मनोरञ्जन

रामेछाप सम्पर्क समितिले बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै

रामेछाप सम्पर्क समितिले बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै

Breaking News 2, प्रमुख समाचार, प्रवास, बागमती प्रदेश, मनोरञ्जन
दक्षिण कोरिया । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले कोरियाली चाड छुसकको अवसरमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । छुसकको पहिलो दिन सेप्टेम्बर १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । “प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना मुताबिक दक्षिण कोरियामा सक्रिय रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख सोमबारका दिन साझ ६ बजेदेखि 서울시 종로구 종로63-8( 호텔 파노라마) 종각역 3번 출구 स्थित रहेको होटेल पानोरमाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम गर्नेभएको हो । बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ। कार्यक्रमको तयारी तिब्र गतिमा भईरहेको आयोजकले ज...
र्‍यापर डिएक्सएनको साथमा ‘ह्याप्पी छुसक नाइट-२०२४’ आयोजना हुँदै

र्‍यापर डिएक्सएनको साथमा ‘ह्याप्पी छुसक नाइट-२०२४’ आयोजना हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियाली चाड छुसकको अवसरमा 'ह्याप्पी छुसक नाइट-२०२४'आयोजना हुने भएको छ । नमस्ते फ्याफुल्ला नेपाल कोरिया इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आउदो सेप्टेम्वर १६ तारिकको साँझ ह्याप्पी छुसक नाइट कार्यक्रमको आयोजना गर्ने भएको हो। कार्यक्रममा चर्चित र्‍यापर डिएनएक्स, दोर्जे जोजो, अनिश केसी र डिजे एपी तेन्जिङको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । सेप्टेम्वर १६ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म कार्यक्रम हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रम दक्षिण कोरिया स्थित 서울 성북구 동소문로20 나길 47  मा हुने छ । आयोजकले कार्यक्रममा सहभागि भएर मनोरञ्जन लिनको लागि आह्वान समेत गरेको छ । अहिले कार्यक्रमको तयारी तीब्र रुपमा भैरहेको जनाएको छ ।...
‘हिमालयन सांगीतिक धमाका-२०२४’ मा निमा रुम्बा कोरिया आउने

‘हिमालयन सांगीतिक धमाका-२०२४’ मा निमा रुम्बा कोरिया आउने

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनमा हुन लागेको हिमालयन सांगीतिक धमाका २०२४ मा ख्यातिप्राप्त गायक निमा रुम्बा सहितको कलाकारहरू दक्षिण कोरिया आउने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको उक्त कार्यक्रम  विपत व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापनार्थको मुख्य नारा दिएर आयोजना गर्न लागिएको हो । आइतबार सौलको दोङदेमुनमा आयोजक शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रमको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा गायक निमा रुम्बा, गितारिष्ट सुनिल शाक्य, गायक मिङमा शेर्पा, गायिका समिक्षा अधिकारी, पाल्मु शेर्पा र स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजकले जनाएको छ । आइतबार भएको पत्रकार सम्मेलन तथा पोस्टर सार्वजनिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रम सफल पार्न सहयोग गरिदिनको लागि आयोजकले कोरिया बासी नेपालीहरू ...
ख्याति प्राप्त गायक तितुङको “गोरी गोरी नक्कलि” गित सहितको म्युजिक भिडियो  सार्वजनिक

ख्याति प्राप्त गायक तितुङको “गोरी गोरी नक्कलि” गित सहितको म्युजिक भिडियो  सार्वजनिक

