कोरियन ओपन कराँतेमा नेपाली खेलाडी थोकर र गुरुङलाई एक स्वर्ण र दुई रजत
काठमाडौँ । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक आत पारेका छन् ।
पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जित्नुका साथै जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका छन् । उनले कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा पनि रजत पदक जितेका छन् । उनी प्रतिस्पर्धात्मक फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भएका थिए । लम्जुङका गुरुङ हाल वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् ।
उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् । प्रतियोगितामा नेपालबाट दुईजना रेफ्री पनि सहभागिता जनाएका थिए । महेश महर्जन र चित्रबहादुर श्रेष्ठले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा आयोजक दक्षिण कोरिया, नेपाल, हङ्कङ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया...








