मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५० लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना
दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन आइताबार सम्पन्न भएको छ । लामो समय देखि विबिधकारणले अधिवेशन हुन नसकिरहेको अवस्थामा आइताबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट संस्थाको अध्यक्षमा निरञ्जन बिक्रम ठकुरी चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा लक्ष्मण थोकर, महासचिवमा सरोज धनुकि, सचिवमा राम थोकर, कोषाध्यक्षमा रेस मगर र सदस्यहरुमा सपना बस्नेत,प्रकाश भोम्जन, निहारिका गोले र बिक्रम घलान चयन भएका छन् । अधिवेशनले संस्थाको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ । २०२३ मा सुजन चापागाईको व्यान्ड ल्याएर गर्न खोजिएको मकवानपुर सांगीतिक धमाका भाग २ को आयोजना गर्न खोज्दा अन्तिम चरणमा कलाकारको भिसाको कारण कार्यक्रम स्थगित भएको थियो ।
उक्त कार्यक्रमको अवसरमा गरिएको सबै आर्थिक हिसाब अधिवेशनले पास गरेको छ । १ करोड ७३ लाख ७३ हजार १२२ वोन संकलन भएको रकमबाट १ करोड ४८ लाख ९० हजार ८००...