Breaking news 3, मनोरञ्जन, समाचार
हेटौंडा/ तामाङ सेलो जगतको ख्याति प्राप्त गायक प्रकाश तामाङ तितुङको "गोरी गोरी नक्कलि" बोलको गित सार्वजनिक भएको छ । शुक्रबार प्रकाश तामाङ तितुङको अफिसियल युटुव च्यानलमा गित सहितको म्युजिक भिडियो  सार्वजनिक भएको हो । गायक तितुङ संगै गितमा बिलिनाको आवाज रहेको छ । गितको ध्वनिलाई स्तरीय बनाउनको लागि दिपेश प्रधानले मिक्सिङ र मास्टरिङ गरेका छन् । गोरी गोरी नक्कलि बोलको म्युजिक भिडियोमा मोडल समिर तामाङ र ईन्डोनेसियन कलाकार बेलिनाको अभिनय रहेको छ । गितको भिडियो छायाङकने रामेश्वर हुम्मागाईले गरेका छन् भने राकेश दाहालले सम्पादन र रंग संयोजन गरेका छन् ।...
आइतबार हिमालयन सांगीतिक धमाका २०२४ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

आइतबार हिमालयन सांगीतिक धमाका २०२४ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन लागेको हिमालयन सांगीतिक धमाका २०२४ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन भोली आइताबार सौलमा हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत हुन लागेको उक्त कार्यक्रम विपत व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापनार्थको मुख्य नारा दिएर आयोजना गर्न लागिएको हो । पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सौलको दोङदेमुनमा रहेको पूर्वी नेपाल समाजको सभाहलमा दिउँसो १२ः ३० बजे देखि हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सहभागि हुनको लागि आयोजक संस्थाले सार्वजानिक रुपमा आह्वान गरेको छ ।...
‘नाना आङा धिम सहयोगार्थ’ सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” हुँदै

‘नाना आङा धिम सहयोगार्थ’ सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नजिकिदै गरेको कोरियन चाड छुसकको अवसरमा 'नाना आङा धिम सहयोगार्थ' सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” आयोजना हुने भएको छ। बिगत ६ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर ” नाना आङा धिम ” सहयोगार्थ ख्यङ्बु गाइजले हरेक नयाँ वर्ष आयोजना गर्ने नाइट डान्स पार्टी यसपालि छुसकको पहिलो दीन अर्थात सप्टेम्बर १६ मा DJ SABIR र DJ SBD को साथमा हुने भएको हो। ख्यङसाङ बुसान क्षेत्रमा रहेको विभिन्न १५ ओटा संघ संस्थाहरु को सहयोगमा आयोजना हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २ मान वन तोकिएको छ । किम्हे 시장 एनएच बैंक अगाडि बाटट कार्यक्रम स्थल सम्म जानको लागि बसको पनि व्यवस्था गरिएको जनाएको छ । कार्यक्रम 김해시 가야로 २०२ मा हुने तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको अध्यक्ष सोम योन्जनले बताएका छन् । विशेष गरी दक्षिण कोरियाको किम्हे...
छुसकको दोश्रो दिन सेप्टेम्बर १७ मा “सेलो नाइट विथ विश्व दोङ ” को आयोजना हुँदै

छुसकको दोश्रो दिन सेप्टेम्बर १७ मा “सेलो नाइट विथ विश्व दोङ ” को आयोजना हुँदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन चाड छुसकको दोश्रो दिन सेप्टेम्बर १७ तारिखमा “सेलो नाइट विथ विश्व दोङ” को आयोजना हुने भएको छ । सौलको दोङदेमुन नजिक रहेको 서울특별시 성북구 동소문로20 나길47, 지하2층 8201호 हलमा साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको आयोजनामा सेलो नाइटको आयोजना हुन लागिएको हो । 'पुस्तकालय निर्माण सहयोगार्थ' स्वरुप आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आउने ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने छ । सेलो गायक विश्व दोङ संगै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । स्थानीय कलाकारहरूमा डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्‍यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको पनि प्रस्तुती रहने छ । सेलो नाइट कार्यक्रममा प्रमुख रुपमा सेलो गीत तथा सेलो नृत्य सम्बन्धी विशेष प्रस...
हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुदै

हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुदै

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा लाईभ सेलो साझ हुने भएको छ । आगामी असोज १९ गते हेटौंडा २ स्थित पल्पसा सदनमा नेपालमै ऐतिहासिक रुपमा लाईभ सेलो साझ हुने भएको हो । आईतबार ओपेराईन्फोटेन्ट सिने प्रा.लिले पत्रकार सम्मेलनको आयोजना गर्दै लाईभ सेलो हुने सन्दर्भमा जानकारी दिएको हो । एक तामाङ घर एक डम्फु भन्ने मुल नारा सहित मौलिक कला संस्कृति , गित संगित र बाजाको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले ओपेराईन्फोटेन्टका प्रोफाईटर विक्रम लुङ्बाको संयोजकत्व र नेपाल तामाङ घेदुङ मकवानपुरको समन्वयमा कार्यक्रम हुन लागेको बताएका छन् । तामाङ सेलो जगतको प्रख्यात गायक मकवानपुरका प्रकाश तामाङ तितुङ र प्रख्यात गायिका सुमिना लोको गायन प्रस्तुति रहने कार्यक्रमका संयोजक विक्रम लुङ्बाले बताए । साथै स्थानिय कलाकारहरुको प्रस्तुति रहनुका साथै नृत्य प्रदर्शन समेत रहने उनले बताए । तामाङ कलाकार प्रोत्साहन गर्नुक...
“याक्थुङ मेलोडी नाइट” मा गायक छेवाङ लामा आउने 

“याक्थुङ मेलोडी नाइट” मा गायक छेवाङ लामा आउने 

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया ।  किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा  सेप्टेम्बर १६ तारिख  बेलुकी ८ बजे बाट हुने याक्थुङ रैथाने मेलोडी नाइटमा गायक छेवाङ लामा आउने भएको छ । याक्थुङ मेलोडी नाइटमा गायक लामा संगै डिजे छिरिङको लाइभ डिजेले माहोल तताउने भएको छ। चुम्लुङ÷हिम सेल्टर व्यवस्थापन सहयोगार्थ कोरियाको मुख्य चाड छुसकको अवसर पारेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख छेवाङ लामा सहित विभिन्न कलाकारहरूको साथमा 서울시 중구 퇴계로217 충무로4가 진양상가 2 층 सौलमा “याक्थुङ रैथाने मेलोडी नाइट” आयोजना गर्न लागिएको हो ।  कियाचु दक्षिण कोरियाले सन २००८ देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नको लागी चुम्लुङ हिम सेल्टर निरन्तर रुपमा सञ्चालन गर्दै थुप्रै नेपालीहरूलाई  सहयोग गर्दै आइरहेको छ । यहि सेल्टरलाई निरन्तरता दिनको लागि कार्यक्रमको आयोजना गर्नु परेको संस्थाका अध्यक्ष दिर्ज काङभा लि...
मगर संघको आयोजनामा सुवनको मेगाबक्समा ‘घरज्वाईं’ प्रदर्शन हुँदै

मगर संघको आयोजनामा सुवनको मेगाबक्समा ‘घरज्वाईं’ प्रदर्शन हुँदै

Breaking News 2, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाज
दक्षिण कोरिया । नेपाल मगर संघ, दक्षिण कोरियाको आयोजनामा अगस्ट १८ तारिकमा सुवन सहरमा रहेको मेगाबक्समा नेपाली कथानक चलचित्र घरज्वईको प्रदर्शन हुने भएको छ । नेपाली कथानक चलचित्र “घरज्वाइँ” को प्रदर्शनीको लागि सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले जानकारी दिएका छन्। त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन“ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ “नेपाल मगर संघ, दक्षिण कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” कोरियाको शुवनको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो । अगस्ट १८ तारिक आइतबार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क तीन मान वन तोकिएको छ ।   कोरियाको बिभिन्न शहर हरुमा चलचित्र  “घरज्वाईं” प्रदर्शन गर्न चाहने संस्था वा व्यक्तिले नेपाल मगर संघ, दक्षिण कोरिया लाई सम्पर्क गर्नको लागि आग्रह समेत गरेका छन् । मगर समुदायमा वर्षौंदेखि प्रचलि...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"