भिसाका कारण ‘नेप्कोर नाइट’ स्थगित
दक्षिण कोरिया । नेप्कोर इन्टरटेनमेन्ट दक्षिण कोरियाको आयोजनामा हुन लागेको नेप्कोर नाइट लाहुरे एण्ड ब्याड कम्पनी कार्यक्रम स्थगित भएको छ । कार्यक्रममा ल्याउन खोजिएको केही अतिथि कलाकारको भिसा नलागेको कारण कार्यक्रम स्थगन गर्नु परेको आयोजकले एक सूचना मार्फत जानकारी गराइएको छ ।
कार्यक्रममा र्यापर आशिष राणा लाहुरे र ब्याड कम्पनीका कलाकारहरूलाई ल्याउन खोजिएको थियो । अन्तिम समयमा कार्यक्रम स्थगन गर्नु पर्दा दुःख लागेको भन्दै दर्शक श्रोतामाझ आयोजकले माफी समेत मागेका छन् । आयोजकले सोही प्रकृतिको कार्यक्रम अर्को मितिमा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ गरेको टिकटको शुल्क सुरक्षित साथ फिर्ता हुने समेत जनाएका छन् । नेप्कोर परिवारले दक्षिण कोरियामा बिभिन्न इभेन्टहरू गर्दै आइरहेका छन् । ...








