छुसकको दोश्रो दिन सेप्टेम्बर १७ मा “सेलो नाइट विथ विश्व दोङ ” को आयोजना हुँदै
दक्षिण कोरिया । कोरियन चाड छुसकको दोश्रो दिन सेप्टेम्बर १७ तारिखमा “सेलो नाइट विथ विश्व दोङ” को आयोजना हुने भएको छ । सौलको दोङदेमुन नजिक रहेको 서울특별시 성북구 동소문로20 나길47, 지하2층 8201호 हलमा साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको आयोजनामा सेलो नाइटको आयोजना हुन लागिएको हो ।
'पुस्तकालय निर्माण सहयोगार्थ' स्वरुप आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आउने ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने छ । सेलो गायक विश्व दोङ संगै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । स्थानीय कलाकारहरूमा डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको पनि प्रस्तुती रहने छ । सेलो नाइट कार्यक्रममा प्रमुख रुपमा सेलो गीत तथा सेलो नृत्य सम्बन्धी विशेष प्रस...








