प्रवास

घेदुङ दक्षिण कोरियाले आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम अप्रिल १४ मा गर्ने

घेदुङ दक्षिण कोरियाले आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम अप्रिल १४ मा गर्ने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियको आयोजनामा गत फेब्रअरी ०९ मा सम्पन्न भएको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आयव्यय सार्वजनिक तथा सम्मान एबम् समिक्षा कार्यक्रम अप्रिल १४ मा गर्ने भएको छ । घेदुङले गएको ल्होछारमा प्रस्तुती दिने कलाकार तथा केही सहयोगी दाताहरुलाई सम्मान गर्नुका साथै विविध विषयमा छलफल समेत गरिने जनाएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले हरेक वर्ष तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सामाजिक उद्धेश्य राखेर नेपाल देखि निमन्त्रणा गरेको अतिथी कलाकार र स्थानिय कलाकारहरुको प्रस्तुती रहनेगरी बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । घेदुङले गत वर्ष शैक्षिक कल्याणकारी कोष स्थापनार्थ कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष आपतकालिन् राहत कोष स्थापनार्थ बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । गत वर्ष ल्...
बृहत अन्तरक्रिया कार्यक्रम भब्य तर समय अभावका कारण उठेका सवालहरुमा आवश्यक छलफल हुन सकेन

बृहत अन्तरक्रिया कार्यक्रम भब्य तर समय अभावका कारण उठेका सवालहरुमा आवश्यक छलफल हुन सकेन

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरिया र दक्षिण कोरियामा कृयाशिल मुख्य जातिय तथा क्षेत्रीय संस्थाहरुको आयोजनामा सौलको जोगेसा हलमा भएको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियामा नेपालीहरुको संख्या बढे संगै विविध समस्याहरु बढेको छ उक्त समस्याहरुको पहिचान गरेर समस्या समाधानको उपायहरु खोज्ने मनसायका साथ कार्यक्रमको आयोजना गरिएको हो । विशेष गरेर नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अगुवाइमा भएको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएता पनि समय अभावका कारण उठेका विषय उपर आवश्यक मात्रामा छलफल गर्न सकिएन । कार्यक्रममा बिभिन्न विधाका विज्ञहरुबाट सहभागिहरुले उठाएको प्रश्नको उत्तर लिने प्रयास भएको थियो । अन्तरक्रिया कार्यक्रममा विज्ञहरुको रुपमा स्वास्थ्यकर्मी डा.राजेशचन्द्र जोशी, नेपाली राजदूतावासको तर्फबाट श्रम काउन्सेलर चनद्रकला ओली, बैकिङ तथा रेमिट सेवा प्र...
९ औं सोनसिक खेलकुद उत्सबको तयारी अन्तिम चरणमा, सोही अवसरमा “महाजात्रा” देखाइने

९ औं सोनसिक खेलकुद उत्सबको तयारी अन्तिम चरणमा, सोही अवसरमा “महाजात्रा” देखाइने

Breaking News 2, प्रमुख समाचार, प्रवास, शिक्षा
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियमा अध्ययनरत विद्यार्थीहरुको साँझा संगठन नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाले आयोजना गर्न लागिएको “९ औं सोनसिक खेलकुद उत्सब-२०२४” को तयारी अन्तिम चरणमा पुगेको सोनसिक अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिएका  छन् । सन् २००४ मा स्थापना भए देखिनै नेपाली विद्यार्थीरुको माझमा सकृय रहदै आएको सोनसिकले यस वर्ष पनि खेलकुद उत्सब भब्यताका साथ मनाउन लागेको हो । आउदो सनिबार र आइताबारका दिन आसान स्थित रहेको सन मुन विश्वविद्यालयमा हुने खेलकुद उत्सबमा फुटसल, भलिबल, ब्याटमिण्टन र ८ सय मिटरको दौड प्रतियोगिता हुने छ । पहिलो दिन औपचारिक कार्यक्रम हुनुका साथै नेपाली कथानक चलचित्र महाजात्रा प्रदर्शन हुने जनाएको छ । पहिलो दिनमा विद्यार्थी संग सोनसिक कार्यक्रमको निरन्तरता दिदै कोरियाली कानुन तथा विविध विषयमा अन्तरकृया समेत गर्ने कार्यतालिका रहेको छ । कार्यक्रमको द...
नेपाली नयाँ वर्षको अवसरमा ‘डिग्री माइला’ सौलमा प्रर्दशन हुने

