नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशनको तयारी अन्तिम चरणमा, नेतृत्वका आकांक्षी आधा दर्जनभन्दा बढी
दक्षिण कोरिया / नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन नोभेम्बर २३ मा सौलको दोङ्देमुन स्थित सेमाउल बैंकको हलमा हुँदैछ। महाधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । घेदुङ स्थापना कालदेखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थासँग हातेमालो गर्दै सामाजिक कार्य गर्दै आएको छ ।
महाधिवेशनका लागि नेतृत्व चयनमा रस्साकस्सी देखिएको छ । विशेष स्रोतका अनुसार हालसम्म आधा दर्जनभन्दा बढीले अध्यक्ष पदको लागि इच्छा देखाएका छन्। यसमा वर्तमान बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष गणेश योञ्जन, बुद्धी बहादुर स्याङतान, वर्तमान महासचिव दावा फिन्जो तामाङ, सचिव निर बहादुर योञ्जन, कोषाध्यक्ष पासाङ बोम्जन र सहकोषाध्यक्ष पूर्णमान तामाङ लगायतले आफुलाई दावेदारको रूपमा प्रस्तुत गरेका छन् ।
अध्यक्ष बाहेक अन्य पदमा, अध्यक्षका दावेदारहरूले आफ्नो टिम निर्माण गर्ने प्रयास गरिरहेका छन् । अध्यक्...








