष १ जना लैगिंक अल्पसंख्यक रहेका छन् । १८ बर्ष भन्दा भन्दा कम उमेरका बालबालिकाको संख्या भने ४ हजार २ सय ७० रहेको छ । जसमा २२५१ बालक र २०१९ बालिका रहेका ...
बी.पी जयन्तिको अवसरमा विरामीलाई फलफूल वितरण तथा सरसफाई कार्यक्रम

बी.पी जयन्तिको अवसरमा विरामीलाई फलफूल वितरण तथा सरसफाई कार्यक्रम

Breaking news 3, राजनीति, समाचार
हेटौंडा/ नेपाली कांग्रेस भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले हेटौंडा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेका छन् । सोमबार १११ औँ बी.पी जयन्तिको अवसरमा ६० जना विरामीलाई फलफुल वितरण गरेको संघका अध्यक्ष हरी मुक्तानले जानकारी दिए । संघका अध्यक्ष मुक्तानको सभा अध्यक्षता र नेपालि कांग्रेस बागमती प्रदेशका सदस्य सम्फु लामाको प्रमुख आतिथ्यतामा फलफूल वितरण कार्यक्रम गरिएको बताएका छन् । यसै गरी नेपाल विद्यार्थि संघ मकवनपुरले बी.पी जयन्तिकै अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।   नेवि संघका केन्द्रिय सदस्य मिलन पुडासैनिको प्रमुख आतिथ्यमा र नेवि संघ मकवानपुरका सभापति सन्तोष चौलागाइ सभा अध्यक्षतामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा क्याम्पस हाता सरसफाइ गरेर समापन गरिएको संघका अध्यक्ष चौलागाईले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला सदस्य श्री कृश्ण  ढकाल को सं...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"