आदिवासी जनजाती महासंघ बुसान शाखाको आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको आयोजनामा फेब्रुअरी ४ मा ख्याङ्साननाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरुसंग आपसी सहकार्य विषयक बृहत अन्तरकृया कार्यक्रम हुने भएको छ । उक्त अनतरकृया कार्यक्रम खिमे लुम्बिनी हलमा ४ तारिकको दिन बिहान ११ बजेदेखि सुरुहुने जनाएको छ ।
ख्याङ्साननाम्दो क्षेत्रमा गठन भएको जातीय संस्थाहरुलाई महासंघको मातहतबाट थप मजबुद र कृयात्मक बनाएर लैजानु पर्ने तथा आपसी मजबुद सहकार्यत्मक सम्बन्ध स्थापीत गर्दै अघि बठ्नु पर्ने देखिएकोले अन्तरकृया कार्यक्रमको आयोजना गर्नु परेको महासंघ बुसान शाखाकी अध्यक्ष परी गुरुङले बताएका छन् । हाल सम्म ख्याङ्साननाम्दो क्षेत्रमा नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, तमु धीँ, र किरात याक्थुङ चुम्लुङ लगायतका जातीय संस्थाहरुको क्षेत्रीय कमीटीहरु गठन भई कृयाशिल हुदै आईरहेको छ । ...








