प्रमुख समाचार

बागमती प्रदेश श्रम मन्त्रालय – क्षति व्यवस्थापनसँगै डिजिटल सेवा सुरु

बागमती प्रदेश श्रम मन्त्रालय – क्षति व्यवस्थापनसँगै डिजिटल सेवा सुरु

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्रालयको आगामी योजना र हालका गतिविधि सार्वजनिक गरेको छ । मन्त्री जयराम थापाले गत साउन २० मा गठन भएको नयाँ सरकार पहिलो बैठकदेखि नै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभएको छ । मन्त्री थापाका अनुसार गत भदौ २४ गतेको जेनेरेशन जेड प्रदर्शनको क्रममा मन्त्रालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मन्त्रालयअन्तर्गतका १२ वटा यातायात कार्यालयमध्ये दुई पूर्ण र दुई आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यद्यपि, यो कार्यालय सेवाग्राही केन्द्र भएकाले तुरुन्तै पुनर्निर्माणको काम अघि बढिसकेको छ । मन्त्री थापाले प्रदेश सरकार गठनसँगै सबै मन्त्रालयमा चुस्त(दुस्त ९स्मार्ट सेवा० सुनिश्चित गर्न खर्च कटौतीको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। संघीय सरकारबाट अनुमति पाएपछि एक महिना...
हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा  /  शुभ दिपावली २०८२ को अवसरमा श्रिजनशील युवा परिवारको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु भएको छ ।  उद्घाटन खेलमा युपि युनाइटेड र युपि ठन्डर्सबीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलमा युपि युनाइटेडले ६–० को फराकिलो गोल अन्तरले विजय हासिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–१४ का वडा अध्यक्ष  दिपक खड्का  रहनुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता श्रिजनशील युवा परिवारका अध्यक्ष  दिनेश गुरुङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवाहरू र टोलवासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कारमा रु. ३० हजार बराबरको खसी एक थान सहित ट्रफि, मेडल र दोस्रो पुरस्कारमा रु. २० हजार बराबरको बोका एक थान सहित ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य यु...
मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५०  लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५० लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन आइताबार सम्पन्न भएको छ । लामो समय देखि विबिधकारणले अधिवेशन हुन नसकिरहेको अवस्थामा आइताबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट संस्थाको अध्यक्षमा निरञ्जन बिक्रम ठकुरी चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण थोकर, महासचिवमा सरोज धनुकि, सचिवमा राम थोकर, कोषाध्यक्षमा रेस मगर र सदस्यहरुमा सपना बस्नेत,प्रकाश भोम्जन, निहारिका गोले र बिक्रम घलान चयन भएका छन् । अधिवेशनले संस्थाको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ । २०२३ मा सुजन चापागाईको व्यान्ड ल्याएर गर्न खोजिएको मकवानपुर सांगीतिक धमाका भाग २ को आयोजना गर्न खोज्दा अन्तिम चरणमा कलाकारको भिसाको कारण कार्यक्रम स्थगित भएको थियो । उक्त कार्यक्रमको अवसरमा गरिएको सबै आर्थिक हिसाब अधिवेशनले पास गरेको छ । १ करोड ७३ लाख ७३ हजार १२२ वोन संकलन भएको रकमबाट १ करोड ४८ लाख ९० हजार ८००...
कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी

कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उज्यालो नेपाल पार्टीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग छलफल गर्दैछ । उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ आफूहरू पार्टी विस्तारको क्रममा रहेकाले मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्न लागिएको हो । कसरी, कुन तरिकाले जाने रु कसरी नयाँ सदस्यलाई समेट्ने भनेर छलफल चलिराखेको छ’ अध्यक्ष तामाङले भने, ‘यही क्रममा मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्ने तय भएको छ ।’ शनिबार साँझ ७ बजेदेखि ९ बजेसम्म भर्चुअल रुपमा छलफल गर्ने तय भएको छ । उनेपाका पदाधिकारीहरू र कुलमानसहित कुलमानका तर्फबाट अन्य केही सदस्यहरू र विज्ञहरू सहभागी रहने अध्यक्ष तामाङले जानकारी दिए ।...
गभर्नर पौडेलको लागि भाडाको घर खोज्दै राष्ट्र बैंक

गभर्नर पौडेलको लागि भाडाको घर खोज्दै राष्ट्र बैंक

Breaking News 2, प्रमुख समाचार, समाचार
काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ। राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै घर भाडामा लिन प्रस्ताव गरेको हो। गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई वटा घर जेनजी आन्दोलनका बेला जलाइएको थियो। राष्ट्र बैंकले ललितपुर बखुन्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्रमा अवस्थित १६ आनादेखि २४ आनासम्म जग्गा भएको र कम्तीमा ६ वटा कार, जिप पार्किङ गर्न मिल्ने क्षेत्रसहितको घर भाडामा लिन खोजेको छ। आरसीसी स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्गफिट पिलिन्थ क्षेत्रफलमा बनेको र कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको घर खोजेको छ।...
नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

