बागमती प्रदेश

बागमती प्रदेशमा भाषा दिवस उत्सवपूर्वक सम्पन्न

बागमती प्रदेशमा भाषा दिवस उत्सवपूर्वक सम्पन्न

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा /  बहुभाषिक समाजको पहिचानलाई सम्मान गर्दै बागमती प्रदेशमा भाषा दिवस विशेष उत्साहका साथ मनाइएको छ । प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएपछि पहिलोपटक यो दिवस औपचारिक रूपमा भव्य रुपमा मनाइएको हो ।   बागमती प्रदेश सरकारअन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा तथा नेपाल तामाङ घेदुङ र नेवा: दबूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमअन्तर्गत बिहान हुप्राचौरबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो। र्‍यालीले बजार परिक्रमा गर्दै रोयल पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रमको रूप लिएको थियो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रदेश सरकारले भाषिक अधिकार सुनिश्चित गर्न नीति र कार्यक्रमहरूलाई प्राथमिकता दिएको जानकारी दिए। उनले प्रदेश सभामा तामाङ भाषाक...
चितवनको चमत्कारी जित, आयोजक मकवानपुर टाइब्रेकरमा बाहिरियो

चितवनको चमत्कारी जित, आयोजक मकवानपुर टाइब्रेकरमा बाहिरियो

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / हेटौंडामा सुरु भएको सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन नै आयोजक टिम मकवानपुर पराजित भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।   निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। दोस्रो हाफमा चितवनकी अनिता गुरुङले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै उनले पोस्टमा सानदार गोल गरेकी हुन्। तर, चितवनको अग्रता धेरै समय टिक्न सकेन। मकवानपुरका खेलाडीले संघर्ष जारी राखे। एक खेलाडीले रातो कार्ड खाँदा मकवानपुर १० खेलाडीमा सीमित हुन पुगेको थियो। रेफ्रीले चितवनकी गोलकिपर सुजता तामाङमाथि फाउल गरेपछि मकवानपुरकी खुसाना राईलाई मैदान बाहिर पठाएका थिए । दबाबमा रहे...
महिला गोल्डकप आज देखि सुरु हुँदै , उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने

महिला गोल्डकप आज देखि सुरु हुँदै , उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा /  सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आज वैशाख १९ गते शुक्रबारदेखि सुरु हुँदैछ । महिला फुटबललाई प्रोत्साहन गर्न पहिलोपटक विशेष रूपमा आयोजना गरिएको यो प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बैशाख २५ गते सम्म सञ्चालन हुदैं छ । उद्घाटन खेल आज साँझ ४ बजे सुरु हुने छ, जसमा रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर र चितवन जिल्ला महिला टिम आमनेसामने भिड्नेछन्। प्रतियोगितामा विभागीय र जिल्लास्तरीय गरी ८ टोलीको सहभागिता रहेको छ। खेलाडीहरूमध्येमा राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरू पनि छन्। विजेता टोलीले नगद ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बाँनियाको तर्फबाट स्कुटर प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि अनुमानित ६१ लाख रुपैयाँ खर्...
राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
मकवानपुर / मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सेन्सरसहितको चट्याङ्ग पूर्वसूचना प्रणाली जडान गरिएको छ। यो प्रविधि साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। सफल परीक्षणपछि दक्षिण एसियामै पहिलोपटक राक्सिराङ्गमा स्थापना गरिएको यो प्रणालीले आकाशमा विद्युतीय चार्जको संकेत पाउने बित्तिकै १६ किलोमिटरको क्षेत्रभित्र रहेका बासिन्दालाई १६ मिनेट अघिनै चेतावनी दिन सक्षम हुनेछ। राक्सिराङ्ग उच्च चट्याङ्ग जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिले चट्याङ्गबाट हुने सम्भावित क्षतिबाट समयमै सचेत गराउन र सुरक्षात्मक कदम चाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका विभिन्न स्थानहरू—राम्चे, भाट्टी, चैनपुर, सिलिङ्गे, गर्लिङ, पाङ्बुङ र कान्द्राङ लगायतका वडामा साइरन प्रणाली जडान गरिनेछ। पिपुल इन निडको आर्थि...
हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

