खेलकुद

भिल्लारियललाई हराउँदै रियल शीर्ष स्थानमा

भिल्लारियललाई हराउँदै रियल शीर्ष स्थानमा

खेलकुद, प्रमुख समाचार
२ पुस, काठमाण्डौं - स्पेनिस ला लिगमा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भिल्लारियललाई ४-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा पुगेको हो। रियलका लागि बेलिङघमले २५, रोद्रिगोले ३७, डियाजले ६४ र मोड्रिचले ६८ मिनेटमा गोल गरे। भिल्लारियलका मोरालेसले ५४ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो। लिगमा रियलले १७ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको गिरोनाको ४१ अंक छ। बार्सिलोना ३५ अंकसहित तेस्रो स्थानमा छ।...
शीर्ष टिम आर्सनलले ब्राइटनलाई हरायो

शीर्ष टिम आर्सनलले ब्राइटनलाई हरायो

खेलकुद
२ पुस, काठमाण्डौं - इंग्लिस प्रिमियर लिगको लिडर आर्सनलले ब्राइटनमाथि २-० गोलको जित हात पारेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रियल जेससले ५३ र हाभार्ट्ले ८७ मिनेटमा गोल गरे। यता दोस्रो स्थानको लिभरपुल र सातौं स्थानको म्यानचेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। तेस्रो स्थानको एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २-१ गोलको जित निकालेको छ भने वेस्ट ह्यामले वुल्भ्सलाई ३-० गोलले पराजित गरेको छ। लिगमा आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लाको समान ३८-३८ अंक छ। म्यानचेस्टर सिटी ३४ अंकसहित चौथो, टोटेनहम ३३ अंकसहित पाँचौ, न्युकासल २९ अंकसित छैटौं र म्यानचेस्टर युनाइटेड २८ अंकसहित सातौं स्थानमा छन्।...
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।...
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।...
यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

खेलकुद, समाचार
१३ मंसिर,काठमाडौं ।  एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ । नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकास त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र् आकास चन्द रहेका छन् । यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुबईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)  देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ । खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेलमङ्सिर २...
दोस्रो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनौट संकटतर्फ

दोस्रो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनौट संकटतर्फ

खेलकुद, समाचार
मंसिर १०, काठमाडौं । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटमा जिम्बाबेले दोस्रो हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा युगान्डाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३७ रनको लक्ष्य पछाएको युगान्डाले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । अफ्रिका छनौट अन्तर्गत जिम्बाबेको यो दोस्रो हार हो । यसअघि जिम्बाबे नामिबियासँग ७ विकेटले पराजित भएको थियो । अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन् । यो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनौट संकटमा परेको छ । जिम्बाबेले ३ खेलमा एक खेल जितेको छ र दुई खेलमा हार बेहोरेको छ । योसँगै जिम्ब...
केनको गोलमा बायर्न म्युनिख विजयी

केनको गोलमा बायर्न म्युनिख विजयी

खेलकुद
  काठमाडौँ, ९ मङ्सिर । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोमलाई १-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा खेलको २०औँ मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ह्यारी केनको यस सिजनको लिगमा यो १८औँ गोल हो । यो जितपछि बायर्न म्युनिख लिगको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नको १२ खेलमा ३२ अङ्क भएको छ । त्यस्तै एक खेल कम खेलेको लेभरकुसेनको ३१ अङ्क रहेको छ । त्यसै गरी क्लोन भने १२ खेलमा ६ अङ्कसहित पुछारमा रहेको छ ।...
आजबाट सुपर लिग: उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुन्ने सामुन्ने

आजबाट सुपर लिग: उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुन्ने सामुन्ने

खेलकुद
काठमाडौँ, ८ मङ्सिर । नेपाल सुपर लिग आजबाट सुरु हुदैँछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै छ । जस अन्तर्गत कुल ४० खेल हुनेछन् । आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुने सामुने हुनेछन् । सुपर लिगको दोस्रो संस्करणको नवप्रवेश टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौँले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।...
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

खेलकुद
काठमाडौँ, ७ मङ्सिर । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवान्डा र तान्जानिया सहभागी रहेका छन् । अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ भने नामिबियाले शुक्रवार युगान्डासँग खेल्दै छ ।...
आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै

आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै

खेलकुद
काठमाडौँ, ७ मङ्सिर। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आज पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबिच खेल हुँदै छ । यो खेल बिहान ११ बजेदेखि पोखरा रङ्गशालामा हुँदै छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसै गरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजक मदन भण्डारी स्पोर्टस् ए...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"