८ राजदूत सिफारिस : भारतमा रेग्मी, दक्षिण कोरियाको लागि मानव अधिकारकर्मी प्याकुरेल सिफारिस
काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यसैगरी दक्षिण कोरियाको लागि मानव अधिकारकर्मी सुशील प्याकुरेललाई राजदुतको लागि सिफारिस गरेको छ । मानव अधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । बेलायतका लागि राजदूतमा सिफारिस डा. विजन पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।
यस्तै डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली...








