बागमती प्रदेश

सत्ता कुर्सी डगमगियो,  मुख्यमन्त्री लामाविरुद्ध दलभित्रै सशक्त हमला

सत्ता कुर्सी डगमगियो, मुख्यमन्त्री लामाविरुद्ध दलभित्रै सशक्त हमला

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ कांग्रेस बागमती प्रदेशमा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीभित्रैबाट मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पार्टीकै २१ जना प्रदेशसभा सदस्यले लामाको नेतृत्वमा असन्तुष्टि जनाउँदै प्रदेश संसद सचिवालयमा हस्ताक्षरसहितको अविश्वास प्रस्ताव पेश गरेका हुन् । संसदीय गणितअनुसार ३७ सदस्य रहेको कांग्रेस प्रदेश दलमा नेता बन्न १९ मत पर्याप्त हुन्छ  । अहिले बहुमत सांसदको समर्थनमा प्रस्ताव दर्ता भएपछि लामाको नेतृत्व संकटमा परेको छ । यसअघि इन्द्र बानियाँलाई पराजित गर्दै नेता बनेका लामामाथि जनअपेक्षा अनुसार शासन गर्न नसकेको आरोप लागेको छ । यसैबीच सरकारमा रहेका चारजना मन्त्री—सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन, बिमल ठकुरी र मदु कुमार श्रेष्ठ—ले पनि सामूहिक रूपमा राजीनामा दिँदै नेतृत्वमा असहमति प्रकट गरेका छन् । अविश्वास प्रस्तावको पृष्ठभूमिमा प्रदेश सरकारले ल्याएको...
महिला गोल्डकपबाट ८ लाख नाफा, घाटामा गएका संघको पुनरागमन

महिला गोल्डकपबाट ८ लाख नाफा, घाटामा गएका संघको पुनरागमन

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / अघिल्ला वर्षमा घाटा व्यहोर्दै आएको मकवानपुर जिल्ला फुटबल संघले यस वर्ष पहिलोपटक महिला गोल्डकप आयोजना गरेर ८ लाख ३५ हजार रुपैयाँ मुनाफा कमाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको शहीद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगिताबाट ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी भएकोमा ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको जानकारी संघका कोषाध्यक्ष अमृत लुङबाले दिए । गत वैशाख १९ देखि २५ गतेसम्म, हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो । हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सम्पन्न प्रतियोगितामा बागमती प्रदेश खेलकुद परिषद्, भीमफेदी, कैलाश, र इन्द्रसरोवर गाउँपालिकाको व...
चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको २६ प्रतिशत बजेट फ्रिज

चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको २६ प्रतिशत बजेट फ्रिज

Breaking News 1, अर्थ, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित कुल बजेटको ७४ प्रतिशत मात्र खर्च गरेको छ ।  चालु आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेटमा प्रदेश सरकारले असारसम्म ७४ प्रतिशत अर्थात् ४७ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रकको कार्यालय, हेटौंडाका अनुसार बागमतीका १४ मन्त्रालय, आयोग र निकायहरुबाट चालु खर्चतर्फ ७१ दशमलब ५ प्रतिशत अर्थात् १८ अर्ब ४० करोड रुपैयाँ र पुँजीगततर्फ ७८ दशमलब ५० प्रतिशत अर्थात् २८ अर्ब ४० करोड रुपैयाँ बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु खर्चतर्फ २५ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो भने विकास बजेटतर्फ ३७ अर्ब ३१ करोड रुपैयाँ गरी कुल ६४ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत वर्षको तुलनामा बागमती सरकारको बजेट खर्च सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्ष ७० प्रतिशत बजेट खर्च गरेको बागमती सरकारल...
हेटौंडा १३ मा मेवा खेती प्रवद्र्धनका लागि कृषि प्रविधि तथा सामग्री हस्तान्तरण

हेटौंडा १३ मा मेवा खेती प्रवद्र्धनका लागि कृषि प्रविधि तथा सामग्री हस्तान्तरण

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
हेटौँडा/ “एक वडा, एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत हेटौँडा १३ नम्बर वडा क्षेत्रमा मेवा खेती प्रवद्र्धनका लागि आवश्यक कृषि प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको छ । बुधबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाको सभाअध्यक्षतामा भएको एक समारोहका बिच कृषि सामाग्रि हूतान्तरण गरिएको हो ।   समुदायमा आधारित उक्त परियोजना ५५ लाख ७७ हजार २१७ रुपैयाँको संयुक्त लगानीमा सञ्चालन गरिएको हो । जसमध्ये कृषि मन्त्रालयबाट ३३ लाख ४८ हजार ३३० रुपैयाँ, हेटौँडा उपमहानगरपालिकाबाट ११ लाख १५ हजार ४४३ रुपैयाँ र कृषक समूहबाट २० प्रतिशत लागत साझेदारी गरिएको छ । कार्यक्रम अन्तर्गत कृषकहरूलाई मल्चिङ प्लास्टिक, जैविक विषादी, हाते ट्याक्टर, चारपांग्रे ट्याक्टर, अर्थगर, ड्रायर मेसिन, पीएच मिटर, स्प्रे पम्प, थोपा सिँचाइ प्रणाली, टनेल संरचन...
हेटौंडामा नेकोस कप महिला भलिबल र स्केटिङ प्रतियोगिता हुदैं

हेटौंडामा नेकोस कप महिला भलिबल र स्केटिङ प्रतियोगिता हुदैं

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/  नेपाल स्पोर्ट सेन्टर (नेकोस) का आयोजनामा हेटौंडामा ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ र ‘नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता शनिबार असार ७ देखि ११ गतेसम्म सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोट्र्स क्लब, साथै मधेश, गण्डकी र बागमती प्रदेश लगायत ७ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । यसै गरी स्केटिङ प्रतियोगितामा भने १२ वर्षमुनिका र १२ वर्षमाथिका महिला तथा पुरुष गरी ४ विधामा करिब १५० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार भलिबलतर्फ प्रथम पुरस्कार ५ लाख, द्वितीय ३ लाख, तृतीय १ लाख, सान्त्वना पुरस्कार ५१ हजार, साथै ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद प्रदान गरिने छ । यस्तै स्केटिङतर्फ प...