Breaking news 3, Uncategorized, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बिहान ६:०५ बजे पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ निवासी २४ वर्षीय मुम्ताज मियालाई लागूऔषध ओनरेक्ससहित पक्राउ गरिएको हो। उनी बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमो जीपका चालक रहेको प्रहरीले जनाएको छ। मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सुरक्षाजाँचका क्रममा सुमो जीपबाट १ सय मिलिलिटरको २ सय २५ बोतल ओनरेक्स बरामद भएपछि मियालाई नियन्त्रणमा लिइएको हो। घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट मियालाई पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको अर्यालले जानकारी दिए।...
हेटौँडामा खेलकुद पत्रकारिता तालिम सुरु, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

हेटौँडामा खेलकुद पत्रकारिता तालिम सुरु, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / खेलकुद पत्रकारिता सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम मंगलबारदेखि हेटौँडामा सुरु भएको छ। बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको तालिमले खेलकुद क्षेत्र सशक्त बनाउन सञ्चारकर्मीहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्र सरकारले प्राथमिकतामा न राख्नु दुःखद भएको उल्लेख गरे। बागमती प्रदेशका ८० प्रतिशत खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेको अवस्थामा खेलकुद मन्त्रालयका लागि ६१ करोड रुपैयाँ मात्रै बजेट तोकिनु दुर्भाग्यपूर्ण भएको बताए। राज्यको चासो कम हुँदा खेलकुद क्षेत्रबाट युवा पलायनसमेत बढिरहेको उल्लेख गरे। प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार खेलकुद क्षेत्रको विकास परम्परागत शैलीबाट सम्भव छैन।...
राक्सिराङको चेपाङ बस्ती खानीको चपेटामा, ५ घरधुरी विस्थापित

राक्सिराङको चेपाङ बस्ती खानीको चपेटामा, ५ घरधुरी विस्थापित

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
अन्जना न्यासुर तामाङ हेटौंडा/  मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–४ स्थित गिङगुङ्मा सञ्चालनमा आएको रिद्वि सिद्वि सिमेन्ट उद्योगअन्तर्गतको चुनढुङ्गा खानीका कारण त्यहाँको चेपाङ समुदाय प्रत्यक्ष प्रभावित बनेको छ । करिब ५ बर्ष वर्ष देखि चुनढुङ्गा खानी सञ्चालनमा रहेका छन् ।  उक्त खानीका कारण विगत २ बर्ष देखि २५ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् भने ५ घरधुरी विस्थापित भइसकेका छन् ।  डाँडामाथि सञ्चालनमा रहेको खानीबाट निकालिएको माटो र फोहोर व्यवस्थापन नगरिएकोले तलको चेपाङ बस्तीमा पहिरो जान सक्ने खतरा उच्च रहेको छ । बर्खायाममा माटो बगेर बस्तीमा पहिरो जाने उच्च जोखिम रहेकोले स्थानिय चिन्तित छन् । खानी क्षेत्रमा गाईबाख्रा चराउने स्थान पनि सिधै प्रभावित भएको छ, जसले चेपाङ समुदायको परम्परागत जीविकोपार्जनमा समेत असर पारेको छ । खानीको असर शिक्षा क्षेत्रमा समेत परेको छ । बस्ती नजिकको विद...
काठमाडौं तराई दु्रतमार्ग फास्ट ट्रयाक आयोजनाका ठेकेदारलाई कारवाही गर्न माग

