औषधीय गुण भएका सुन्तलाका बोक्रा
आजभोली सुन्तला पाउने समय हो। सुन्तलामा अत्याधिक मात्रामा भिटामिन सि तथा अन्य पोषण तत्व पाइन्छन्। हामीले सुन्तला खाएर त्यसको बोक्रा फल्ने गरेका छौ। सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ। युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ। तर यसका औषधीय गुणहरु पनि छन्।
यदि कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ। सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ। केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ। यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ।
अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगा...








