काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेको स्रोतले जनाएको छ ।...
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजुदो शाखाको आयोजना र जातीय संस्थाहरूको सह आयोजनामा ३० औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ ।
गत आइतबार जेजुको केसीटियु हलमा एक भव्य समारोहको आयोजना गर्दै विश्व आदिवासी दिवस मनाइएको हो । रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि भोम्जनले विश्व आदिवासी दिवसको सन्दर्भ र नेपालमा आदिवासीहरूको इतिहास र आदिवासी आन्दोलनको विषयमा सहभागीहरूलाई प्रस्ट पारिएको थियो । प्रमुख अतिथि भोम्जनले विश्व आदिवासी दिवस मनाउनको लागि सरकारले खर्चको व्यवस्थापन गर्नुपर्ने समेत ...
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल एयरलाइन्सको जहाजलाई दक्षिण कोरियामा उडाउन सकेको खण्डमा मात्रै आफ्नो भ्रमण सफल हुने बताएका छन् ।
आइतबार दक्षिण कोरियाको राजधानी सौलमा नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा महामन्त्री थापाले एस्तो बताएका हुन् । दक्षिण कोरियामा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपाल एयरलाइन्सको जहाज दक्षिण कोरिया उडाउनको लागि गरेको हाल सम्मको प्रयास बिफल भएकोले थापा समक्ष पहल गरिदिनको आग्रह गरेको थियो । उठेको प्रश्नहरूको जवाफ दिने क्रममा महामन्त्री थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउनको निम्ति पहल गर्ने वाचा गरेका छन् । थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै आफ्नो दक्षिण कोरियाको भ्रमण सफल हुने बताएका थिए । थापाले नेपाल ...
दक्षिण कोरिया । सन् २०१५ देखि दक्षिण कोरियामा क्रियाशील रहँदै आएको पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया अन्तर्गत रहेर कोरियन पर्व छुसकको अवसरमा आयोजना गरिने कार्यक्रमहरूको पोस्टर सार्वजनिक गरिएको छ ।
आइतबार पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको सौलको दोङदेमुन स्थित रहेको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पोस्टर सार्वजनिक गरिएको हो । आउदो छुसकमा पाँचथर सेवा समाजको आयोजनामा गर्न लागिएको पाँचथर सांगीतिक सौगात भाग २ मा नेपथ्य ब्याण्ड ल्याउने जानकारी दिनुका साथै पोस्टर समेत सार्वजनिक गरेका छन् । त्यसैगरी रात्रिकालीन कार्यक्रमको रुपमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा याक्थुङ रैथाने मेलोडी नाइट र भोजपुर सेवा समाजको आयोजनामा भोजपुर डान्स पार्टीको आयोजना गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रमहरूको पोस्टर सार्वजनिक गर्नुका साथै कार्यक्रम आयोजना गर्नुको उद्देश्य र हाल ...
काठमाण्डौं । नेपाल सरकारले पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । तुम्बाहाङ्फे नेकपा एमालेको स्थायी कमिटी सदस्य संगै इलाम जिल्ला इन्चार्ज समेतको भूमिकामा हुनुहुन्छ ।
केपि ओली प्रधानमन्त्री हुँदा सन २०१८ मार्च १५ देखी २०२० जनवरी २० सम्म उपसभामुख ,सन २०२० फेब्रुअरी १७ देखी डिसेम्बर २५ सम्म कानुन न्याय तथा ससदिय मामिला मन्त्री र केपिओली नै प्रधानमन्त्री हुँदा सन २०२० डिसेम्बर २५ देखी २०२१ जुन ४ सम्म भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्री भइसक्नु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा तुम्बाहाङ्फेलाई कोरियाको राजदूतका लागि सिफारिस गरेको हो ।
त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्...
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजु शाखाको आयोजनामा हुन लागिएको ३० औँ विश्व आदिवासी दिवसको तयारी तीब्र रुपमा भइरहेको अध्यक्ष गजिन हाङस्रोङले जानकारी दिएका छन् ।
आउँदो अगस्ट ४ आइतबारको दिन जेजुदोको 제주특별자치도 명신 १길 ११ मा हुन लागिएको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । सोही निर्णय मुताबिक विश्वका थुप्रै देशहरूमा विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ । जेजु शाखाले गत वर्ष झै यसवर्ष पनि आदिवासीहरूको विविध झाँकी, संस्कृति तथा रैथाने परिकारहरू सहितको मौलिक प्रकृतिको कार्यक्रमको आयोजना गर्न लागिएको हो । अगस्ट ९ लाई दिवसको दिनको रुपमा लिए पनि समय अनुकुलताको आधारमा अगस्ट ४ मा नै दिवस मनाउन लागिएको हो ।
कार्यक्रमको मु...
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली काँग्रेसको महामन्त्री तथा युवा नेता गगन कुमार थापाको उपस्थितिमा आयोजना हुन लागिएको वृहत अन्तरकृया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापति भजिन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।
नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका आयोजनामा जुलाई २८ तारिख कोरियाको राजधानी सौलको गुमिन ह्वेग्वानमा उक्त वृहत् अन्तरकृया कार्यक्रमको आयोजना हुन लागिएको हो । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभाग प्रमुख किरण पौडेलको विशेष आतिथ्यता हुने उक्त कार्यक्रममा नेपालको राजनीतिक घटनाक्रम, आर्थिक पक्ष एवम् प्रवासमा रहेका नेपालीहरूको मुलुक विकासमा रहेको योगदानको विषयमा गहन छलफल तथा अन्तरकृया हुने जनाएक...
हेटौंडा/ विकास निर्माणको काममा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने अवस्था आएको प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बाएका छन् । बिहीबार हेटौंडामा आयोजित युवा सिप वर्ष २०८१ अन्तरगत सञ्चालित निःशुल्क सिप विकास तालिम समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
चुनौति आफैमा अवसर रहेको भन्दै , समाजिक, आर्थिक , राजनीतिक अनेक कुरालाई पार गर्न युवाको उपस्थिति हुन जरुरी रहेको बताए । बाहिरी मुलुकमा युवाको क्रान्ति र भुमिकाले देश परिवर्तन भएको स्मरण गर्दै नेपालमा पनि युवाको कारणले देश परिवर्तन हुने अपेक्षा व्यक्त गरे । मुलुकमा युवा नीति आवस्यक रहेको बताउदै अहिलेको अवस्थामा युवा मैत्री सरकार चाहिएको सभामुख घिमिरेले बताएका छन् । युवा परिषद्ले सिप वर्ष घोषणा गरेको बताउदै उद्यमशिल युवा , दक्ष युवा निर्माण गर्ने कार्य गरेको बताए । युवाहरु नमुनाको रुपमा प्रस्तुत हुनु पर्ने र युवा मैत्री देश चाहेको...
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए ।
जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरे । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।
...