काठमाडौं तराई दु्रतमार्ग फास्ट ट्रयाक आयोजनाका ठेकेदारलाई कारवाही गर्न माग

Breaking News 1, अर्थ, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ काठमाडौं तराई दु्रतमार्ग फास्ट ट्रयाक सडक आयोजनाका चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनका ठेकेदारलाई कारवाही गर्न माग गरिएको छ । नेपाल मेसिनरी एक्जिम कम्पनी, नेपाल फास्ट ट्रयाक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज कम्पनीले सयुक्त रुपमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै ७ करोड ब्याज हर्जाना सहित भुक्तानी पाउनुपर्ने बताएका छन् । कम्पनीले आयोजनाको लागि फलाम जन्य समाग्रि वितरण गर्दै आएको थियो । चिनिया कम्पनीले बारम्बार बहाना बनाई विभिन्न समस्या देखाउँदै लिखित आश्वासनलाई समेत अटेर गरेको पत्रकार सम्मेलनमा बताइएको छ । चिनिया कम्पनी संपूर्ण क्रियाकलाप ठग्ने र धोखा दिने नियतले प्रेरित भएकोे दाबी उनीहरुले गरेको छन् । ठेकेदार कम्पनीले नेपाल सरकारको सडक आयोजनाको नाममा नेपाली व्यापारीहरुलाई गलत आश्वासन दिई करोडौ ठगी गरी भाग्न सक्ने सम्भावना अत्यधिक हुनसक्ने भन्दै ठेके...
हेटौंडा – १५ मानेडाँडामा अवस्थित चुरियामाई मन्दिरको  प्राणप्रतिष्ठा भवन उद्धघाटन

हेटौंडा – १५ मानेडाँडामा अवस्थित चुरियामाई मन्दिरको प्राणप्रतिष्ठा भवन उद्धघाटन

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ हेटौंडा १५ मानेडाँडामा अवस्थित चुरियामाई मन्दिरको नव निर्मित प्राणप्रतिष्ठा भवनको उद्घाटन भएको छ ।  विहिबार बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री बिमल चन्द्र ठकुरीले मन्दिरको नव निर्मित भवनको उद्धघाटन गर्नुभएको हो । मन्दिर उद्घाटन गर्दै मन्त्री ठकुरीले चुरियामाई प्रतिस्थापन गर्नु गौरवको बिषय रहेको बताउनुभयो । संस्कार, सँस्कृतिको पुर्नजागरण र जगेर्ना गर्न सबै लागि पर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मन्दिर निर्माण र व्यस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । यसैगरी मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष मिना तितुङले चुरियामाईले साँस्कृतिक समृद्धि र समाजिक मेलमिलापलाई प्रवद्र्धन गर्दै आएको बताउनुभयो । चुरियामाई मन्दिर धार्मिक पर्यटन प्रवद्र्धनमा पनि कोसेढुङ्गा साबित हुनेमा बिश्वस्त रहेको उहाँले बताउनुभयो । अध्यक्ष तितुङले मन्दिर भवन निर्माण सम...
महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु ओझेलमा परेको

महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु ओझेलमा परेको

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा - बागमती प्रदेशका महिला सांसदहरुले सदनमा उठाएका विषयले मिडियामा कम प्राथमिकता पाउने गरेको गुनासो गरेका छन् । बिहिबार हेटौँडामा आयोजित महिला सासंद र पत्रकारबिचको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सांसदले मिडियाले नै समाचार सम्प्रेषणमा विभेद गर्ने गरेको आरोप लगाएका छन् । पुरुष सासंदले उठाएका विषयलाई मात्र बढी प्राथमिकता दिने तर, रोष्टममा नै उभिएर महिला सासंदहरुले बोलेका विषयहरु मिडियाको प्राथमिकता नपर्ने गरेको उनीहरुको गुनासो छ । बागमती प्रदेश सभा सदस्य भारती पाठकले संसदमा राजनीतिक क्षेत्रमा पहुँच भएका र बढी चर्चामा आएका पुरुष सासंदहरुको कुरालाई मात्र प्राथमिकता दिने प्रवृतीले महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु समेत ओझेलमा पर्ने गरेको बताईन् । मिडियाको ध्यान पनि चर्चित पुरुष नेताहरुमै केन्द्रित हुनु दुखद रहेको बताउँदै सञ्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"