हिमालयन सांगीतिक धमाकामा समीक्षाको स्थानमा अस्मिताले प्रस्तुती दिने
शुभराज भोम्जन
दक्षिण कोरिया । आँउदै गरेको कोरियन चाड छुसकको अवसरमा १७ सेप्टेम्बरमा आयोजना हुन लागेको हिमालयन सांगीतिक धमाकामा २०२४ मा प्रस्तुतीको लागि समीक्षा अधिकारीको स्थानमा अस्मिता अधिकारी आउने भएका छन् ।
गायिका समीक्षा अधिकारीको भिसा अप्लाईको लागि एम्बेसी डेट पाउन नसकेको र गायिका पाल्मु शेर्पालाई भिसा प्राप्त नभएकोले अन्तिम समयमा केही कलाकार परिवर्तन गर्नु परेको आयोजक शेर्पा संघ दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै जानकारी गराइएको हो । अन्तिम समयमा कलाकार परिवर्तन गर्नुपर्ने वाध्यात्मक परिस्थिति आउँदा दर्शक श्रोतामाझ हुन पुगेको आघात प्रति शेर्पा संघ दक्षिण कोरियाले क्षमा याचना समेत गरेका छन् ।
पूर्वनिर्धारित योजना मुताबिक कार्यक्रममा गायक निमा रुम्बा, मिङमा शेर्पा, गिटारिस्ट सुनिल शाक्य, गायिका समीक्षा अधिकारी र पाल्मु शेर्पालाई ल्याउने निर्णय गरिएता पनि भिसाका कारण समी...








