स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई
मकवानपुर/ गत वर्ष सिस्नेरीमा पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा आयोजित साइमन योञ्जन कप फुटसल प्रतियोगिताको उपाधि जापान थर्ड आईले जितेको छ ।
आईतबार सम्पन्न फाइनल खेलमा जापान थर्ड आईले फुटसल फ्याम्स चितवनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुबै टिम १–१ गोलको बराबरीमा रोकिएका थिए, जसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । उपाधिसँगै जापान थर्ड आईले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको फुटसल फ्याम्स चितवनले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । असोज ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा र खेलकुद विकास समितिको आयोजनामा मकवानपुरगढी–३ स्थित मिनी फुटसल मैदानमा ...