नेपाली नयाँ वर्षको अवसरमा ‘डिग्री माइला’ सौलमा प्रर्दशन हुने

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । आउदो शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित एबम् दयाहाङ राई अभिनीत चलचित्र ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको राजधानी सौलमा पनि नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ । नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर म्युजिक खिम ईन्टरटेन्मेन्टको आयोजनामा दोङदेमुनको निक ट्राभल पछाडि रहेको 서울 종로구 지봉로5길7-5 हलमा पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २ः३० वाट गरिने आयोजकले जानकारी दिएको छ । दक्षिण कोरियाको लागि नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा ‘डिग्री माइला’ चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थ...
महाजात्रा मोक्पो-शो अप्रील २१ मा हुदै

महाजात्रा मोक्पो-शो अप्रील २१ मा हुदै

प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कथानक चलचित्र महाजात्रा मोक्पो शो आउदो अप्रील २१ मा हुने भएको छ । दक्षिण कोरियाको मोक्पो क्षेत्रको अग्रणी सामाजिक संस्था मोक्पो साम्हो साँझा चौतारीको अनुमतीमा खेलकुल बिकास कोष सहयोगार्थ मोक्पो फुटबल क्लब, मोक्पो भलिबल क्लब र मोक्पो क्रिकेट क्लबको सयुक्त आयोजनमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । निर्देशक प्रदिप भट्टराई द्धारा लेखन तथा निर्देशन गरेको उक्त चलचित्रले नेपाल संगै विदेशमा पनि राम्रो ब्यापार गरिरहेको छ । दक्षिण कोरियाको लागि बिशाल आवाज मल्टिमिडीयाले प्रदर्शनको अधिकार पाएको उक्त चलचित्रले दक्षिण कोरियामा रहेका नेपाली चलचित्र प्रेमीहरुको उत्साहजनक साथ पाइरहेको छ । सौल, सुवन, गजेदो लगायतका शोहरुमा हाउसफुल भएको थियो । हुण्डाई साम्हो लोट्टे सुपर हलमा दिउसो साढै एक बजेदेखि प्रदर्शन हुने उक्त चलचित्र हेर्न आउनको लागि मोक्पो साम्हो साँझा चौतारीका प्र...
पाँचथर सेवा समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्षको अवसरमा सुवनमा महाजात्रा देखाउने

पाँचथर सेवा समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्षको अवसरमा सुवनमा महाजात्रा देखाउने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । आपतकालीन् राहत कोष सहयोगार्थ पाँचथर सेवा समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्षको अवसरमा सुवनमा महाजात्रा देखाउने भएको छ । आउदो १४ अप्रलिको दिन समाजले चलचित्रको दुई शो देखाउने जनाएको छ । पहिलो शो बिहान १० बजेदेखि सुरु हुने छ भने दोश्रो शो दिउसो साढे एक बजे सुरु हुने आयोजक संस्थाका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन् । सुवनमा सोही चलचित्र नवलपुर समाजले दुई शो  देखाइसकेका छन् । प्रदिप भट्टराई द्धारा निर्देशित नेपाली कथानक चलचित्र महाजात्राले नेपाल संगै विदेशमा पनि राम्रो ब्यापार गरिरहेका छन् । बिशाल आवाज मल्टिमिडीयाले दक्षिण कोरियाभरी प्रदर्शणी अधिकार पाएको उक्त चलचित्रले दर्शकको राम्रो साथ पाइरहेका छन् । महाजात्रा हेर्न आउनको लागि संस्थाका अध्यक्ष रमेश लावतीले नेपाली चलचित्र प्रेमीहरुलाई सार्वजनिक रुपमा लाबा न्युजमार्फत आग्रह गरेका छन् ।...
“सलनाल धमाका-२०२४” को आयव्यय सार्वजनिक, ९४ लाख कोरियन वन मुनाफा