“युवाको विकास र रोजगारीमा प्रदेश सरकार गम्भीर छ” – मन्त्री तामाङ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुईवटा तालिम एकै दिन समापन गरिएको छ । बागमती प्रदेश उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम संघ (डिमेगा) मकवानपुरले ३० दिने नेपाली कागज उत्पादन तालिम सञ्चालन गरेको थियो भने राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घण्टे केयर गिभर तालिम दिएको छ । दुवै तालिमको समापन कार्यक्रम डिमेगा मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काको अध्यक्षतामा र बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री तामाङले प्रदेश सरकारले युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्यमा प्रतिबद्ध रहेको बताइन् । उनले आगामी आर्थिक वर्षमा सीमांतकृत समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिइन् ...

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंको कार्यकाल पूरा

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/  बागमती प्रदेश युवा परिषद्का पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेका छन् । उनले मिति २०७८ साल जेठ ३१ मा शुरु भएको कार्यकाल २०८२ जेठ ३१ मा पूरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । प्रदेशको पहिलो कार्यकारी उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा धेरै चुनौतीका बीचबाट अघि बढेको उल्लेख गर्दै चौलागाईंले आफ्नो कार्यकाललाई “सुखद्, उपलब्धीमूलक र सफल” रहेको बताएका छन् । प्रदेश सरकारबाट प्राप्त अधिकार, कर्तव्य तथा युवा नीति कार्यान्वयन गर्दै उनले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिएका छन् । उनको कार्यकालमा प्रदेश युवा नीति निर्माण, नमूना युवा संसद, आत्मरक्षा तालिम, प्रदेश युवा सम्मेलन, सीपमूलक तालिम लगायत कार्यक्रमहरू उल्लेखनीय रूपमा सम्पन्न भएके बताए । आर्थिक वर्ष २०८१÷८२ लाई ‘सीप वर्ष’ को रूपमा घोषणा गरी करिब १० हजार ...
बागमती प्रदेश सरकारले ल्यायो ६७ अर्वको बजेट

बागमती प्रदेश सरकारले ल्यायो ६७ अर्वको बजेट

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ८२÷८३ का लागि ६७ अर्वको बजेट ल्याएको छ । आइतबार भएको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारका तर्फवाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भएको हो । प्रदेश सरकारले यस पटकको बजेटमा भौतिक पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक समृद्धि र जनजीवन सुधारमा केन्द्रित कार्यक्रमहरू अघि बढाउने लक्ष्य लिएको छ । प्रस्तुत बजेटमा कृषी तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्व ६३ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । सस्कृती तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख त्यसैगरि सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २५ करोड ७८ लाख,उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालय ७७ करोड ९६ लाख ब...
तामाङ पत्रकारहरूका लागि पहिलोपटक मकवानपुरमा तामयिक लिपि प्रशिक्षण सम्पन्न

तामाङ पत्रकारहरूका लागि पहिलोपटक मकवानपुरमा तामयिक लिपि प्रशिक्षण सम्पन्न

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा /  तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङ पत्रकारहरूका लागि लक्षित गर्दै तीनदिने तामयिक लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जेठ २८ गतेदेखि सुरु भएको यो कार्यक्रम मकवानपुर जिल्लामा पहिलोपटक तामाङ पत्रकारहरूका लागि सञ्चालन गरिएको हो । संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मकवानपुर जिल्लाभरिका तामाङ पत्रकारहरूका साथै तामाङ समुदायका सांस्कृतिक अभियन्ता, बुद्धिजीवी तथा अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तामाङ भाषाको मौलिक लिपि ‘तामयिक’ सिकाउने उद्देश्यसहित सञ्चालन गरिएको यस प्रशिक्षणले तामाङ भाषा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुगाउने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो र घेदुङ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलानले प्रशिक्षकका रूपमा सहजीकरण...
तेस्रो मकवानपुरगढी कपको उपाधिमा दाजुभाई एफसीको कब्जा

तेस्रो मकवानपुरगढी कपको उपाधिमा दाजुभाई एफसीको कब्जा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारमा सम्पन्न ‘शहीद रुद्र पाखिन तथा वासुदेव घिमिरे स्मृति तेस्रो मकवानपुरगढी कप खुला ८ ए साइड फुटबल प्रतियोगिता’ को उपाधि यस वर्ष दाजुभाई एफसीले उचालेको छ । बुधबार भएको रोमाञ्चक फाइनल खेलमा दाजुभाईले सिमलटार एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निर्धारित ४० मिनेटको खेल अवधिमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजा पेनाल्टीमार्फत तय भएको थियो । दाजुभाई एफसीले ३–२ गोल अन्तरको जित दर्ता गर्दै विजेता बन्ने गौरव हासिल गर्‍यो । उपाधिसँगै दाजुभाई एफसीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी र शिल्ड प्राप्त गर्‍यो भने उपविजेता बनेको सिमलटार एफसीले ४० हजार नगद र ट्रफीमा सान्त्वना टप्पर राख्यो । खेलमा उत्कृष्ठ प्रदर्शन गरेका दाजुभाईका सुजन बल म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई पुरस्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"