व्यवसायीहरुको समस्या समाधान गर्न तत्पर रहेको- मुख्यमन्त्री लामा
हेटौंडा/ बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामाले व्यवसायीहरुको समस्या समाधान गर्न तत्पर अगाडी बडिरहेको बताएका छन् ।
बिहिबार हेटौंडामा भएको नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै लामाले व्यवसायीहरुले विभिन्न समस्या झेल्नु परेकाले संगठन बनाउन तत्पर भएको र जुन चुनौतिपुर्ण रहेको बताए । राज्य र व्यवसाय पक्ष मिलि समस्याहरुलाई सुधार गरेर अगाडी बढ्नुपर्ने र ऐन कानुन सुधार गर्दै व्यवसायलाई कसरी व्यवस्थित गर्ने भन्नेमा प्रदेश सरकार तत्पर अगाडि बढिरहेको मुख्यमन्त्री लामाले बताएका छन् ।
कार्यक्रम मुख्य मन्त्री लामाको प्रमुख आतिथ्यता र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका संयोजक विजय बहादुर स्वारको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले, आन्तरिक मामिला तथ...








