घेदुङ दक्षिण कोरियाले आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम अप्रिल १४ मा गर्ने
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियको आयोजनामा गत फेब्रअरी ०९ मा सम्पन्न भएको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आयव्यय सार्वजनिक तथा सम्मान एबम् समिक्षा कार्यक्रम अप्रिल १४ मा गर्ने भएको छ ।
घेदुङले गएको ल्होछारमा प्रस्तुती दिने कलाकार तथा केही सहयोगी दाताहरुलाई सम्मान गर्नुका साथै विविध विषयमा छलफल समेत गरिने जनाएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले हरेक वर्ष तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सामाजिक उद्धेश्य राखेर नेपाल देखि निमन्त्रणा गरेको अतिथी कलाकार र स्थानिय कलाकारहरुको प्रस्तुती रहनेगरी बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । घेदुङले गत वर्ष शैक्षिक कल्याणकारी कोष स्थापनार्थ कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष आपतकालिन् राहत कोष स्थापनार्थ बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
गत वर्ष ल्...