Breaking News 1, खेलकुद, प्रमुख समाचार
काठमाण्डौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी २०आई शृंखला एक खेल अगावै जितेको छ । नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिज कुनैपनि बेला खेलमा हावी हुन सकेन । नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।...
नेफिन बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय राई निर्वाचित

नेफिन बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय राई निर्वाचित

Breaking news 3, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बुसान शाखाको पाँचौं अधिवेशन आइतबार सम्पन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट जय राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । नेफिन बुसान शाखाको अध्यक्ष परी गुरुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेफिन कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनमा कोरियाको बुसान क्षेत्रमा कृयाशिल बिभिन्न जातिय संस्थाहरु र अन्य संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यसमितिको अध्यक्षमा जय राई चयन हुनुका साथै वरिष्ठ उपाध्यक्षमा आकास घिसिङ, उपाध्यक्षमा बिकास राई, महासचिवमा तुफान मगर, सचिवमा राम माँझी, कोषाध्यक्षमा नितेश गुरुङ सर्वसम्मत निर्वात भएका छन् । त्यसैगरी सदस्यहरुमा रोजिना मगर, रेशम गुरुङ र बिमेश गुरुङ निर्वाचित भएका छन् ।  ...
सामाजिक अभियन्ता वाईबाको अगुवाइमा घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

सामाजिक अभियन्ता वाईबाको अगुवाइमा घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

Breaking News 2, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  सामाजिक अभियन्ता संगिता वाईबाको अगुवाइमा हेटौंडा–१४ निवासी बाबुलान घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा वाईवाले संकलित रकम र खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । दुई दिने सामाजिक सञ्जाल अभियानमार्फत ३२ हजार ५६५ रुपैयाँ संकलन भएको थियो । सोमध्ये १४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न र १७ हजार ७६५ रुपैयाँ नगद घलान परिवारलाई प्रदान गरिएको हो । आर्थिक अवस्था कमजोर रहेका बाबुलान घलानको खुट्टा भाँचिएर रड हालिएको छ । उनकी पत्नी सानु माया थिङ विगत दुई वर्षदेखि प्यारालाइसिसका कारण अपाङ्ग अवस्थामा छन् । उनको एक हात र खुट्टा काम नगर्ने अवस्थामा छ । परिवारमा एक छोरा पनि रहेका छन् । सहयोग कार्यक्रममा वाईवाले घलान परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा उपचार खर्चका लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । वाईवाले ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा दीर्घकालीन शैक्षिक कल्याणकारी कोष मार्फत छात्रवृत्ति वितरण

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा दीर्घकालीन शैक्षिक कल्याणकारी कोष मार्फत छात्रवृत्ति वितरण

Breaking News 2, दक्षिण कोरिया, प्रमुख समाचार, शिक्षा
सिओल, दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले दीर्घकालीन शैक्षिक कल्याणकारी कोषमार्फत नेपालका विभिन्न जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाले हालसम्म ९ जिल्लाका ६५ जना विद्यार्थीलाई नगद रु. ५,००० सहित कापी, कलम, स्कुल ब्याग, जुत्ता लगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ। यससँगै असहाय बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा (SEE) सम्म निरन्तर सहयोग गर्ने अभियान पनि अघि बढाइएको छ। यो अभियान १०औं कार्यसमितिका निवर्तमान अध्यक्ष रवि योञ्जन तामाङको कार्ययोजना अनुसार सुरु भएको हो भने हाल ११औं कार्यसमिति अध्यक्ष राजकुमार स्याङतानको संयोजकत्वमा समिति सदस्यहरू गणेश योञ्जन तामाङ, दावा फिन्जो तामाङ, एल.बी. रुम्बा तामाङ, पासाङ प्रयत्न बोम्जन तामाङ लगायतको सक्रिय सहयोगमा निरन्तर सञ्चालन भइरहेको छ। हालसम्म सहयोग पु...
डेंगीको सङ्क्रमन ५ हजार नजिक

डेंगीको सङ्क्रमन ५ हजार नजिक

Breaking News 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौं । डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा दाहालले पानी पनि पर्न रोकिए र अब विस्तारै जाडो सुरु हुन थालेपछि डेंगी सङ्क्रमणको जोखिम कम हुने बताए ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"