“सलनाल धमाका-२०२४” को आयव्यय सार्वजनिक, ९४ लाख कोरियन वन मुनाफा

Breaking News 2, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाद्धारा आयोजना गरिएको “सलनाल धमाका-२०२४” को आयव्यय सार्वजनिक गरिएको छ । आइताबार दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै आयव्यय सार्वजनिक गरिएको हो । सलनाल धमाकाबाट आयोजकलाई ९४ लाख ६० हजार ८६ कोरियन वन मुनाफा भएको छ । जम्मा २ करोड ८७ लाख १० हजार ९ सय ४६ कोरियन वन बराबरको कारोबार भएको उक्त कार्यक्रममा १ करोड ९२ लाख ५० हजार ८ सय ६० कोरियन वन खर्च भएको देखाइएको छ । आइताबार प्रतिष्ठानले औपचारिक कार्यक्रमको आयोजना गर्दै सलनाल धमाका सम्पन्न गर्नको निम्ती सहयोग गर्ने सहयोगि दाता, संघ संस्था, मिडीया पार्टनर, प्रायोजक, कलाकार एबम् सहभागि दर्शकश्रोताहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै प्रख्य प्रायोजक, मिडीया पार्टनर र केही कलाकारहरुलाई सम्मान समेत गरेको थियो । आयव्य...
राजदूतावास र कोरियामा कृयाशिल बिभिन्न सामाजिक संस्थाहरुको सयुक्त आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

राजदूतावास र कोरियामा कृयाशिल बिभिन्न सामाजिक संस्थाहरुको सयुक्त आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

Breaking News 1, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरिया र दक्षिण कोरियामा कृयाशिल बिभिन्न सामाजिक संस्थाहरुको सयुक्त आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुने भएको छ । दक्षिण कोरियामा नेपालीहरुको संख्या बढे संगै कम्पनी दुर्घट्ना, आत्माहत्या, भाषिक समस्या, कानुनी समस्या, कार्यस्थल तथा बासस्थानको समस्या, प्रशासनिक समस्या साथै सामाजिक सञ्जाल मार्फत बढ्दो ठगी जस्ता विविध समस्याहरुको न्युनिकरणको निम्ती आउदो अप्रील ७ आइताबार सौलको जोगेसा हलमा बृहत अन्तरकृया कार्यक्रमको आयोजना गर्न लागिएको हो । आयोजकको रुपमा नेपाली राजदूतावास सौल संगै नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरिया, बागमती प्रदेश एकता समाज, पूर्वाञ्चल सरोकार समाज, सुदुरपश्चिम समाज, गण्डकी प्रदेश समाज र कर्णाली प्रदेश समाज लगायतका मुख्य संस्थाहरु रहनुका साथै नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले मि...
दक्षिण कोरियामा पनि नेपाल झल्कीने होली महोत्सव

दक्षिण कोरियामा पनि नेपाल झल्कीने होली महोत्सव

Breaking News 1, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । दक्षिण कोरियामा पनि नेपालको झल्कीने होली महोत्सव भएको छ । विगत लामो समयदेखि दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, संगीत साधना समुह ‘पाँच स’ को आयोजनामा आइतवार होली महोत्सव आयोजना गरिएको हो । होली महोत्सवमा नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दुतावासका नियोग उपप्रमुख पुष्पराज भट्टराईले प्रवासमा भएपनि नेपाली चाडपर्वलाई भव्य रुपमा मनाउनेगरी महोत्सव आयोजना गरेकोमा संस्थाको प्रसंसा गर्नुभएको छ । धर्मसंस्कृतिको संरक्षण र जगेर्नालेनै मावन सभ्यतालाई सुसज्जित, इमान्दार र अनुशासित र कर्तव्यनिष्ट बनाउने भएकाले हाम्रा धर्म संस्कृतिको सवैले जगर्नो गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल सम्पर्क समिति अध्यक्ष हरि खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दक्षिण कोरिया समाज अन्तर्गत प्रदेश र ...
तमू धीं दक्षिण कोरिया थेगु शाखाले आउँदो मे १८ र १९ तारिक बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने

तमू धीं दक्षिण कोरिया थेगु शाखाले आउँदो मे १८ र १९ तारिक बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने

Breaking news 3, प्रवास, मनोरञ्जन
बोम्जन गुरुङ दक्षिण कोरिया । गुरुङ समुदायको मातृ संगठन तमू धीं थेगु शाखाले आउँदो मे महिनाको १८ र १९ तारिक दुई दिने बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि थेजन 대전‎ 서구‎ 장안동 288 장안로‎ 326 मा बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने तय गरिएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध तमू दाजुभाई तथा दिदीबहिनीहरु साथै नेपाली विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष मनी गुरुङले बताए। संस्थालाई थप चलायमान गराउनुका साथै मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास सोही शाखाका सचिव कृष्ण गुरुङले व्यक्त गरे । तमू धीं थेगु शाखाद्धारा आयोजना हुने उक्त बृहत् बनभो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"